Dictionary

All Word

81251 विरह ना. ५. त्याग।
81252 विरहग्रन्थि ना. विरहवेदनाले मुटुमा परेको भक्कानो; वियोगव्यथाको गाँठो।
81253 विरहाग्नि ना. विरहबाट भएको भुटो वा पिर; वियोगजन्य चिन्ता।
81254 विरहानल ना. विरहाग्नि।
81255 विरहिणी ना. वियोगिनी; प्रेमीबाट बिछोड भएकी नायिका।
81256 विरहित वि. १. नभएको; रहित।
81257 विरहित वि. २. छाडिएको; परित्यक्त।
81258 विरही ना. १. प्रेमिकाबाट बिछोड भएको नायक; वियोगी पुरुष। वि.
81259 विरही ना. २. एक्लो; ठिङ्गो; नागो।
81260 विरही ना. ३. बिछोड भएको; वियोगी।
81261 विरहोत्कण्ठिता ना. सङ्केतित समय र स्थानमा प्रेमी नआइदिनाले उत्कण्ठित भई छटपटिएकी नायिका।
81262 विराग ना. राग वा विषयवासनाप्रतिको इच्छा हटेको स्थिति; विरक्ति; वैराग्य।
81263 विरागी वि. १. राग वा विषयभोगको लालसा भएको; अनासक्त; वैरागी।
81264 विरागी वि. २. विरक्त।
81265 विराजमान वि. १. सुहाएको; शोभायमान; शोभित।
81266 विराजमान वि. २. आनन्दसँग बसेको वा रहेको; विराजित।
81267 विराजमान वि. ३. रहेको; विद्यमान; उपस्थित; मौजुद।
81268 विराजित वि. १. सुखसुविधाका साथ बसेको; आनन्दसँग रहेको।
81269 विराजित वि. २. सुशोभित।
81270 विराजित वि. ३. उपस्थित; मौजुद।
81271 विराट् ना. १. विश्वरूप परब्रह्म।
81272 विराट् ना. २. विश्व; संसार।
81273 विराट् ना. ३. क्षत्रिय। वि.
81274 विराट् ना. ४. ठुलो आकारको; ज्यादै ठुलो।
81275 विराट् ना. ५. विस्तृत।
81276 विराट ना. १. महाभारतको समयको एक देश।
81277 विराट ना. २. त्यसै देशका राजा।
81278 विराटनगर ना. पूर्वी नेपालको कोसी अञ्चल, मोरङ जिल्लामा पर्ने एक प्रमुख औद्योगिक सहर।
81279 विराध ना. १. रामायणकालमा रामले बध गरेको एक राक्षस।
81280 विराध ना. २. अपकार; बिगार।
81281 विराध ना. ३. अपमान; तिरस्कार।
81282 विराध ना. ४. विरोध; असहमति।
81283 विराम ना. १. रोकिने वा थामिने काम।
81284 विराम ना. २. थकाइ मार्ने वा सुस्ताउने काम; विश्राम।
81285 विराम ना. ३. समाप्ति; अन्त।
81286 विराम ना. ४. वाक्य, वाक्यांश आदिको अन्तमा अडान लिने ठाउँ वा त्यस्तो चिह्न।
81287 विराम ना. ५. छन्दको बिचबिचमा केही क्षण रोकिने ठाउँ; यति।
81288 विरामचिह्न ना. लेख आदिमा प्रयोग गरिने विरामसूचक चिह्न (पादविराम, अर्धविराम, पूर्णविराम आदि)।
81289 विराम सन्धि ना. विशेष परिस्थितिमा दुवै पक्षको स्वीकृतिबाट केही अवधिका लागि लडाइँ बन्द गर्ने सम्झौता।
81290 विरुत ना. १. चिच्च्याएको शब्द; चीत्कार।
81291 विरुत ना. २. होहल्ला; कोलाहल।
81292 विरुत ना. ३. चराहरूको कूजन; कलरव। वि.
81293 विरुत ना. ४. अस्पष्ट शब्द भएको; बोलेको नबुझिने खालको।
81294 विरुत ना. ५. गुञ्जायमान।
81295 विरुद ना. १. गुण बखान्ने काम; प्रशस्ति; कीर्तिगाथा।
81296 विरुद ना. २. प्राचीन कालका राजामहाराजाहरूको मानबोधक र कीर्तिसूचक पदवी।
81297 विरुद ना. ३. कीर्ति; यश।
81298 विरुदावली ना. १. कविता वा गद्यबाट गरिने राजस्तुति।
81299 विरुदावली ना. २. गुण, उदारता, पराक्रम आदिको विस्तृत वर्णन; सविस्तार प्रशंसा।
81300 विरुद्ध वि. १. कुनै विचार, मत, सिद्धान्त, इच्छा, गुण आदिसँग मेल नखाने किसिमको; विपरीत।