Dictionary

All Word

80951 विफलता ना. १. विफल हुनाको भाव वा अवस्था; असफलता।
80952 विफलता ना. २. सुखद परिणामको अभाव।
80953 विबद्ध वि. १. डोरी आदिले बेसरी कसेर बाँधेको; मस्काएको।
80954 विबद्ध वि. २. कब्जियत भएको; गोटा परेको।
80955 विबुध ना. १. पण्डित; विद्वान्।
80956 विबुध ना. २. चतुर व्यक्ति; बुद्धिमान्।
80957 विबुध ना. ३. देवता।
80958 विबुध ना. ४. चन्द्रमा।
80959 विभक्त वि. १. अंशबन्डा भएको; दाजुभाइ छुट्टिएको।
80960 विभक्त वि. २. बाँडिएको; भाग लगाइएको; विभाजित। ३ .अलग पारिएको; छुट्टयाइएको।
80961 विभक्त वि. ४. पृथक् गरिएको वा भएको।
80962 विभक्त वि. ५. एक्लो पारिएको।
80963 विभक्ति ना. १. अंशभाग; बाँडचुँड; विभाजन; विभाग।
80964 विभक्ति ना. २. अलग्याउने काम; पृथक्करण।
80965 विभक्ति ना. ३. अंश; भाग; हिस्सा।
80966 विभक्ति ना. ४. व्याकरणअनुसार कारकसँग क्रियाको सम्बन्ध बुझाउनका निम्ति शब्दका पछाडि लाग्ने 'ले, लाई, बाट' आदि प्रत्यय; कारकसूचक प्रत्यय।
80967 विभव ना. १. चल-अचल सम्पत्ति; ऐश्वर्य; धन।
80968 विभव ना. २. ठुलो बन्ने भाव; महिमा।
80969 विभव ना. ३. सामर्थ्य; शक्ति; पराक्रम।
80970 विभव ना. ४. ऐसआरामको साधन; भोगविलासको वस्तु।
80971 विभव ना. ५. साठी संवत्सरमध्ये एक संवत्सर।
80972 विभवशाली वि. ऐश्वर्यवान्; सम्पन्न।
80973 विभा ना. १. कान्ति; दीप्ति; प्रभा; चमक।
80974 विभा ना. २. किरण; प्रकाश; तेज।
80975 विभा ना. ३. सौन्दर्य।
80976 विभाकर ना. १. सूर्य; घाम।
80977 विभाकर ना. २. आगो, अग्नि।
80978 विभाग ना. १. एकएक गरी अलग्ग्याउने वा बाँड्ने काम; विभाजन।
80979 विभाग ना. २. अंश; भाग; हिस्सा।
80980 विभाग ना. ३. पुस्तकको उपशीर्षक वा प्रकरण; अध्याय; परिच्छेद।
80981 विभाग ना. ४. छुट्ट्याउने वा अलगअलग पार्ने काम; पृथक्करण।
80982 विभाग ना. ५. शिक्षणसंस्थामा सुविधाका लागि तर्जुमा गरिएको विषयगत कार्यक्षेत्र (जस्तो- नेपाली विभाग; अङ्ग्रेजी विभाग आदि); मन्त्रालय वा अड्डाअदालतमा कामको बाँडफाँडका लागि अलग्ग्याइएको क्षेत्र (जस्तो- शिक्षा विभाग; सूचना-विभाग इ.)।
80983 विभागाध्यक्ष ना. कुनै विभागको प्रमुख अधिकारी; विभागीय प्रमुख।
80984 विभागीय वि. विभागको; विभागसम्बन्धी।
80985 विभागीय अधिकृत ना. कुनै विभागको प्रशासक वा हाकिम।
80986 विभागीय आदेश ना. कुनै कामकारबाईका विषयमा विभागले दिएको आदेश।
80987 विभागीय कारबाई ना. १. कर्मचारीमाथि विभागीय प्रमुखमा रहेको अधिकारअनुसार गरिने सजायसम्बन्धी कारबाई।
80988 विभागीय कारबाई ना. २. सम्बन्धित विभागबाट नै टुङ्गो लाग्ने कामकुरो।
80989 विभागीय प्रमुख ना. कुनै विभागको अध्यक्ष वा प्रधान अधिकारी; विभागाध्यक्ष।
80990 विभाजक वि. १. बाँडफाँड गर्ने; बाँड्ने वा विभाजन गर्ने।
80991 विभाजक वि. २. टुक्रा पार्ने; अलगअलग गराउने।
80992 विभाजक वि. ३. फुटाउने; बेमेल गराउने।
80993 विभाजन वि. १. बाँड्ने काम; भाग लाग्ने काम; बाँडचुँड।
80994 विभाजन वि. २. विभागविभागको कार्य निर्धारण गर्ने काम।
80995 विभाजन घण्टी ना. विधायिका सभामा प्रस्तुत कुनै प्रस्तावबारे विवाद सकिएपछि सभाको मत जान्न भिन्नभिन्न समूहमा विभक्त आआफ्नो स्थान ग्रहण गर्न सूचना दिने घण्टी।
80996 विभाजित वि. १. विभाजन गरिएको; बाँडिएको; विभक्त।
80997 विभाजित वि. २. अलग्याइएको; छुट्ट्याइएको।
80998 विभाज्य वि. १. बाँडफाँड गर्न सुहाउँदो; भाग लगाउन योग्य।
80999 विभाज्य वि. २. अलग्याउनुपर्ने; छुट्ट्याउनुपर्ने।
81000 विभाव ना. १. कारण; निदान।