Dictionary

All Word

8001 आसेगाँसे वि. १. आसले धाउने; गाँसको आसा गर्ने; केही पाउने आसामा निम्तारुका पछि लागी आउने | ना.
8002 आसेगाँसे वि. २. त्यस्तो व्यक्ति । आसे गाँसे सबै एकैनासे ( उखान ) ।
8003 आसेपासे ना. कामकुरो पन्छाउन गरिने आलटाल; अल्याङमल्याङ |
8004 आसेपासे, वि. १. केही होला वा पाइएला भन्ने आसमा झुन्डिने; परमुखापेक्षी | ना.
8005 आसेपासे, वि. २. अगलबगलमा रहेका निमुखा गरिबहरू ।
8006 आसेपासे, वि. ३. मूल देवीदेवताका अनुचर सेवकहरू ।
8007 आसेपासे, वि. ४. भूतप्रेत वा बोक्सी, डङ्किनीहरू ।
8008 आसे राँड / आसे राँडी ना. बेपत्ता भएको पति फर्केर आउने आसमा रहेकी स्त्री (हेय) |
8009 आसेवन ना. १. लगातार गरिने सेवा टहल; सेवा, शुश्रूषा ।
8010 आसेवन ना. २. मन लगाएर उत्साहका साथ कुनै काम बार बार दोहोऱ्याएर गर्ने प्रक्रिया |
8011 आसेवी वि. आफ्नो हुँदो सम्झेर सेवा, टहल गर्ने; मन लगाएर सेवा, शुश्रूषा गर्ने ।
8012 आस्तरण ना. १. फैलाउने काम; फिँजाउने प्रक्रिया ।
8013 आस्तरण ना. २. कुनै कपड़ा आदि ओछ्याउने काम ।
8014 आस्तरण ना. ३. तन्ना; बिछ्‌यौना ।
8015 आस्तरण ना. ४. यज्ञवेदीमा चारैतिर ओछ्याइने कुश ।
8016 आस्तिक वि. १. परलोकको अस्तित्व मान्ने; परलोकमा श्रद्धा वा आस्था राख्ने ।
8017 आस्तिक वि. २. वेद, ईश्वर, पूर्वजन्म, परलोक र परजन्म आदिमा विश्वास राख्ने; ईश्वरवादी ।
8018 आस्तिकता ना. १. आस्तिक बन्ने भाव वा स्थिति; ईश्वरमा आस्था राख्ने प्रकृति।
8019 आस्तिक्य ना. आस्तिक गुण वा धर्म ।
8020 आस्ते क्रि.वि. केही हतार नगरीकन; बिस्तारै ।
8021 आस्ते आस्ते क्रि.वि. बिस्तारै बिस्तारै ।
8022 आस्थगन ना. सर्वोच्च शक्तिबाट संविधानको कुनै धारा वा कानुनको कुनै दफा आदि केही समयका लागि निष्क्रिय बनाउने काम; कुनै कानुनी नियम, विनियम आदिको चलनचल्तीलाई रोक्ने काम ।
8023 आस्था ना. १. दिलैदेखि जागेको सम्मान; श्रद्धा; अखण्ड विश्वास ।
8024 आस्था ना. २. विश्वास; पत्यार ।
8025 आस्था ना. ३. सहारा; आलम्बन; भरोसा ।
8026 आस्थारहित वि. १. श्रद्धा नभएको विश्वासहीन ।
8027 आस्थारहित वि. २. देखावटी; अन्धभावनाले युक्त |
8028 आस्थावान् वि. १. विश्वास वा आस्था भएको; सम्मान गर्ने ।
8029 आस्थावान् वि. २. सद्भावनाले युक्त; सज्जन ।
8030 आस्थाहीन वि. आस्था नभएको; आस्थाशून्य ।
8031 आस्थित वि. १. रहेको; बसेको; अवस्थित ।
8032 आस्थित वि. २. सहारा पाएको; आधार भएको; आड लिएको ।
8033 आस्पद ना. १. ठाउँ; स्थान; आसन । २ पद; दर्जा ।
8034 आस्पद ना. ३. थर; उपाधि । वि.
8035 आस्पद ना. ४. भएको वा हुने (लज्जास्पद, घृणास्पद, हास्यास्पद इ.)।
8036 आसा ना. आश्रय; आधार; भर ।
8037 आसिनु अ.क्रि. १. आश्रय वा आसामा रहनु ।
8038 आसिनु अ.क्रि. २. पेटमा बच्चा रहनु; साहा जानु; गर्भ रहनु ।
8039 आस्याइ ना. आसिने क्रिया वा प्रक्रिया |
8040 आस्वाद ना. १. षड्समध्ये कुनै रसको चर्वण ।
8041 आस्वाद ना. २. रसपानबाटप्राप्त हुने आनन्दानुभूति; रसास्वादन ।
8042 आस्वाद ना. ३. चाख्ने काम; चखाइ ।४. शृङ्गार आदि साहित्यिक रसहरूको उपभोग; आत्मिक तृप्ति ।
8043 आस्वादक वि. आस्वाद लिने; चाख्ने; रसको चर्वण गर्ने ।
8044 आस्वादन ना. आस्वाद ।
8045 आस्वादनीय वि. स्वाद लिन लायक; आस्वादयोग्य |
8046 आस्वादित वि. स्वाद लिइएको; चाखिएको ।
8047 आस्वाद्य वि. १. आस्वाद लिन सकिने ।
8048 आस्वाद्य वि. २. आस्वाद योग्य; चाख्न लायक; आस्वादनीय। ३। चखिलो; स्वादिलो।
8049 आह वि.बो. १. कुनै दुःखकष्ट र बाधा आइपर्दा अन मुखबाट प्रकट हुने शब्द; अफसोस बुझाउने ध्वनि; सुस्केरा; निश्वास | ना.
8050 आह वि.बो. २. व्यथा; बह; पीडा ।