Dictionary

All Word

81751 विश्वात्मा ना. ३. सूर्य।
81752 विश्वामित्र ना. क्षत्रियवंशमा उत्पन्न भएका, ब्रह्मर्षिका निम्ति ठुलो तपस्या गरी आखिरमा वशिष्ठद्वारा मान्यता पाएपछि मात्र ब्रह्मर्षि भएका एक महर्षि; एक गोत्रप्रर्वतक ऋषि; सप्तर्षिमध्ये एक; कौशिक।
81753 विश्वास ना. १. कुनै काम, कुरो, व्यक्ति, मत, नीति आदिप्रति हुने सत्यताको धारणा; दृढ आस्था; पत्यार।
81754 विश्वास ना. २. आस्था; श्रद्धा।
81755 विश्वास ना. ३. भरोसा; आड।
81756 विश्वासघात ना. कसैले आफूप्रति गरेको विश्वासको हत्या; कसैको आफूप्रति भएको आस्थाको विपरीत आचरण।
81757 विश्वासघातक / घाती वि. आफूप्रति गरिएको विश्वासभङ्ग गर्ने; बोलकबोल वा वचनबद्धताको विरुद्ध चल्ने; धोका दिने; धोकेबाज।
81758 विश्वासपात्र ना. पहिलेदेखि नै पत्याइएको या पत्याउन हुने भरपर्दो व्यक्ति; विश्वासलाग्दो वा विश्वासिलो व्यक्ति।
81759 विश्वासप्रद वि. विश्वास दिलाउने; विश्वास उब्जाउने; भरपर्दो।
81760 विश्वास प्रस्ताव ना. प्रतिनिधिसभाका अध्यक्ष, मन्त्रिमण्डल वा अरू कुनै संस्थाका अध्यक्ष, पदाधिकारी आदिमा त्यस संस्थाका सदस्यहरूको विश्वास प्रकट गर्नलाई पेस गरिने प्रस्ताव।
81761 विश्वासभाजन ना. विश्वासपात्र।
81762 विश्वासिलो वि . पत्यारिलो; भरपर्दो; विश्वासलाग्दो; विश्वासपात्र; विश्वासी।
81763 विश्वासी वि. विश्वासिलो।
81764 विश्वेश्वर ना. १. ईश्वर।
81765 विश्वेश्वर ना. २. विश्वनाथ।
81766 विष ना. १. खाएमा वा कुनै किसिमले थोरै मात्रा पनि शरीरभित्र गएमा डरलाग्दो रोग वा विकार पैदा गराउने र अन्तमा ज्यानसमेत लिन सक्ने वा लिने घातक वस्तु; बिख; जहर।
81767 विष ना. २. पानी।
81768 विष ना. ३. कमलनालको गुदी।
81769 विष ना. ४. स्वास्थ्य वा सुखशान्तिलाई हानिनोक्सानी पुऱ्याउने कुरा।
81770 विष ना. ५. वत्सनाभ।
81771 विष ना. ६. हिमालयमा पाइने एकदेखि पाँच मिटर अग्लो, चौडा, तीनखण्डे, हरिया भेट्नु भएका पात हुने, पाँचदेखि बाह्र सेन्टिमिटरसम्म चौडा र छदेखि सात सेन्टिमिटरसम्म लामा पात हुने, नील मञ्जरीका रूपमा फूल फुल्ने, भुवादार फल लाग्ने, आयुर्वेदमा कन्द विषालु मानिएको एक जातको बुटो।
81772 विषकन्या ना. १. सम्भोग गर्ने पुरुषलाई मार्ने आशयले बाल्यावस्थादेखि नै शरीरमा अनेक किसिमले विष प्रवेश गराई विषाक्त बनाइएकी केटी।
81773 विषकन्या ना. २. ज्योतिष-शास्त्रअनुसार विवाह गरेमा वा सम्भोग गरेमा पति वा अन्य कुनै पुरुष मर्ने योगमा जन्मेकी केटी।
81774 विषज्वर ना. एक प्रकारको कडा जरो; औलिया ज्वरो।
81775 विषदन्त ना. सर्पको माथिल्लो च्यापुमा हुने, अरूलाई टोक्ता विष निक्लने खोक्रो दाँत।
81776 विषधर ना. १. सर्प। वि.
81777 विषधर ना. २. विष धारण गर्ने; विष भएको।
81778 विषफेँज ना. गोठाले मुलाका छाँटका पात हुने एक जातको झार।
81779 विषम वि. १. सबै भाग, अंश वा पक्ष समान वा बराबर नभएको; कम्ती वा बेसी भएको; असमान।
81780 विषम वि. २. सम्म नपरेको; समतल नभएको (जमिन आदि)।
81781 विषम वि. ३. दुई अङ्कले भाग नलाग्ने; बिजोर (सङ्ख्या)।
81782 विषम वि. ४. सजिलैसित बुझ्न नसकिने; बुझ्न गाह्रो; दुर्बोध्य।
81783 विषम वि. ५. सम्पन्न गर्न अप्ठ्यारो; पार गर्न मुस्किल; विकट।
81784 विषम वि. ६. दुःख वा डर पैदा गर्ने किसिमको; कष्टकर; भयङ्कर।
81785 विषम वि. ७. एक दिन बिराएर आउने (ज्वरो)।
81786 विषम वि. ८. अधिकतम र न्यूनतम तापक्रममा धेरै अन्तर भएको; ग्रीष्ममा धेरै गर्मी र हिउँदमा धेरै जाडो हुने। ना.
81787 विषम वि. ९. चारै चरणमा समान अक्षर नहुने छन्द। १०. दुई भिन्न विरोधी वस्तुको सम्बन्ध वा यथायोग्यको निरूपण गर्दा पर्ने एक अर्थालङ्कार।
81788 विषमज्वर ना. कहिले चिसो कहिले तातो, कहिले मन्द र कहिले तीब्र भएर अनियमित रूपले आउने ज्वर; कामजरो।
81789 विषमता ना. विषम हुनाको भाव वा अवस्था; वैषम्य।
81790 विषमत्व ना. विषमता।
81791 विषमय वि. विषले युक्त; विषैविषले भरिएको।
81792 विषमवृत्त ना. पाउ वा चरण समान नभई फरक हुने वृत्त वा छन्द; असमान पद भएको छन्द।
81793 विषमित वि. विषमय तुल्याइएको; विषालु पारिएको।
81794 विषमीभवन ना. कुनै शब्द अथवा शब्दांशका समान वर्णहरूमध्ये एउटा असमान हुन पुग्ने भाषावैज्ञानिक प्रक्रिया।
81795 विषय ना. १. ज्ञानेन्द्रियले ग्रहण गरिने पदार्थ (रूप, रस, गन्ध, स्पर्श र शब्द)।
81796 विषय ना. २. पञ्चमहाभूतबाट बनेको वस्तु वा पदार्थ; भौतिक पदार्थ।
81797 विषय ना. ३. जन्मदेखि मृत्युपर्यन्त गरिने लोकसम्बद्ध व्यवहार; सांसारिक व्यवहार।
81798 विषय ना. ४. इन्द्रियहरूका माध्यमबाट प्राप्त हुने आनन्द; इन्द्रियजन्य सुख।
81799 विषय ना. ५. कुनै पनि विचार गरिने कुरो वा वस्तु।
81800 विषय ना. ६. कुनै लेख, ग्रन्थ आदिमा विवेचना गरिएको कुरो वा प्रसङ्ग।