Dictionary

All Word

81401 विलासकर ना. मनोरञ्जन कर।
81402 विलासभवन ना. सुखसयल गर्ने घर वा दरबार; विलास गर्ने ठाउँ; रतिगृह।
81403 विलासमन्दिर ना. विलासभवन।
81404 विलासिका ना. शृङ्गाररस प्रधान हुने उपरूपकको एक भेद।
81405 विलासिनी वि. १. कामुक चरित्र भएकी; सुन्दरी (स्त्री)। ना.
81406 विलासिनी वि. २. वेश्या; गणिका।
81407 विलासी वि. १. बढी सुखसयल गर्ने
81408 विलासी वि. २. कामवासनामा लम्पट।
81409 विलासी वि. ३. विनोदप्रिय।
81410 विलासी वि. ४. उज्यालो। ना.
81411 विलासी वि. ५. रसिक व्यक्ति।
81412 विलासी वि. ६. कामदेव।
81413 विलिप्त वि. लिपपोत गरिएको; पोतिएको।
81414 विलीन वि. १. कुनै वस्तुमा घोलिएको; लय भएको।
81415 विलीन वि. २. नदेखिने; अदृश्य; लुप्त।
81416 विलीन वि. ३. पग्लेको; गलेको।
81417 विलीन वि. ४. एकअर्कासँग जोरिएको; सम्बद्ध।
81418 विलीन वि. ५. मरेको; मृत।
81419 विलीनीकरण ना. १. कुनै एक वस्तु अर्को वस्तुमा नछुट्टिने गरी मिलाउने वा घोल्ने काम; एकीकरण।
81420 विलीनीकरण ना. २. गाभ्ने वा विलीन गर्ने काम; विलयन।
81421 विलुप्त वि. १. लोप भएको; बेपत्ता भएको; अदृश्य।
81422 विलुप्त वि. २. भाँचिएको; टुक्रिएको; भत्किएको।
81423 विलुप्त वि. ३. लुटिएको; अपहरण गरिएको; अपहृत; अपहरित।
81424 विलुप्त वि. ४. नाश गरिएको; विनष्ट।
81425 विलेख ना. सम्झौता वा संविदाको विवरण दिइएको र सम्बन्धित व्यक्तिद्वारा विधिवत् हस्ताक्षर गरिएको लिखित वा मौखिक साधनपत्र; संलेख।
81426 विलेखन ना. १. भुइँका वनस्पति खुर्कने वा ताछ्ने काम।
81427 विलेखन ना. २. खनजोत।
81428 विलेखन ना. ३. बोटबिरुवा उखेल्ने काम।
81429 विलेप ना. १. शरीर सुन्दर पार्नका लागि घसिने सुगन्धी तेल वा द्रव्य; अङ्गराग; बुकुवा।
81430 विलेप ना. २. भवन वा पर्खालका भित्तामा लिपिने वस्तु; लिउन।
81431 विलेपन ना. १. शरीरमा तेल, सुगन्धी द्रव्य, लेप, मलम आदि दल्ने काम।
81432 विलेपन ना. २. शरीरमा घस्ने सुगन्धी द्रव्य; अङ्गराग।
81433 विलेपन ना. ३. लिपिने वस्तु; लिउन।
81434 विलोकन ना. १. राम्रो किसिमले हेर्ने काम; दृष्टि; हेराइ; देखाइ।
81435 विलोकन ना. २. सोच्ने वा विचार गर्ने काम।
81436 विलोकन ना. ३. जाँच्ने काम; परीक्षण।
81437 विलोकन ना. ४. आँखा; दृष्टि।
81438 विलोकनीय वि. १. हेर्न लायक; दर्शनीय।
81439 विलोकनीय वि. २. सुन्दर; राम्रो।
81440 विलोकित वि. १. राम्ररी हेरिएको; अवलोकित।
81441 विलोकित वि. २. सोचविचार गरिएको।
81442 विलोकित वि. ३. जाँच गरिएको; परीक्षित।
81443 विलोचन ना. आँखा; नेत्र।
81444 विलोडन ना. १. हुँडल्ने वा मथ्ने काम; मन्थन।
81445 विलोडन ना. २. हल्लाउने वा चलाउने काम; आलोडन।
81446 विलोडित वि. विलोडन गरिएको।
81447 विलोप ना. १. कुनै वस्तु नभएको स्थिति; अभाव।
81448 विलोप ना. २. बरबादी; नाश; खतम।
81449 विलोप ना. ३. कुनै वस्तु लिएर भाग्ने काम; लुटपिट; डकैती।
81450 विलोपन ना. १. नाश वा भताभुङ्ग पार्ने काम।