Dictionary

All Word

81801 विषय ना. ७. सम्पत्ति।
81802 विषय ना. ८. सीमा।
81803 विषय ना. ५. उद्देश्य । ना. यो. १०. बारे।
81804 विषयक वि. विषयसम्बन्धी; विषयको।
81805 विषयगत वि. कुनै विषयसँग सम्बन्धित भएको; विषय मुख्य भएको; विषयप्रधान; विषयमूलक।
81806 विषयपति ना. लिच्छविकालमा जिल्लाको ठुलो हाकिमको पद वा दर्जा; लिच्छविकालीन जिल्लाको ठुलो अधिकारी।
81807 विषयप्रवेश ना. १. कुनै ग्रन्थको विषयवस्तुसँग सामान्य चिनारी गराउने उद्देश्यले त्यस ग्रन्थको सुरुमा दिइएको कथन वा भूमिका।
81808 विषयप्रवेश ना. २. कुनै विषयमा भर्खरै प्रवेश गर्ने क्रिया; कुनै विषयको प्रारम्भ।
81809 विषयमूलक वि. विषयको प्रमुखता भएको; मूल रूपमा विषयसँग सम्बन्धित।
81810 विषयवस्तु कुनै ग्रन्थ, लेख आदिमा प्रतिपादन वा विवेचना गरिने वा गरिएको विषय वा कुरो।
81811 विषयसुख ना. १. सांसारिक विषयवस्तुको भोगबाट प्राप्त हुने सुख; सांसारिक पदार्थबाट पाइने सुख; इन्द्रियहरूद्वारा प्राप्त हुने सुख; सांसारिक सुख।
81812 विषयसुख ना. २. स्त्रीसम्भोगबाट प्राप्त हुने सुख।
81813 विषयसूची ना. कुनै ग्रन्थमा परेका विषयहरूको क्रमबद्ध सूची; विषयानुक्रमणिका; विषयतालिका; अनुक्रमणिका।
81814 विषयात्मक वि. कुनै विषयसित सम्बद्ध भएको; विषयको प्रतिपादन नै 'मुख्य उद्देश्य भएको; विषयप्रधान।
81815 विषयानुक्रमणिका ना. विषयसूची।
81816 विषयान्तर ना. चलिरहेको कुराकानी वा प्रसङ्गलाई छाडी लिइएको अर्को विषय; क्रम, सिलसिला वा सन्दर्भभन्दा बाहिरको विषय।
81817 विषयासक्त वि. सांसारिक विषयसुखमा ज्यादै आसक्त भएको; विषयवासनामा आसक्ति भएको; विषयी; लम्पट; विलासी।
81818 विषयासक्ति ना. सांसारिक विषयसुखप्रतिको लिप्सा; विषयवासनामा अत्यधिक अनुरक्ति; भोगविलासमा तल्लीन; विषयमा लागु हुने प्रवृत्ति।
81819 विषयी वि. विषयासक्त।
81820 विषयुक्त वि. विष मिसिएको; बिख भएको।
81821 विषविज्ञान ना. विषसम्बन्धी कुराको प्रतिपादन वा विवेचना भएको विज्ञान; विषसम्बन्धी विशेष जानकारी दिने शास्त्र।
81822 विषवृक्ष ना. विषदार वृक्ष; बिखालु रुख।
81823 विषवैद्य ना. सर्प, बिच्छी आदि बिखालु प्राणीले टोक्ता शरीरमा फैलिने विष झार्ने व्यक्ति; झारफुक गरेर विष झार्ने वैद्य।
81824 विषाक्त वि. १. विषले भरिएको; बिखैबिख भएको; विष मिसिएको; विषमय।
81825 विषाक्त वि. २. शरीरलाई हानिनोक्सानी गर्ने; स्वास्थ्य बिगार्ने; अस्वास्थ्यकर।
81826 विषाणु ना. विषालु वा सङ्क्रामक रोग सार्ने सूक्ष्म जीवाणु।
81827 विषाद ना. सोचेको, चाहेको वा आशा गरेको कुरो नहुँदा, नपुग्दा हुने दुःख, खिन्नता; नैराश्य; दिक्दारी; बिस्मात।
81828 विषादित वि. विषादमा परेको; उदासिलो; दिक्कलाग्दो; खिन्न।
81829 विषादी वि. १. उदासीन; खिन्न।
81830 विषादी वि. २. विष खाने।
81831 विषादी वि. ३. विषयुक्त।
81832 विषालु वि. विष मिसिएको; विष भएको; विषयुक्त।
81833 विषुव ना. १. सूर्य विषुवत्रेखामा बस्दाको समय; दिनरात बरोबर हुने समय।
81834 विषुव ना. २. २२ मार्च र २२ सेप्टेम्बरका दिन पर्ने त्यस्तो योग।
81835 विषुवत् वि. भूगोलको बिचमा रहेको; माझको; मध्यस्थित।
81836 विषुवत् रेखा ना. पृथ्वीका बाहिरीतहको माझमा उत्तरी र दक्षिणी ध्रुवको समानान्तर पूर्वबाट पश्चिमपट्टि गएको भनी कल्पना गरिएको रेखा; विषुवत् रेखा।
81837 विषुवत् सङ्क्रान्ति वैशाख र कार्तिक महिनाको सङ्क्रान्ति।
81838 विषोपचार ना. सर्प, बिच्छी आदि बिखालु प्राणीले टोकी वा अन्य कुनै किसिमले शरीरमा विष फैलिन गएमा विष नै प्रयोग गरेर गरिने उपचार; प्रतिविषोपचार।
81839 विषोत्पादक वि. विष पैदा गर्ने; विष उत्पादन गर्ने; विष उब्जाउने।
81840 विष्कु ना. वास्तु वा मूर्तिमा प्रयोग हुने एक अङ्गुलको बिस गुना बराबरको नाप; बिस अमल; बिस अङ्गुल।
81841 विष्कम्भ / विष्कम्भक ना. १. ज्योतिषका सत्ताइस योगमध्ये एक।
81842 विष्कम्भ / विष्कम्भक ना. २. अघिपछिका कथालाई मध्यम पात्रद्वारा सूचित गरिने, गर्भाङ्कका निकट रहने, नाटकको एक अङ्क।
81843 विष्कम्भ / विष्कम्भक ना. ३. बाधा; रोकावट।
81844 विष्कम्भ / विष्कम्भक ना. ३. बिरेआग्लो; तगारो।
81845 विष्ट वि. १. घुसेको; छिरेको; पसेको । ना.
81846 विष्ट वि. २. दमाईँ - कामीलाई सालबाली बाली दिएर लुगा सिउने, खेतीकिसानीको लजो बनाउने जाति।
81847 विष्ट वि. ३. नेपालीको एक थर।
81848 विष्ठा ना. गुहु; दिसा।
81849 विष्ठानुराग ना. अघोरी मत वा विचारअनुसार दिसा वा विष्ठाप्रतिको अनुराग; दिसा खाने इच्छा।
81850 विष्ठाहारी वि. दिसाको आहार गर्ने; विष्ठा खाएर बाँच्ने।