Dictionary

All Word

81601 विशिष्टता वि. विशिष्ट हुनाको भाव वा स्थिति; वैशिष्ट्य।
81602 विशिष्ट प्राध्यापक ना. प्राध्यापकहरूमध्ये विशिष्ट योग्यता वा प्रतिभा भएका प्राध्यापकहरूलाई दिइने दर्जा र सो अनुरूपको सुविधा।
81603 विशिष्ट लेखा परीक्षण ना. विशेष कारणवश नियमित लेखापरीक्षणको अतिरिक्त गरिने लेखापरीक्षण।
81604 विशिष्ट श्रेणी ना. निजामती सेवाअन्तर्गत श्री ५ को सरकारको सहसचिव वा सो सरहको पदभन्दा माथिल्लो पद वा श्रेणी।
81605 विशिष्टाधिकार ना. १. कुनै देशका राजा, राष्ट्रपति वा प्रधान शासकमा निहित विशेष किसिमको अधिकार; परमाधिकार।
81606 विशिष्टाधिकार ना. २. कसैको पद, स्थिति आदिबाट उत्पन्न हुने विशेष अधिकार।
81607 विशिष्टीकरण ना. कुनै काम वा कुरालाई विशिष्ट रूप दिने भाव, गुण, अवस्था, क्रिया वा प्रक्रिया।
81608 विशिष्टीकरण तालिका ना. कुनै विषय वा कुरालाई विशिष्ट रूपमा देखाउन तयार गरिएको सूची वा फेहरिस्त।
81609 विशीर्ण वि. १. पुरानो भएर वा अन्य कारणले थोत्रिएर टुटे-फुटेको; जीर्णशीर्ण; थोत्रोमोत्रो।
81610 विशीर्ण वि. २. खसेको वा झरेको।
81611 विशीर्ण वि. ३. सुकेको; झुर्रिएको।
81612 विशीर्ण वि. ४. ओइलाएको।
81613 विशुद्ध वि. १. विशेष किसिमले शुद्ध गरिएको; धेरै शुद्ध; अति चोखो।
81614 विशुद्ध वि. २. अरू वस्तु वा कुरा नमिसिएको।
81615 विशुद्ध वि. ३. छलकपट नभएको; पाप नभएको; निष्पाप।
81616 विशुद्ध वि. ४. कुनै कलङ्क वा दाग नभएको; निष्कलङ्क। ना.
81617 विशुद्ध वि. ५. हठयोगमा प्रयुक्त हुने षट्चक्रमध्ये पाँचौँ।
81618 विशुद्धता ना. विशुद्ध हुनाको भाव, गुण वा अवस्था; शुद्धता; पवित्रता।
81619 विशुद्धि ना. १. विशुद्धता।
81620 विशुद्धि ना. २. दोष, शङ्का आदि हटाउने भाव वा क्रिया।
81621 विशुद्धिवाद ना. दूषित प्रभावबाट जोगिएर विशुद्ध रहनुपर्छ भन्ने एक सिद्धान्त।
81622 विशृङ्खल वि. १. शृङ्खलाबद्ध रूपमा नरहेको; सिलसिला नमिलेको; छरिएको; अस्तव्यस्त।
81623 विशृङ्खल वि. २. कसैको अनुशासनमा नरहेको; मर्यादामा नरहेको; उच्छृङ्खल।
81624 विशृङ्खलता ना. विशृङ्खल हुनाको भाव वा अवस्था; छरपुस्ट्याइँ।
81625 विशेष वि. १. गुण, धर्म, परिमाण आदिमा अरूभन्दा बढ्ता; अरूभन्दा विशिष्ट किसिमको; असाधारण।
81626 विशेष वि. २. विलक्षण।
81627 विशेष वि. ३. अधिक। ना.
81628 विशेष वि. ४. विशिष्टता।
81629 विशेष वि. ५. न्यायशास्त्रअनुसार द्रव्य, गुण, कर्म, सामान्य, विशेष, समवाय, अभाव आदि सात पदार्थमध्ये एक।
81630 विशेष वि. ६. विशेष गुणद्वारा वस्तुको परिचय गराइँदा हुने एक अर्थालङ्कार।
81631 विशेष वि. ७. कुनै खास परिस्थिति वा समयमा कार्यान्वित हुने वा चल्नेचलाइने (जस्तो- विशेष उत्पादन, विशेष काम, विशेष डाँक, विशेष छुट, विशेष प्रस्ताव इ.)।
81632 विशेष अख्तियार ना. कुनै विशेष समय, परिस्थिति वा काममा प्रयोग गर्न सकिने गरी प्राप्त भएको अधिकार।
81633 विशेष अदालत ना. विशेष कारण र परिस्थिति आदिबाट उत्पन्न भएका कारवाई वा मुद्दामामिलाको छानबिन गरी निर्णय गर्न गठित अदालत।
81634 विशेषक ना. १. एकै क्रियापदका साथ अन्वय गरिने तीन श्लोकको समुदाय।
81635 विशेषक ना. २. कुनै वस्तुहरूबाट अलग्याउने विशेष चिह्न।
81636 विशेषक ना. ३. तिलक।
81637 विशेषक ना. ४. विशेषण।
81638 विशेषक ना. ५. सामान्य भई नछुट्टिएको कुरा कारणवश छुट्टिएको हुँदा पर्ने एक अलङ्कार।
81639 विशेष कानुन ना. सामान्यतया प्रचलित ऐन, कानुन, नियममा व्यवस्था नगरिएको तर कुनै खास समय, परिस्थिति वा विषयमा लागु हुने कानुन।
81640 विशेष कोष ना. विशेष काम वा उद्देश्यका निम्ति छुट्ट्याइएको वा छुट्ट्याइने कोष।
81641 विशेष ग्राह्यता ना. कुनै कामकुरा वा सेवा आदिमा अरूलाई भन्दा योग्य, अनुभवी आदि कसैलाई पहिलो स्थान दिने काम वा क्रिया; प्राथमिकता।
81642 विशेषज्ञ वि. कुनै विषय विशेष रूपले जान्ने वा त्यस विषयमा सामान्यतः अरूको भन्दा बढी ज्ञान भएको; कुनै काममा बढी जानकारी प्राप्त गरेको; कुनै काम-कुरामा विशेषज्ञता भएको।
81643 विशेषज्ञता ना. विशेषज्ञ हुनाको भाव, गुण वा अवस्था।
81644 विशेषण वि १. सङ्ख्या, परिमाण, गुण, धर्म आदिद्वारा कुनै वस्तुको विशेषता बुझाउने वा जाहेर गर्ने (शब्द)। ना.
81645 विशेषण वि २. व्याकरणमा नाम वा सर्वनाम शब्दको गुण, धर्म, परिमाण, सङ्ख्या आदि जाहेर गर्ने शब्द; नाम, सर्वनामको विशेषता जाहेर गर्ने शब्द।
81646 विशेषत: क्रि.वि. विशेष गरेर; खासगरी।
81647 विशेषता ना. विशेष हुनाको भाव वा अवस्था; असाधारणता; असामान्यता; विलक्षणता।
81648 विशेष प्रहरी ना. १. कुनै सङ्घ, संस्था, कार्यालय आदिमा कानुनको रीत पुर्‍याई वा नपुर्‍याई भ्रष्टाचार, रकमकलमको हिनामिना गरेमा वा गरेको लागेमा आवश्यक कारबाई गर्ने विशेष अधिकार भएको प्रहरी वा सोसम्बन्धी अड्डा।
81649 विशेष प्रहरी ना. २. कुनै स्थानमा भएको गडबडी, अशान्ति आदिलाई नियन्त्रण गर्न नियमित रूपमा रहेका स्थानीय प्रहरीहरूबाट नपुग्ने भएमा विशेष रूपमा थप्न राखिएको प्रहरी।
81650 विशेष पुलिस ना. विशेष प्रहरी।