Dictionary

All Word

8101 आह्वान ना. ३. सरकारबाट कार्यालयमा बोलाउने काम ।
8102 आह्वान पत्र ना. १. अड्डाअदालतमा उपस्थित हुने आदेश; समन; इतलायनामा ।
8103 आह्वान पत्र ना. २. युद्धमा गरिएको बोलाहट ।
8104 आह्वान गीत ना. १. कसैलाई सम्बोधन गरेर लेखिएको गीत ।२. कसैको आह्वान गरेर लेखिएको गीत ।
8105 आह्वान गीत ना. ३. गीतिकविताको एक प्रकार |
8106 देवनागरी वर्णमालाको स्वरवर्णमध्ये तेस्रो स्वरवर्ण; परम्परागत रूपमा तालव्य स्थानबाट उच्चारण हुने, ह्रस्व स्वरवर्ण मानिएको र भाषाविज्ञानअनुसार अग्र, बन्द, अगोलित स्वरवर्ण; लेख्य रूपमा सो स्वरवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न।
8107 इँजार ना. तल्लो धडमा लगाइने सुरुवाल, पाइजामा, पेटीकोट आदि लुगालाई कमरमा अड्याउन ती लुगाको माथिल्लो भागमा रहेको नेफाको प्वालघरभित्र छिराई त्यसका दायाँबायाँ जोडेर सुर्काउनी पारी बाँधिने डोरो; इजार।
8108 इँजार घर ना. सुरुवाल, पाइजामा आदि लुगालाई कमरमा बाँध्न ती लुगाको नेफामा दोब्य्राई सिई इँजार हाल्न बनाइएको प्वाल।
8109 इँट ना. १. मुछेको गिलो माटो इँट पार्ने साँचोमा ढालेर पछि घाममा सुकाई अवाल, भट्टा आदिमा पोलेर तयार पारिने चारपाटे लाम्चो खालको, घर बनाउने साधन; इँटा।
8110 इँट ना. २. तासका चार रङमध्ये रातो रङको चारकुने बुट्टा वा आकार।
8111 इँटा ना. हे. इँट।
8112 इँटा टायल कारखाना ना. इँट, टायल, झिँगटी आदिको अभाव हटाउने र राष्ट्रिय वास्तुकलाको महत्त्वसमेत बढाउने लक्ष्यले पहिले ललितपुरको हरिसिद्धि तथा पछि भक्तपुरको सूर्यविनायकमा स्थापित प्रसिद्ध कारखाना।
8113 इ: वि. बो. १. चित्त नबुझ्दो कुरा गर्दा हिस्स्याएर हीनभाव प्रकट गर्ने गरी प्रयोग गरिने शब्द। (उदा. इ:, के खुल्क्याउँछौ र तिमीले !)।२. लोप्पा खुवाउँदा प्रयोग गरिने शब्द | (इ: खालास् सित्तैँमा !) ।
8114 इकरार ना. कबुल; प्रतिज्ञा; हे. करार।
8115 इकार ना. स्वरवर्णको 'इ' अक्षर; बाइमात्रा (ि)चिह्न।
8116 इक्रा ना. घरको गारोको सट्टा सिमेन्ट गर्न मिल्ने गरी बाँसका भाटाबाट तयार गरिने टाटी।
8117 इक्षु ना. उखु।
8118 इक्षुमती ना. काठमाडौँका रुद्रमती र विष्णुमतीका बिच भागमा बग्ने हालको 'टुकुचा’ खोलाको पुरानो सांस्कृतिक नाम।
8119 इक्ष्वाकु ना. पुराणअनुसार वैवस्वत मनुका छोरा; सूर्यवंशका पहिला प्रसिद्ध राजा।
8120 इख ना. १. अरूको लाग्ने वचन सुनेर वा अरू व्यक्ति बनेको वा सप्रेको देखेर नजानिँदो किसिमले मनमा उठ्ने डाहा; प्रतिशोधका भावनाले मनमा उठ्ने द्वेष।
8121 इख ना. २. रिस, इबी।
8122 इखालु वि. १. ईख भएको; ईर्ष्यालु।
8123 इखालु वि. २. डाहा गर्ने; डाहिल्लो।
8124 इखालु वि. ३. कसैले आफूलाई हियाए वा अपमानित गरेमा त्यसको ईख लिई केही गरेर देखाउने आत्मसङ्कल्प राख्ने।
8125 इखिनु अ.क्रि. कसैले आफूलाई हियाए वा अपमानित गरेमा केही गरेर देखाउने मानसिक अठोट गर्ने भाव वा काम (उदा.- पण्डित पितृप्रसादका कटुवचनले लेखनाथ इखिए र पछि ठुला कवि बने। )।
8126 इख्याइ ना. इखिने वा इख्याउने भाव वा क्रिया।
8127 इख्याइनु अ.क्रि. इख्याउने काम गरिनु।
8128 इख्याउनु प्रे. क्रि. इखिने पार्नु; लोभ्याउनु।
8129 इङ्गर प्रत्य. नाम शब्दका पछिल्तिर गाँसिएर प्रायः क्षुद्रता वा तुच्छताको अर्थ बुझाउने तद्धित- प्रत्यय (पात + इङ्गर = पतिङ्गर आदि )।
8130 इङ्गल प्रत्य. नाम शब्दका पछिल्तिर गाँसिई विशेष अर्थ बुझाउने तद्धित प्रत्यय (काँचो + इङ्गल = कचिङ्गल, माया + इङ्गल = मथिङ्गल आदि)।
8131 इङ्गला ना. योगशास्त्रअनुसार नाकको बायाँ प्वालबाट श्वास भित्रबाहिर गराउने नाडी; ईडा नाडी। (पिङ्गलाको उच्चारण- सादृश्यमा)।
8132 इङ्गल्यान्ड ना. बेलायत।
8133 इङ्गित ना. १. शरीरका अङ्ग, प्रत्यङ्गका हाउभाउ र चेष्टाबाट मनको भाव प्रकट गर्ने काम; सङ्केत; इसारा। वि.
8134 इङ्गित ना. २. सङ्केत गरिएको; सङ्केतित।
8135 इङ्लिस ना. हे. अङ्ग्रेजी।
8136 इचङ्गु ना. काठमाडौँ नगरदेखि पश्चिम दिशामा रहेको र यसै नामका नारायणको मन्दिरले गर्दा प्रसिद्ध भएको ठाउँ; काठमाडौँ उपत्यकाका चार नारायणमध्ये एक।
8137 इचङ्गु नारायण ना. चार नारायणमध्ये इचङ्गुमा रहेका एक नारायण।
8138 इचला ना. १. खेतको चारैतिर पानी अड्याउन बनाइएको केही अग्लो डिल; आली; खेतको आँठो।
8139 इचला ना. २. आँचल।
8140 इचा ना. चुच्चो बाङ्गो भएको र डेढ फुटजति लामो, धातुका भाँडाहरूको निर्माण गर्दा प्रयोग गरिने एक खालको ज्याबल।
8141 इच्छा ना. १. कुनै चिजको प्राप्ति, समृद्धि, क्षय, हास आदिबारे मनमा लाग्ने आशा; यस्तो होस्, उस्तो होस् भन्ने कुराको आन्तरिक कल्पना; कामना; अभिलाषा।
8142 इच्छा ना. २. चाहना; लालसा।
8143 इच्छाधीन वि. इच्छामा अडेको वा रहेको; इच्छामुताबिकको; रोजीछाडी; ऐच्छिक।
8144 इच्छानुरूप वि. चाहनाअनुसारको; भनेजस्तो।
8145 इच्छापत्र ना. राजीखुसीले आफ्नो अधिकारमा रहेको चलअचल सम्पत्ति अरू कुनै पनि व्यक्तिले पाउने गरी लेखिदिएको कागत।
8146 इच्छाभोजन ना. चाहेबमोजिमको भोजन; मनमाफिकको खाना।
8147 इच्छित वि. इच्छा गरिएको; चिताइएको; वाञ्छित।
8148 इच्छिनु अ.क्रि. आफ्नो अधिकारको कुनै मालताल अरू कसैलाई दिने इच्छा हुनु।
8149 इच्छु वि. इच्छा गर्ने; चाहना गर्ने; इच्छुक (प्रायः शब्दको पछिल्तिर गाँसिएर प्रयुक्त हुने, जस्तै- शुभेच्छु, हितेच्छु इ. )।
8150 इच्छुक वि. इच्छा गर्ने; चाहना गर्ने; मनसुबा भएको; अभिलाषी; अर्थी।