Dictionary

All Word

81101 विमना वि. २. व्याकुल; विह्वल।
81102 विमना वि. ३. विरोधी मतको; उल्टो विचारको।
81103 विमर्द / विमर्दन ना. १. रगड्ने वा घोट्ने काम; विदलन।
81104 विमर्द / विमर्दन ना. २. लडाईँ; सङ्घर्ष; युद्ध।
81105 विमर्द / विमर्दन ना. ३. बरबादी; सत्यानाश।
81106 विमर्श ना. १. कुनै वास्तविक तथ्यको अन्वेषण; सत्य कुराको खोजी।
81107 विमर्श ना. २. कुनै विषयवस्तुबारे गरिने विवेचना वा विचार।
81108 विमर्श ना. ३. सरसल्लाह; परामर्श।
81109 विमर्श ना. ४. अवलोकन; समीक्षा; आलोचना।
81110 विमर्श ना. ५. बहस; तर्क; वादविवाद।
81111 विमर्श ना. ६. नाटकका पाँच सन्धि-मुख, प्रतिमुख, गर्भ, विमर्श, उपसंहारमध्ये एक सन्धि।
81112 विमर्शन ना. १. खोज; अन्वेषण।
81113 विमर्शन ना. २. तर्कवितर्क; वादविवाद।
81114 विमर्शन ना. ३. समीक्षा।
81115 विमर्शित वि. विमर्श गरिएको।
81116 विमर्ष ना. १. १ .विवेचना; विचार।
81117 विमर्ष ना. २. अधैर्य; असहिष्णुता।
81118 विमर्ष ना. ३. असन्तोष; अतृप्ति।
81119 विमर्ष ना. ४. आलोचन; समीक्षा।
81120 विमर्ष ना. ५. नाटकका पाँच सन्धिमध्ये एक। (यसमा खेद, अपवाद, सङ्केत, व्यवसाय, द्रव, द्युति, शक्ति, प्रसङ्ग, प्रतिषेध, विरोध, प्ररोचना, आदान र छादन हुन्छन्)।
81121 विमल वि. १. फोहरमैला नभएको; निर्मल।
81122 विमल वि. २. स्वच्छ; सफा; कञ्चन।
81123 विमल वि. ३. विशुद्ध; पवित्र।
81124 विमल वि. ४. दाग नभएको; निष्कलङ्क; निर्दोष।
81125 विमल वि. ५. राम्रो; सुन्दर। ना.
81126 विमल वि. ६. चाँदीको मुलम्मा।
81127 विमल वि. ७. अभ्रख।
81128 विमला ना. १. बौद्ध धर्मको महायान र वज्रयानको दशभूमि; त्रयोदश भूमिको दोस्रो भूमि।
81129 विमला ना. २. सरस्वती। वि.
81130 विमला ना. ३. मल नभएकी।
81131 विम्ब ना. हे. बिम्ब।
81132 विम्बित वि. बिम्बित।
81133 विमाता ना. सौतेनी आमा; अर्की आमा।
81134 विमातृ ना. विमाता।
81135 विमातृभाषी वि. आफ्नो मातृभाषाबाहेक कुनै अर्को भाषाको व्यवहार गर्ने; अन्य भाषा बोल्ने; विभाषी।
81136 विमान ना. १. आकाशमार्गबाट जाने सवारी; व्योमयान; हवाईजहाज; वायुयान।
81137 विमान ना. २. मुर्दा बोक्ने खट; अर्थी।
81138 विमान ना. ३. साततले दरबार; धेरै तला भएको महल।
81139 विमान ना. ४. अपमान; हेला; अनादर।
81140 विमान अपहरण ना. कुनै प्रतिकारात्मक भावना वा ठुलो मागको पूर्तिका निम्ति हवाईजहाजका चालकलाई धम्काएर आफ्नो अनुकूल परेको विमानस्थलमा सो जहाज उतार्न लगाउने काम; विमानलाई अपहरण गर्ने काम।
81141 विमानघाट ना. हवाईजहाज बस्न र उड्न मिल्ने गरी बनाइएको ठाउँ; विमानस्थल।
81142 विमान झ्याल सानो झ्याल; सन्झ्याल ।
81143 विमान परिचारिका ना. हवाईजहाजका यात्रीहरूको रेखदेख गर्ने नारी।
81144 विमानभेदी वि. उडिरहेको विमानलाई खसाल्न सक्ने (अस्त्र, तोप आदि)।
81145 विमानस्थल / स्थान ना. हवाईजहाज उडाउने र बसाउने ठाउँ; विमानघाट; हवाईमैदान।
81146 विमानित वि. मानहानि गरिएको; हेला गरिएको; अपमानित; उपेक्षित।
81147 विमार्ग ना. खराब बाटो; कुमार्ग; अबाटो।
81148 विमार्जन ना. १. धुने वा पखाल्ने काम; सफा गर्ने काम।
81149 विमार्जन ना. २. पवित्र पार्ने काम; विशोधन।
81150 विमार्जन ना. ३. बढार्ने काम।