Dictionary

All Word

8151 इच्छ्याइनु क.क्रि. इच्छ्याउने काम होइनु।
8152 इच्छ्याउनु स.क्रि. १. इच्छा प्रकट गर्नु; मनले चाहेको कुरो खोल्नु।
8153 इच्छ्याउनु स.क्रि. २. आफ्ना हकभित्रको जायजेथा वा चल, अचल सम्पत्ति राजीखुसीले अर्काको हक हुने गरी लिखत गरिदिनु; इच्छापत्र लेखिदिनु।
8154 इच्छ्याउनु स.क्रि. ३. आफ्नो साटो कुनै काम गर्न वा आफूले पाउने कुनै कुरा भन्न, लिन अर्को व्यक्तिलाई रोज्नु।
8155 इजरायल ना. एसियाको पश्चिमी भागमा अवस्थित, जेरुसेलम राजधानी भएको, यहुदीहरूको स्वतन्त्र राष्ट्र।
8156 इजरायली वि. इजरायल देशको; इजरायलसम्बन्धी।
8157 इजलास ना. १. मुद्दामामिलाको काम गर्ने न्यायिक निकाय; अदालत; न्यायालय; कचहरी।
8158 इजलास ना. २. मुद्दा बहस हुँदा न्यायाधीश बस्ने ठाउँ; बेन्च।
8159 इजलास ना. ३. सभा; बैठक।
8160 इजहार ना. १. अदालतले सोधेका सवाल वा प्रश्नको लिखित वा मौखिक जवाफ; अदालतमा दिइने बयान।
8161 इजहार ना. २. फिरादपत्र; उजुरीपत्र; नालिस।
8162 इजहारा ना. ठेक्कापट्टा; ठेक्का; ठेक; इजारा।
8163 इजा ना. (खास गरी डोटी, जुम्ला भेगका लोकसाहित्यमा प्रचलित ) आमा।
8164 इजाजत ना. १. कुनै अख्तियारवाला अड्डा वा कार्यालयले कुनै कामकुराका निम्ति दिएको अनुमति, आज्ञा, मन्जुरी वा स्वीकृति।
8165 इजाजत ना. २. लाइसेन्स।
8166 इजाजत पत्र ना. कुनै कामकुराका निम्ति सम्बन्धित संस्थाबाट इजाजत दिइएको बेहोरा जनाई सो प्रमाणित गरिएको कागत; अनुमतिपत्र; लाइसेन्स।
8167 इजाजत प्राप्त वि. कुनै कामकुरा, ठेक्कापट्टा आदिका निम्ति सम्बन्धित अड्डा वा कार्यालयबाट इजाजत पाएको।
8168 इजार ना. हे. इँजार।
8169 इजारा ना. १. ठेक; ठेक्कापट्टा।
8170 इजारा ना. २. कुनै काम गरेबापत त्यसका बदलामा ज्याला वा त्यस्तै अन्य कुनै कुरा दिइने बन्दोबस्त।
8171 इज्जत ना. १. समाज वा सम्बन्धित क्षेत्रबाट दिइने आदर; मान; प्रतिष्ठा।
8172 इज्जत ना. २. हुर्मत; आबरु।
8173 इज्जतदार वि. इज्जत कमाएको; प्रतिष्ठित; सम्मानित।
8174 इज्या ना. १. यज्ञ; होम; हवन।
8175 इज्या ना. २. धार्मिक अनुष्ठान।
8176 इज्या ना. ३. हिन्दू धर्मका आठ अङ्ग (इज्या, अध्ययन, दान, तप, सत्य, धृति, क्षमा र अलोभ) मध्ये पहिलो।
8177 इटाचपली ना. प्राचीन नेपालअन्तर्गत काठमाडौँमा (हनुमान ढोकामा ) रुखका वरिपरि इँटको गाह्रो लगाई बनाइएको न्यायिक चौतारो; पुरानो न्यायाधिकरण; प्राचीन फौजदारी अदालत।
8178 इटाली ना. युरोप महाद्वीपको दक्षिणी भागमा भूमध्यसागरको किनारामा अवस्थित, रोममा राजधानी रहेको एक देश।
8179 इटालेली वि. १. इटाली देशसँग सम्बन्धित; इटाली देशको बासिन्दा; इटालीमा बनेको। ना.
8180 इटालेली वि. २. भारोपेली भाषापरिवारिभित्रको एक शाखा।
8181 इडली ना. चामलका पिठाको डल्लो पारी बनाइने एक प्रकारको दक्षिण भारतीय खाद्य पदार्थ।
8182 इडा ना. १. शरीका पिठ्यूँको बायाँपट्टिबाट नाकसम्म गएको नाडी; नाडीका तीन भेद- इडा, पिङ्गला, सुषुम्नामध्ये पहिलो।
8183 इडा ना. २. वैवस्वत मनुकी कान्छी रानी।
8184 इतर वि. १. अर्को; दोस्रो; अन्य; भिन्न।
8185 इतर वि. २. अतिरिक्त; बाहेक।
8186 इतर वि. ३. कुनै नाम शब्दका पछाडि गाँसिई सोभन्दा अन्य, भिन्न, बाहेक वा अतिरिक्त आदि अर्थ बुझाउने शब्द (उदा.- नेपाली भाषामा साहित्येतर ग्रन्थहरू पनि प्रशस्त छन्)।
8187 इतरबितर क्रि.वि. कुनै कुरा वा वस्तु व्यवस्थित रूपमा नरही छिरलबिरल वा छरपस्ट हुनाको किसिम; तितरबितर।
8188 इतरिनु अ.क्रि. १. साथीभाइ वा प्रेमीप्रेमिकाका बिच आपसमा हाँसखेल वा ख्यालठट्टा गर्नु; छिल्लिनु; जिस्किनु; गिज्जिनु।
8189 इतरिनु अ.क्रि. २. चाहिँदोनचाहिँदो किसिमले आसक वा लाडे भएर चल्नु वा कुरा गर्नु।
8190 इतरेतर अव्य. १. परस्पर; एकअर्कामा; आपसमा; आफू आफूमा; अन्योन्य।
8191 इतरेतर अव्य. २. द्वन्द्व समासका विभिन्न भेदमध्ये 'यो' र 'त्यो' भन्ने अर्थ बुझाउने एक भेद (राम र लक्ष्मण =राम लक्ष्मण, दाजु र भाइ = दाजुभाइ इ.)।
8192 इतरेतर योग ना. इतरेतर द्वन्द्व समास।
8193 इतऱ्याइ ना. इतरिने भाव, क्रिया वा प्रक्रिया।
8194 इतऱ्याइनु क.क्रि. इतरिन लाइनु।
8195 इतऱ्याउनु प्रे. क्रि. इतरिन लाउनु; जिस्क्याउनु।
8196 इतलायनामा ना. देवानी मुद्दामा नालिस वा फिराद परेपछि प्रतिवादीलाई म्यादभित्र प्रतिवादी दिन आउनू भनी अदालतबाट जारी गरिने सूचना वा पुर्जी; समाह्वान; समन।
8197 इति ना. १. परिमाण, विस्तार आदिको अन्त; अन्त्य; आखिरी।
8198 इति ना. २. काम पूरा हुने वा भएको अवस्था; समाप्ति; पूर्णता;टुङ्ग्याउनी।
8199 इति ना. ३. कुनै ग्रन्थ वा ग्रन्थको अंश र लेख, रचना, कागज आदिको पुछारमा त्यसको समाप्तिको सूचना दिन प्रयोग गरिने शब्द। (उदा. - इति तोतामैनाको कथाको पहिलो भाग समाप्त | इति संवत् २०३८ साल पुस ७ गते रोज ३ शुभम् )।
8200 इतिवृत्त ना. १. १ पुरानो यथार्थ कथा; बितेको सत्य घटना; कुनै कामकुरा जे जसरी भएको हो त्यसको पूर्ण विवरण वा वृत्तान्त।