Dictionary

All Word

81501 विवर्त ना. १. जल आदि घुम्ने वा चक्कर खाने क्रिया; फर्कने क्रिया।
81502 विवर्त ना. २. परिवर्तन।
81503 विवर्त ना. ३. भ्रम; भ्रान्ति।
81504 विवर्तन विवर्त हुने क्रिया वा भाव; चक्कर; घुमाइ।
81505 विवर्तित वि. १. घुमेको; चक्कर खाएको।
81506 विवर्तित वि. २. परिवर्तित।
81507 विवर्धन ना. १. बढ्ने काम वा किसिम; वृद्धि।
81508 विवर्धन ना. २. उन्नति।
81509 विवर्धित वि. १. वृद्धि गरिएको; बढाइएको।
81510 विवर्धित वि. २. उन्नत; विकसित।
81511 विवर्धित वि. ३. समृद्ध।
81512 विवर्धित वि. ४. सन्तुष्ट।
81513 विवश वि. १. आफ्नो इच्छा नहुँदानहुँदै वा आफ्नो इच्छाविपरीत कुनै काम गर्न बाध्य भएको; बाध्य; लाचार।
81514 विवश वि. २. आफूखुसी हिँडडुल गर्न वा अन्य कुनै कामकुरा गर्न नपाउने; आफ्नो वशमा नभएको; पराधीन; परतन्त्र।
81515 विवश वि. ३. बेहोस।
81516 विवशता ना. १. विवश हुनाको भाव वा अवस्था।
81517 विवशता ना. २. बाध्यता; लाचारी।
81518 विवसन / विवस्त्र वि. शरीरमा कुनै किसिमको वस्त्र नभएको, लुगा नलाएको; नाङ्गो; दिगम्बर।
81519 विवाद ना. १. कुनै विषय, समस्या वा कुरालाई लिएर गरिने छलफल; बहस; वादविवाद।
81520 विवाद ना. २. भनाभन; कलह; झगडा।
81521 विवाद ना. ३. प्रतिवाद; खण्डन।
81522 विवादग्रस्त वि. विवाद वा झगडा भएको; विवाद वा छलफल गर्नुपर्ने; विवादास्पद।
81523 विवादतथ्य ना. १. वादविवादसम्बन्धी तथ्य वा प्रश्न।
81524 विवादतथ्य ना. २. पक्षविपक्षका आरोप-प्रत्यारोपबाट पैदा भएको सकारात्मक र नकारात्मक दुवै हुन सक्ने वास्तविक बुँदा।
81525 विवाद विषय ना. वादी वा प्रतिवादी कुनै पक्षद्वारा पेस गरिएको लिखित पत्रमा एक पक्षले सकारेको र अर्को पक्षले इन्कार गरेको निश्चित र मुख्य प्रमाण।
81526 विवाद स्थगन ना. चलिरहेको विवाद वा छलफल नटुङ्गिदै बिचैमा रोकिने क्रिया; विवादलाई स्थगित गर्ने क्रिया।
81527 विवादान्त वि. १. चलिरहेको विवादको अन्त हुने वा भएको; विवाद टुङ्गिने।
81528 विवादान्त वि. २. सभा आदिमा उठेको विवाद समाप्त गर्नलाई प्रस्तुत भएको वा सभामा चलेको कुराका विषयमा भएको विवाद सकिएपछि निर्णयार्थ पेस गरिएको (प्रस्ताव )।
81529 विवादास्पद वि. विवादग्रस्त।
81530 विवादी ना. १. विवाद वा झगडा गर्ने; विवादप्रेमी।
81531 विवादी ना. २. सङ्गीतमा रागलाई विकृत पार्ने स्वर।
81532 विवादी ना. ३. दुई स्वरका बिचमा दुई श्रुति वा अर्ध स्वरको अन्तर हुने क्रिया।
81533 विवाह ना. स्त्री र पुरुषका बिचमा पतिपत्नीको सम्बन्ध कायम गराउने धार्मिक, सामाजिक कृत्य; बिहे।
81534 विवाहदर्ता ना. १. कानुनअनुसार विवाहको उमेर पुगेका स्त्रीपुरुषले परम्परागत रूपमा धार्मिक वा सामाजिक विधिअनुसार विवाह नगरीकन पतिपत्नीका रूपमा रहन चाहेमा प्रमुख जिल्ला अधिकारीको कार्यालयमा गई दर्ता गराउने कानुनी विवाहको विधि।
81535 विवाहदर्ता ना. २. विवाह भएका जोडीले गाउँ विकास समिति वा नगरपालिकामा गई विवाह प्रमाणित गर्ने काम; गाउँ विकास समिति वा नगरपालिकाले विवाहको अभिलेख राख्ने काम।
81536 विवाह डालो ना. पश्चिम नेपालमा चलेको चलनअनुसार विवाहको दिन किटान गर्न पठाइने कोसेली।
81537 विवाह पञ्चमी ना. मङ्सिर महिनाको शुक्लपक्षमा पर्ने रामचन्द्रको सीताका साथ विवाह भएको भनेर मानिएको पञ्चमी। (यस दिन जनकपुरधाममा उत्सव मनाइन्छ र ठुलो मेला पनि लाग्छ)।
81538 विवाह विच्छेद ना. दम्पतीमध्ये पति वा पत्नीले वा दुवैले परस्पर पतिपत्नीका रूपमा रहन नचाहेमा सामूहिक वा कानुनी विधिअनुसार गरिने सम्बन्धभङ्ग; पारपाचुके।
81539 विवाहित वि. धार्मिक, सामाजिक वा कानुनी विधिअनुसार विवाहबन्धनमा बाँधिएको; विवाह भएको।
81540 विवाहिता वि. बिहे गरिएकी; विवाह भएकी (स्त्री)।
81541 विविध वि. अनेक प्रकारको; भाँतिभाँतिको; विभिन्न किसिमको; थरीथरीको।
81542 विविध आय ना. वर्गीकरण नगरिएको कलमबाट आम्दानी भएको रकम।
81543 विविध खर्च ना. वर्गीकरण नगरिएको कलमबाट खर्च भएको रकम।
81544 विविधता ना. विविध हुनाको भाव वा अवस्था; विभिन्नता; अनेकता।
81545 विविधीकरण ना. १. विविध वा अनेक किसिमको बनाउने क्रिया।
81546 विविधीकरण ना. २. विविध वा अनेक रूपमा छुट्ट्याउने क्रिया।
81547 विवृत वि. १. वर्णको उच्चारणमा जिब्रो तालुभन्दा तल झरी मुखविवर बढी खुला हुने (प्रयत्न); खुलेको।
81548 विवृत वि. २. त्यसरी उच्चारण हुने अवस्था वा वर्ण (देवनागरी वर्णमालामा 'आ' स्वर )।
81549 विवृति ना. १. अस्पष्ट भएको कुनै सूत्र आदिलाई स्पष्ट गराउन लेखिएको टीका, भाष्य आदि।
81550 विवृति ना. २. विवरण।