Dictionary

All Word

7951 आसन२ ना. ४. आसनका पद्मासन, सिद्धासन आदि चौरासी प्रकार |
7952 आसनी ना. १. सन्ध्योपासना, मन्त्रजप, पाठ, पूजा आदि गर्दा ओछ्‌याइने कुश वा मृगचर्म आदिको साधन; कुशासन; मृगचर्म ।
7953 आसनी ना. २. बनौटो ।
7954 आसन्दिका ना. १. सिंहासनको अगाडि तलतिर पाउ अड्याउन राखिने सानो चौकी वा आसन; पाउदान; पादपीठ ।
7955 आसन्दिका ना. २. त्रिपाई; सानो खालको कुर्सी ।
7956 आसन्दी ना. १. लचकदार मेच; आराम कुर्सी; गद्दा भएको कुर्सी; कौच; सोफा ।
7957 आसन्दी ना. २. आसन आसनी ।
7958 आसन्न वि. १. आइपरेको; नजिकमा रहेको; निकटवर्ती ।
7959 आसन्न वि. २. वस्तुतथ्यको नजिक पुगेको; याथार्थिक |
7960 आसन्न काल वि. १. समय आइपुगेको; नजिकका समयको | ना.
7961 आसन्न काल वि. २. मर्ने अवस्था; अन्त्य स्थिति ।
7962 आसन्न कोण ना. ज्यामितिअनुसार कुनै एक कोणसँग जोडिएको अर्को कोण; एक सरल रेखामाथि खडा गरिएका रेखाहरूबाट बनेका दुई वा दुईभन्दा बढी कोण |
7963 आसन्न प्रसवा वि. साँझबिहान भएकी दोजिया |
7964 आसन्न भविष्यत् ना. व्याकरणअनुसार वर्तमानको सन्निकटमा रहेको भविष्यत्; तत्कालको भविष्यत्; समीपस्थ भविष्यत् ।
7965 आसन्न भूत वि. व्याकरणअनुसार अतीतका क्रियाको पूर्णता र वर्तमानको सामीप्य देखाउने भूतकालिक क्रिया ।
7966 आसन्न मृत्यु ना. १. नजिकै आइपुगेको मृत्यु | वि.
7967 आसन्न मृत्यु ना. २. छिटै मर्न लागेको; मरणासन्न ।
7968 आसपास क्रि.वि. १. नजिकमा ; वरपर; अगलबगल; नजिकपुँडो; उँडोडो। ना.
7969 आसपास क्रि.वि. २. नजिकको थलो; वरपरको ठाउँ ।
7970 आसमान ना. १. अकास; आकाश ।
7971 आसमान ना. २. स्वर्ग; देवलोक ।
7972 आसमानी वि. १. आसमानी रङ्गको; अकासे रङको ना.
7973 आसमानी वि. २. अकासे रङ ।
7974 आसमुद्र क्रि.वि. समुद्रसम्म; समुद्रपर्यन्त ।
7975 आसरा ना. १. आडभरोसा; आश्रय; आसा; आधार; सहारा ।
7976 आसरा ना. २. आशा ।
7977 आसर्जे ना. आश्चर्य; छक्क |
7978 आसव ना. १. फलफूल, जडीबुटी आदिको सार झिकेर औषधीका लागि बनाइएको रक्सी ।
7979 आसव ना. २. रक्सी; मदिरा; अर्क ।
7980 आसा ना. १. ढाल, कवच आदिको बिचमा जडिएको टाँकजस्तो फुली वा किलो ।
7981 आसा ना. २. आसागुर्जा ।
7982 आसाखण्ड ना. मटान ।
7983 आसागुर्जा ना. राजामहाराजाहरूको सवारी वा उत्सव आदिमा चोबदारहरूले अघि अघि लिएर हिँड्ने सुनचाँदीको दण्ड आदि; राजचिहन |
7984 आसाम वि. नेपालीहरूको निकै सङ्ख्यामा बसोबासो भएको, भारतको पूर्वोत्तरमा स्थित एक राज्य ।
7985 आसामी वि. १. आसाम प्रदेशको; आसाममा बस्ने । ना.
7986 आसामी वि. २. आसाम प्रदेशको स्थानीय भाषा (असमिया) वा जाति ।
7987 आसामी ना. ऋण लिने व्यक्ति; कर्जादार; असामी ।
7988 आसिक ना. आशीर्वाद; आशिष् ।
7989 आसिक्त वि. सेचन गरिएको; अभिषिक्त ।
7990 आसिर ना. ज्यादै लाम्चो गर्धन हुने र प्रायः मरुभूमिमा पाइने एक जातको ठुलो चरो; सुतुरमुर्ग ।
7991 आसीन वि. बसोबास गरेको; पलेँटी मारेको; बसेको ।
7992 आसुर वि. असुरसम्बन्धी; असुरको ।
7993 आसुरी वि. १. दानवी; दैत्यसम्बन्धी; आसुर । ना.
7994 आसुरी वि. २. दानवी; असुरपत्नी।
7995 आसुरी चिकित्सा ना. चिरफारद्वारा गरिने चिकित्सा; शल्यचिकित्सा ।
7996 आसुरी विवाह ना. केटाको तर्फबाट केटीलाई पाल्ने कबोलअनुसार बाबुआमा वा संरक्षकलाई पैसा दिई गरिने विवाह; पोल्टे विवाह; बेचिएकी कन्यासँग गरिने विवाह |
7997 आसुरी सम्पत् ना. १. कुकर्मबाट कमाएको धनसम्पत्ति; अन्यायबाट आर्जित धन; कालो धन ।
7998 आसुरी सम्पत् ना. २. व्यक्तिमा रहने दम्भ, दर्प, अभिमान, क्रोध, पारुष्य र अज्ञानजस्ता नराम्रा भावहरूमध्ये कुनै एक।
7999 आसे वि. १. आफ्नो केही हुती नभई अर्काको भरमा बाँच्ने; आस गर्ने आशामुखी । ना.
8000 आसे वि. २. विदेसिएको पोइ फर्केर आउने आसमा झुन्डिएकी स्त्री; आसे रॉड ।