Dictionary

All Word

7901 आश्चर्य ना. २. अनौठो; ताजुबलाग्दो ।
7902 आश्चर्यचकित वि. अनौठो वस्तु वा दृश्य देखेर दङ्ग परेको; उदेकमा परेको ।
7903 आश्चर्यभुत आश्चर्यमा परेको ।
7904 आश्चर्यित वि. चकित |
7905 आश्रम ना. १. प्राचीन ऋषिमुनिहरूले बस्नका निम्ति प्राय: जङ्गलमा बनाएको आवास; कुटी; गुफा।
7906 आश्रम ना. २. समाधि वा तपस्या गर्ने ठाउँ; तपोवन ।
7907 आश्रम ना. ३. ब्रह्मचर्य, गार्हस्थ्य, वानप्रस्थ र सन्न्यासनामक वर्णाश्रममध्ये कुनै एकको आश्रयस्थल ।
7908 आश्रम ना. ४. हिन्दू संस्कृतिअनुसार चार वर्णाश्रमधर्ममध्ये आयुको विभाज गरिने जीवनप्रक्रिया विशेष; एक प्रकारको जीवनचर्या ।
7909 आश्रमधर्म ना. ब्रह्मचर्य, गार्हस्थ्य, वानप्रस्थ र सन्न्यासनामक चारै वर्णाश्रमका व्यक्तिहरूले पालन गर्नुपर्ने धर्म ।
7910 आश्रमभ्रष्ट वि. आफ्नो वर्णाश्रममा रहँदा नियमानुसार धर्मको पालन नगर्ने; आश्रमधर्मबाट पतित ।
7911 आश्रमवासी वि. आश्रमको धर्मपालना गरेर बस्ने ।
7912 आश्रम वि. आफ्नो आश्रमधर्मको अनुकूल आचरण गर्ने; आश्रमवासी ।
7913 आश्रय ना. १. कुनै वस्तु वा संरक्षकत्व प्रदान गरेर दिइने मद्दत; सहारा; आधार; टेको ।
7914 आश्रय ना. २. विश्राम गर्ने ठाउँ; बिसौनी; ओत ।
7915 आश्रय ना. ३. शरणार्थीहरूको बस्ने ठाउँ; क्षणिक आवास ।
7916 आश्रय ना. ४. घर ।
7917 आश्रय ना. ५. भर; आड; भरोसा ।
7918 आश्रयदाता ना. आश्रय दिने व्यक्ति ।
7919 आश्र्यी वि. सहारा चाहने; आश्रय लिने; आश्रयमा रहेको ।
7920 आश्रित वि. मद्दत पाएको; आश्रयमा रहेको; सहारामा रहेको; शरणमा बाँचेको ।
7921 आश्रित उपवाक्य ना. व्याकरणअनुसार मिश्र वाक्यको मुख्य उपवाक्यबाहेक अर्को अङ्ग उपवाक्य; जो, जुन आदि संयोजकमार्फत मुख्य उपवाक्यसँग सम्बन्धित रहने वाक्यांश ।
7922 आश्लिष्ट वि. १. अर्को वस्तुसँगै गाँसिएको; जोडिएको; टाँसिएको ।
7923 आश्लिष्ट वि. २. आलिङ्गन गरेको; अँगालो हालेको; जोल्टिएको ।
7924 आश्लेष / आश्लेषण ना. १. एकअर्कासँग गाँसिने काम; टाँस्ने काम; जोड।
7925 आश्लेष / आश्लेषण ना. २. अङ्कमाल; आलिङ्गन; अँगालो |
7926 आश्वस्त वि. १. चाहेको कुरा पूरा गरिदिने वचन पाएको; आश्वासन मिलेको; भरविश्वास पाएको; आशाप्राप्त ।
7927 आश्वस्त वि. २. डर, त्रास, शङ्का, चिन्ता आदिबाट मुक्त |
7928 आश्वास/आश्वासन ना. १. सास फेर्ने काम; फोक्साले वायु भित्र तान्ने प्रक्रिया ।
7929 आश्वास/आश्वासन ना. २. भरोसा; पत्यार ; विश्वास भर ।
7930 आश्वास/आश्वासन ना. ३. ठुला बडाबाट दिइने आडभरोसा; अभयदान ।
7931 आश्वासी वि. १. आडभरोसा दिएर मन शान्त बनाउने; सम्झाउने |
7932 आश्वासी वि. २. आश्वासनको भरमा बाँच्न चाहने; आफ्नो बुद्धिबर्गत केही नभएको ।
7933 आश्विन ना. विक्रम संवत्‌को वार्षिक समयक्रममा वैशाखदेखि गन्दा आउने छैटौँ महिना; अश्विनी नक्षत्रले युक्त भएको पूर्णिमा हुने महिना; असौज |
7934 आषाढ ना. विक्रम संवत्‌को वार्षिक समयक्रममा वैशाखदेखि गन्दा आउने तेस्रो महिना; आषाढा नक्षत्रले युक्त पूर्णिमा भएको महिना; असार ।
7935 आषाढा ना. अश्विनी आदि सत्ताइस नक्षत्रमध्ये बिसौं र एक्काइसौं नक्षत्र; पूर्वाषाढा र उत्तराषाढा नक्षत्रको संयुक्त नाम ।
7936 आषाढी ना. आषाढा नक्षत्रले युक्त भएको आषाढ शुक्ल पूर्णिमा |
7937 आस ना. आशा; अभिलाषा ।
7938 आसक ना. १. प्रेम गर्ने व्यक्ति; प्रेमी; आशक ।
7939 आसक ना. २. प्रेम; प्रणय; अनुराग ।
7940 आसक्त वि. १. कुनै कामका लागि मरिमेट्ने; कुनै विषयमा एकचित्त भएर लागेको; तल्लीन; लग्गु ।
7941 आसक्त वि. २. लोभलालचमा नराम्रोसँग फस्ने; लालची; अबुझ ।
7942 आसक्ति ना. १. कुनै कामविशेषमा एकरस भएर लाग्ने भाव; आसक्त बन्ने प्रकृति; प्रलोभन।
7943 आसक्ति ना. २. अनुराग; प्रेम।
7944 आसत्ति ना. १. नजिकको भाव; निकटता; सामीप्य ।
7945 आसत्ति ना. २. लाभ; प्राप्ति ।
7946 आसत्ति ना. ३. वाक्य पूरा गर्नका लागि चाहिने तीन तत्त्व (योग्यता, आकाङ्क्षा र आसत्ति) मध्ये एक ।
7947 आसन१ ना. १. एक प्रकारको सालको रुख, पीत साल; पहेँलो वर्णको कडा काठ; असना।
7948 आसन१ ना. २. साज ।
7949 आसन२ ना. १. रहने वा बस्ने ठाउँ; वासस्थान ।
7950 आसन२ ना. २. बसिने वस्तु (आसनी, मेच, कुर्ची आदि) । ३ बस्ने तरिका वा ढाँचा; बसाइ ।