Dictionary

All Word

7401 आम्दानी ना. १. कुनै काम, रोजगार व्यापार आदिबाट कमाइएको धनसम्पत्ति; आय; आयस्ता ।
7402 आम्दानी ना. २. लाभ; प्राप्ति; उपलब्धि |
7403 आम्दानी खर्च ना. आम्दानी र खर्च; आय र व्यय ।
7404 आम्नाय ना. १. श्रुति; वेद ।
7405 आम्नाय ना. २. परम्पराबाट चलेर आएको परिपाटी; कुलको रीतिथिति ।
7406 आम्नाय ना. 3. चलेर आएको उपदेश; गुरुबाट प्राप्त शिक्षा ।
7407 आम्नाय ना. ४. सल्लाह; मन्त्रणा; परामर्श |
7408 आम्मे प्रत्य. कुनै शब्दका पछिल्तिर गाँसिएर अधिकता वा व्याप्तिको अर्थ बुझाउने प्रत्ययधर्मी शब्द (जल + आम् = जलाम्मे, रातो + आम्मे = राताम्मे इ.)।
7409 आम्मै वि.बो. डर, आश्चर्य, विषाद आदिका क्षणमा एकाएक मुखबाट निस्कने शब्द; आमै । (उदा.- आम्मै, तिमीले त्यसो गय भने म त मरिहालेँ नि ! ) ।
7410 आम्मै नि वि.बो. आम्मै ।
7411 आम्मैले वि.बो. आम्मै ।
7412 आम्र ना. १. आँप ।
7413 आम्र ना. २. आँपको रुख ।
7414 आम्रगन्धा ना. साधारण भालाजस्तो पात हुने, गुलाफी रङको फूल फुल्ने र आँपको जस्तो बास्ना आउने एक जातको हलेदो ।
7415 आम्रहरिद्रा ना. आँपको गन्ध आउने र उसिनेर साँधी अचार खाइने एक प्रकारको कन्दमूल; हर्दी आँप ।
7416 आम्रात / आम्रातक ना. अमाराको रुख; अमारो ।
7417 आम्ल ना. १. अमिलीको रुख; अमिली ।
7418 आम्ल ना. २. अमिलो स्वाद; अमिलोपन ।
7419 आम्ल ना. ३. पित्त अमिलो हुने रोगविशेष |
7420 आलिका ना. अमिली।
7421 आय ना. १. आम्दानी |
7422 आय ना. २. फाइदा; लाभ |
7423 आयकर ना. सबै किसिमका आम्दानीमा नियमबमोजिम लगाइएको कर ।
7424 आयकर अदालत ना. आयकरसम्बन्धी मुद्दामामिलको कारबाई गर्ने अड्डा ।
7425 आयत वि. १. फैलिएको; फराकिलो; विस्तृत, विशाल ।
7426 आयत वि. २. लामो; दीर्घ ।
7427 आयतन ना. १. आकाशको खास क्षेत्र ओगट्ने कुनै वस्तुको आकृति वा गुण ।
7428 आयतन ना. २. वस्तुको आकृतिबाट देखिने आकाशको परिधि वा क्षेत्रफल ।
7429 आयतन ना. ३. लमाइ र चौडाइ बराबर नभए पनि चार समकोण भएको कुनै क्षेत्र । ४ गृह; घर । ५ ठाउँ; स्थान ।
7430 आयतन ना. ६. मन्दिर; देवालय ।
7431 आयतन ना. ७. अग्निकुण्ड; यज्ञवेदी ।
7432 आय विवरण ना. कुन रकम कहाँबाट कसरी आयो भन्ने कुराको विवरण; आम्दानीको लेखाजोखा; आर्जनको लेखा वा टिपोट |
7433 आयव्यय ना. आम्दानी र खर्च; नाफा र नोक्सान; लाभहानि।
7434 आयव्ययक ना. १. आगामी वर्षको निमित्त विभिन्न विभाग वा कामका निम्ति इन्तिजाम गरिएको आम्दानीखर्चको लेखाजोखा; बजेट; एक वर्ष वा अरू कुनै समयावधिका लागि अनुमान गरिएअनुसार भविष्यको कार्य सञ्चालनमा प्रस्तुत गरिएको आर्थिक योजना ।
7435 आयव्ययक ना. २. कुनै सरकारी, अर्धसरकारी संस्था आदिको सालभरमा आम्दानी र खर्चको अनुमानित लेखाजोखा |
7436 आयव्ययक गणना ना. कुनै राष्ट्र वा सङ्घ, संस्था आदिको सालभर वा कुनै खास अवधिभित्र हुने सम्भावित आय र व्ययको अनुमानित लेखाजोखा; आयव्ययको तथ्याङ्क ।
7437 आयव्ययक चक्र ना. आम्दानी र खर्चको नियमित क्रम; आम्दानीअनुसारको खर्च र खर्चअनुसारको आम्दानी गर्ने प्रक्रिया |
7438 आयव्ययक विवरण ना. आम्दानी र खर्चको विवरण वा लेखा ।
7439 आयव्ययक ना. आयव्ययक; बजेट |
7440 आयस्ता ना. १. जग्गाजमिन, व्यापार आदिबाट निश्चित रूपमा हुने आम्दानी; स्थायी आयस्रोत ।
7441 आयस्ता ना. २. प्राप्ति; लाभ; फाइदा |
7442 आयात ना. १. विदेशबाट झिकाइएका मालसामान आउने काम; पैठारी | वि.
7443 आयात ना. २. विदेशबाट खरिद गरिएको; झिकाइएको ।
7444 आयात ना. ३. आएको; आगत ।
7445 आयातक ना. विदेशबाट मालसामान मगाउने स्वीकृति पाएको; व्यवसायी ।
7446 आयातकर ना. विदेशबाट झिकाइएका तयारी वा कच्चा मालसामानमा भन्सारको नियमानुसार उठाइने वा लिइने शुल्क; आयातशुल्क ।
7447 आयातनिर्यात ना. मालसामानहरू विदेशबाट स्वदेशमा मगाउने र स्वदेशबाट विदेशमा पठाउने काम; निकासी पैठारी ।
7448 आयातमुण्ड वि. लाम्चो टाउको भएको; मानवशास्त्र अनुसार लाम्चो आकारको टाउको हुने |
7449 आयाम ना. १. वस्तुको लमाइ, चौडाइ र मोटाइमध्ये कुनै एक थोक ।
7450 आयाम ना. २. फैलावट; विस्तार |