Dictionary

All Word

81951 विहारी वि. २. विहारमा बस्ने; भारतको विहार राज्यमा बस्ने। ना.
81952 विहारी वि. ३. कृष्णको एक नाम।
81953 विहित वि. १. विधिअनुसार भएको; विधिपूर्वक गरिएको; कृत (जस्तो- शास्त्रविहित )।
81954 विहित वि. २. चित्तबुझ्दो; मनासिब; उचित।
81955 विहित वि. ३. सम्पन्न गरिएको; पूरा भएको।
81956 विहीन वि. १. नभएको; रहित।
81957 विहीन वि. २. नामशब्दका पछाडि जोडिई नभएको भन्ने अर्थ बुझाउने प्रत्ययधर्मी (शब्द, जस्तै- धनविहीन, दयाविहीन आदि)।
81958 विहृत वि. १. निकालिएको वा बाहिर गरिएको; हटाइएको। ना.
81959 विहृत वि. २. नायिकाले नायकसँग व्यक्त गर्नुपर्ने कुरा पनि लाजले गर्दा भन्न नसक्ने स्थिति।
81960 विहृत वि. ३. स्त्रीहरूका दश हाउभाउमध्ये एक।
81961 विहृति ना. १. बलैले निकाल्ने वा हटाउने क्रिया।
81962 विहृति ना. २. आमोदप्रमोद; क्रीडा; विहार।
81963 विह्वल वि. चिन्ता, दुःख, भय, शोक आदिले गर्दा मनमा शान्ति नभएको; मन ठेगानमा नभएको; विकल; व्याकुल; क्षुब्ध।
81964 विह्वलता ना. विह्वल हुनाको भाव वा स्थिति; चित्तको अस्थिरता; व्याकुलता।
81965 विह्वलित वि. विह्वल भएको; व्याकुल तुल्याइएको।
81966 वीक्षण ना. १. राम्ररी ठम्याएर हेर्ने काम।
81967 वीक्षण ना. २. निरीक्षण।
81968 वीक्षण ना. ३. आँखा।
81969 वीक्षणीय वि. नियालेर हेर्न योग्य; दर्शनीय।
81970 वीज ना. १. हे. बीज; बिउ।
81971 वीज ना. २. नाटक, महाकाव्य आदिमा सङ्घर्षमय कथावस्तुको मुख्य फल वा उद्देश्यको प्रधान कारण; अर्थप्रकृतिका पाँच प्रकारमध्ये एक।
81972 वीजक ना. हे. बीजक।
81973 वीटिका ना. १. मुखशुद्धिका लागि खाइने पानको सानो बीडा।
81974 वीटिका ना. २. दाउरा, झँजा, पराल आदिको अँगालाभरिको बिटो।
81975 वीणा ना. प्रायः सातवटा तार र दुइटा तुम्बा हुने र हातले बजाइने प्राचीन किसिमको तारबाजा।
81976 वीणावादिनी ना. सरस्वती।
81977 वीतराग वि. १. सांसारिक मोहमाया आदिको बन्धनबाट मुक्त; सांसारिक विषयसुखमा आसक्ति नभएको; वासनारहित।
81978 वीतराग वि. २. निष्काम।
81979 वीथी ना. १. पङ्क्ति; लहर; हरफ।
81980 वीथी ना. २. पैदल हिँड्ने सानो बाटो; गोरेटो।
81981 वीथी ना. ३. पसल; हाटबजार।
81982 वीथी ना. ४. सूर्य हिँड्ने रेखा; बाटो।
81983 वीथी ना. ५. शृङ्गाररस प्रधान हुने दश रूपकमध्ये एक।
81984 वीप्सा ना. १. आदर, आश्चर्य आदि प्रकट गर्नका निम्ति एउटै शब्द बारबार भन्दा पर्ने एक शब्दालङ्कार।
81985 वीप्सा ना. २. शब्दको द्विरुक्ति।
81986 वीप्सा ना. ३. सातत्य (जस्तो- खितितिति, सननन आदि)।
81987 वीर ना. १. आफूखुसी उत्साह र साहसका साथ कठिन वा भीषण काम गर्ने व्यक्ति; कुनै पनि काममा नडराउने, नआत्तिने व्यक्ति; सुरो, आँटिलो वा बहादुर व्यक्ति।
81988 वीर ना. २. योद्धा।
81989 वीर ना. ३. भाले बँदेल।
81990 वीर ना. ४. वीर रस।
81991 वीर ना. ५. थारूजातिका स्त्रीहरूले कानमा लाउने चाँदीको गहना। वि.
81992 वीर ना. ६. बलवान्; साहसी; पराक्रमी; पुरुषार्थी।
81993 वीरगति ना. १. युद्धक्षेत्रमा हिम्मतका साथ वा वीरतापूर्वक शत्रुसँग लड्दालड्दै मर्ने वीरहरूले प्राप्त गर्ने उत्तम गति।
81994 वीरगति ना. २. योगसाधनामा संलग्न समाधिस्थ योगीहरूले मृत्युपछि प्राप्त गर्ने परमधाम।
81995 वीरगन्ज ना. नेपालको नारायणी अञ्चलअन्तर्गत पर्सा जिल्लामा रहेको एक प्रसिद्ध सहर तथा व्यापारिक क्षेत्र; पर्सा जिल्लाको सदर मुकाम।
81996 वीरगाथा ना. वीरका बहादुरीको वर्णन गरिएको काव्य; वीर वा वीरताको वर्णन; वीरस्तुति।
81997 वीरता ना. १. वीर हुनाको भाव, अवस्था वा विशेषता; वीरहरूले देखाउने बहादुरी वा पराक्रम।
81998 वीरता ना. २. वीरहरूले वीरता देखाएबापत मालपोत तिर्नु नपर्ने गरी सरकारबाट पाएको जग्गा; बिर्ता।
81999 वीरत्व ना. वीरता; सुर्‍याइँ।
82000 वीरपट्ट रणक्षेत्रमा वीरतासाथ लड्ने नेपाली सेनालाई प्रदान गर्ने उद्देश्यले २०२० सालमा स्थापित एक पदक।