Dictionary

All Word

81651 विशेष बिदा ना. सरकारी वा अर्धसरकारी संस्था, कार्यालय आदिका कर्मचारीलाई विशेष परिस्थितिमा पूरा तलबी, आधा तलबी र बेतलबी रूपमा दिइने बिदा।
81652 विशेष मौद्रिक अधिकार ना. राष्ट्रब्याङ्कमा वा कुनै शासनाधिकारीमा निहित मुद्रासम्बन्धी विशेष प्रकारको अधिकार।
81653 विशेष योग्यता ना. १. कुनै पदका लागि आवश्यक भनेर निर्धारित योग्यताभन्दा बढी योग्यता।
81654 विशेष योग्यता ना. २. कुनै परीक्षामा निर्धारित विषयमध्ये कुनै, केही वा सबै पत्रमा पचहत्तर प्रतिशतभन्दा बढी अङ्क प्राप्त गर्दा देखिने योग्यता; विशेष किसिमको दक्षता।
81655 विशेष सभा ना. विशेष समय, परिस्थितिमा वा विशेष कामका लागि बसेको सभा; विशेष प्रकारको समिति।
81656 विशेष सापटी ना. विशेष समय, परिस्थितिमा वा विशेष कामका लागि लिइने वा दिइने सापटी।
81657 विशेषाङ्क ना. कुनै पत्रिकाको कुनै विशेष समय वा पर्वमा निक्लने अङ्क; नियमित अङ्कभन्दा अतिरिक्त निक्लेको विशेष किसिमको अङ्क।
81658 विशेषाधिकार ना. कुनै व्यक्ति, संस्था, सङ्गठन आदिमा निहित विशेष किसिमको अधिकार; खास समय, परिस्थिति वा काममा प्रयोग गरिने विशेष किसिमको अधिकार।
81659 विशेषोक्ति ना. साहित्यमा कारण हुँदाहुँदै पनि कार्यको उत्पत्ति नभएको देखाउँदा हुने एक अर्थालङ्कार।
81660 विशेष्य ना. १. व्याकरणमा विशेषणद्वारा वर्णन गरिने वा विशेषता बताइने वस्तु वा पदार्थ; विशेषण लागेको नामशब्द; विशेषणयुक्त शब्द । वि.
81661 विशेष्य ना. २. गुण, क्रिया, परिमाण आदिद्वारा छुट्ट्याउन सकिने; भिन्न देखाउन योग्य।
81662 विशेष्य ना. ३. मुख्य; प्रधान।
81663 विशोक वि. चिन्ता गर्नुपर्ने कुनै कुरा नभएको; शोक नभएको; शोकरहित; अशोक।
81664 विशोधन ना. १. कुनै पदार्थमा भएको वा मिसिएको फोहोरमैला वा अशुद्ध पदार्थलाई फ्याँकी वा अलग गरी राम्ररी शुद्ध गर्ने क्रिया; संशोधन।
81665 विशोधन ना. २. प्रायश्चित्त।
81666 विशोधनीय वि. विशोधन गर्न योग्य वा उचित; विशोधन हुन सक्ने।
81667 विशोधित वि. कुनै वस्तुमा भएको फोहोर, मैला वा अशुद्ध पदार्थलाई फ्याँकी वा अलग गरी राम्ररी शुद्ध पारिएको; विशेष किसिमबाट संशोधन गरिएको।
81668 विशोध्य वि . विशुद्ध वा पवित्र पार्नयोग्य।
81669 विश्रान्त वि. १. विश्राम गर्ने; बिसाइ मार्ने।
81670 विश्रान्त वि. २. विश्रान्तिमा पुगेको; अडेको।
81671 विश्रान्त वि. ३. थाकेको; क्लान्त।
81672 विश्रान्ति ना. १. थालेको काम सकेर वा नसक्दै थकाइ मार्ने वा सुस्ताउने क्रिया।
81673 विश्रान्ति ना. २. रोग आदिबाट भएको कमजोरीलाई मेटाउन र स्वास्थ्यलाभ गर्न आराम लिने क्रिया।
81674 विश्रान्ति ना. ३. नोकरी आदिबाट अवकाश पाइसकेपछि बुढेसकालमा आराम लिने काम।
81675 विश्रान्ति काल ना. १. काम गर्दागर्दै बिचको समयमा थकाइ मार्न निश्चित गरिएको समय; अल्पावकाश।
81676 विश्रान्ति काल ना. २. नोकरी आदि पेसाबाट अवकाश लिएपछि आराम लिने समय; अवकाशकाल।
81677 विश्रान्ति धाम ना. १. थकाइ, दुःख, पिर, आदिबाट विश्राम लिने घर; विश्राम लिने ठाउँ।
81678 विश्रान्ति धाम ना. २. सांसारिक दुःख, प्रपञ्चबाट विश्राम लिने ठाउँ; मृत्यु वा ईश्वर।
81679 विश्राम ना. काम गर्दाको थकाइ मेट्न वा परिश्रमबाट थरक मार्न सुस्ताउने काम; विश्रान्ति; बिसाइ।
81680 विश्राम कक्ष / गृह ना. कुनै यात्रामा जाँदा रेल, हवाईजहाज आदि सवारीसाधन वा यान नआउन्जेल यात्रीहरूको विश्रामका लागि बनाइएको कोठो; प्रतीक्षालय।
81681 विश्राम भवन ना. सरकारी वा निजी कुनै कामकाजमा जाने वा घुम्न जाने सरकारी कर्मचारी वा अन्य व्यक्तिको भोजन, विश्राम आदिका निमित्त बनाइएको कच्ची वा पक्की भवन।
81682 विश्राम स्थान ना. विश्राम गर्ने ठाउँ; बिसाइ-थलो।
81683 विश्रामालय ना. कुनै यात्रामा वा वनभोज आदिमा जाँदा खानेपिउने र विश्राम लिने ठाउँ।
81684 विश्रुत वि. १. कुनै किसिमको गुण, योग्यता वा विशेषताले गर्दा जतासुकै प्रसिद्ध भएको; प्रख्यात; विख्यात।
81685 विश्रुत वि. २. पढेलेखेको; जानेसुनेको।
81686 विश्रुति ना. विश्रुत हुनाको भाव वा अवस्था; ख्याति; प्रसिद्धि।
81687 विश्लिष्ट वि. १. विश्लेषण भएको वा छुट्टिएको।
81688 विश्लिष्ट वि. २. फुलेको; विकसित।
81689 विश्लेषक वि. विश्लेषण गर्ने; विश्लेषणका प्रक्रियाअनुसार कुनै विषय वा कुरालाई छुट्ट्याउने।
81690 विश्लेषण ना. १. संश्लिष्ट भएको वा एउटैमा मिलेर रहेको कुरालाई अलगअलग छुट्ट्याउने काम वा प्रक्रिया।
81691 विश्लेषण ना. २. कुनै वाक्यरचना आदि केकस्तो छ र त्यसमा केकस्ता तत्त्व छन् आदि कुरालाई केलाउने प्रक्रिया।
81692 विश्लेषणात्मक वि. विश्लेषणको प्रमुखता भएको; विश्लेषणमा आधारित; विश्लेषण-प्रधान; विश्लेषणमूलक।
81693 विश्लेषित वि. विश्लेषण भएको; विश्लेषण गरिएको।
81694 विश्लेष्य वि. विश्लेषण हुनाका निम्ति योग्य वा आवश्यक।
81695 विश्व ना. १. सम्पूर्ण सृष्टि; ब्रह्माण्ड।
81696 विश्व ना. २. संसार; जगत्।
81697 विश्व ना. ३. खास किसिमका दश देवताको एक गण (वसु, सत्य, क्रतु, दक्ष,काल, काम, भृति, कुरु, पुरुरवा र माद्रवा )।
81698 विश्वकर्मा ना. १. शिल्पशास्त्र वा हस्तकलाका आविष्कर्ता मानिएका पुराणप्रसिद्ध एक देवता; देवशिल्पी।
81699 विश्वकर्मा ना. २. कारिगरी काम गर्ने व्यक्ति; कारिगर; कर्मी।
81700 विश्वकर्मा ना. ३. फलामका भाँडाकुँडा वा हतियार बनाउने एक जाति; कामी।