Dictionary

All Word

81901 विस्तीर्ण वि. १. खुब फैलिएको; धेरै फराकिलो।
81902 विस्तीर्ण वि. २. प्रशस्त लमाइ र चौडाइ भएको।
81903 विस्तीर्ण नास ना. ठुलो नाक भएको वानर; नरवानरानुगणको एक भेद।
81904 विस्तृत वि. १. टाढासम्म फिँजिएको; फैलिएको; लम्बेचौडे; विस्तीर्ण।
81905 विस्तृत वि. २. लामो विवरण भएको; व्याख्यासहितको।
81906 विस्तृत वि. ३. साह्रै ठुलो; विशाल।
81907 विस्तृति ना. लम्बाइ, चौडाइ, मोटाइ वा सबै किसिमबाट भएको फैलावट; विस्तार; फैलाउ; फैलोट।
81908 विस्तृतीकरण ना. १. कुनै वस्तु वा कुरालाई विस्तृत बनाउने क्रिया।
81909 विस्तृतीकरण ना. २. कुनै लेख, रचना आदिलाई बढाएर विस्तृत बनाउने काम।
81910 विस्थापन ना. एक ठाउँमा बसेको वा स्थापित भएको वस्तु आदिलाई अन्यत्र सार्ने काम।
81911 विस्थापित वि. आफ्नो देश, निवासस्थान आदिबाट बलैले अन्यत्र हटाइएको; निष्कासित; उद्वासित; निकालाबास।
81912 विस्फारण ना. १. बढाउने, तन्काउने, फैलाउने वा फिँजाउने काम; फैलाइ।
81913 विस्फारण ना. २. खोलाइ; उधाराइ।
81914 विस्फारण ना. ३. च्यात्ने क्रिया।
81915 विस्फारण ना. ४. धनु चढाउने काम।
81916 विस्फारित वि. राम्ररी खोलिएको; फराकिलो पारेर उघारिएको (जस्तो- विस्फारित नेत्र)।
81917 विस्फीति वि. मुद्राको बाहुल्य वा विस्तार घटाएर सन्तुलित स्थितिमा ल्याउने क्रिया; मुद्रास्फीतिलाई पहिलेको स्थितिमा ल्याउने काम।
81918 विस्फोट ना. १. कुनै वस्तु ठुलो आवाजका साथ फुट्ने वा चर्कन क्रिया।
81919 विस्फोट ना. २. ठुलो आवाजका साथ पड्कने क्रिया।
81920 विस्फोट ना. ३. खटिरो।
81921 विस्फोट ना. ४. विफर।
81922 विस्फोटक वि. १. आगो आदिको सम्पर्कमा आउँदा फुट्ने वा पड्कने सम्भावना भएको; विस्फोट हुने खालको (पदार्थ)। ना.
81923 विस्फोटक वि. २. विषालु खटिरो; ननिको खटिरो।
81924 विस्फोटन ना. आवाजका साथ पड्कने वा फुट्ने क्रिया; विष्फोट हुने काम।
81925 विस्मय ना. १. अचम्म; उदेक; आश्चर्य।
81926 विस्मय ना. २. कुनै आश्चर्यजनक वा अनौठो कुरो देख्ता चित्तमा हुने विकार।
81927 विस्मय ना. ३. साहित्यमा प्रचलित नौ रसमध्ये अद्भुत रसको स्थायी भाव।
81928 विस्मयकर वि. आश्चर्यपूर्ण; उदेकलाग्दो; छक्क पार्ने; अनौठो; आश्चर्यजनक।
81929 विस्मयाकुल वि. विस्मयमा परेको; चकित भएको; छक्क परेको।
81930 विस्मयादिबोधक वि. अकस्मात् कुनै कुरा देख्दा, सुन्दा वा मनमा उत्पन्न हुँदा विस्मय, हर्ष, खेद, घृणा आदि व्यक्त गर्ने (शब्द वा चिह्न, जस्तो- अहो! ऐया ! आहा ! आम्मै इ.)।
81931 विस्मरण ना. स्मरण नहुने वा बिर्सने क्रिया; विस्मृति; भुलाइ।
81932 विस्मरणीय वि. स्मरण गर्न नहुने वा स्मरण गर्न अनुचित; बिर्सन लायक; बिर्सन हुने; बिर्सन सकिने।
81933 विस्मित वि. जिल्ल परेको; आश्चर्यमा परेको; छक्क परेको; आश्चर्यचकित।
81934 विस्मृत वि. सम्झना नभएको; बिर्सिएको; भुलेको।
81935 विस्मृतप्रायः वि. झन्डैझन्डै बिर्सेको; लगभग बिर्सेको; बिर्सन लागेको।
81936 विस्मृति ना. विस्मरण; बिर्साइ; भुलाइ।
81937 विस्वाद वि. स्वाद नभएको; बेस्वादको।
81938 विहग / विहङ्ग ना. १. चरो; पक्षी; विहग।
81939 विहग / विहङ्ग ना. २. आकाशमार्गमा उड्ने जीव वा वस्तु।
81940 विहङ्गम ना. १. चरो; पक्षी; विहग।
81941 विहङ्गम ना. २. सूर्य।
81942 विहङ्गम ना. ३. चन्द्रमा।
81943 विहङ्गम दृष्टि / विहङ्गावलोकन ना. आकाशमा उडिरहेको चराले माथिबाट सरसरती हेर्दा तल जमिनको दृश्य देखे झैँ कुनै कामकुराप्रति मोटामोटी र सङ्क्षिप्त रूपले हेरिने क्रिया; सूक्ष्म निरीक्षण, परीक्षण नभएर सरसरती र सामान्य दृष्टि।
81944 विहसन ना. मुसुक्क हाँस्ने काम; मुस्कुराहट।
81945 विहसित वि. मुसुक्क हाँसेको; मुस्कुराएको।
81946 विहार ना. १. आफूखुसी एक्लै वा मित्रजनका साथ घुमफिर गर्ने काम; टहल्ने काम।
81947 विहार ना. २. मनोविनोदका निमित्त गरिने खेलकुद आदि।
81948 विहार ना. ३. बौद्ध भिक्षुहरूको बस्ने मठ।
81949 विहार ना. ४. मन्दिर।
81950 विहारी वि. १. विहार गर्ने; सुखसयल गर्ने; भोगविलास गर्ने।