Dictionary

All Word

81701 विश्वकल्याण ना. संसारको भलो हुने काम; लोकहित।
81702 विश्वकोश ना. विश्वमा घटेका वा भएका प्रमुख घटना, वस्तु वा व्यक्तिहरूको क्रमबद्ध रूपमा सविस्तार वर्णन गरिएको ग्रन्थ; विश्वका सम्पूर्ण प्रमुख तथा ज्ञातव्य कुराहरूलाई प्रकाश पार्ने परिचयात्मक विशेष कोश।
81703 विश्व खाद्य कार्यक्रम ना. विश्वका कुनै पनि देशमा भएको वा हुने खाद्यान्नको अभाव मेट्न वा हटाउन र खाद्यान्नसम्बन्धी अन्य आवश्यक व्यवस्था गर्न सञ्चालित कार्यक्रम।
81704 विश्व खाद्य तथा कृषि सङ्गठन ना. विश्वको खाद्य वस्तु तथा कृषिसम्बन्धी कुराको हेरविचार तथा अन्य आवश्यक व्यवस्था गर्न संयुक्त राष्ट्रसंघअन्तर्गत बनेको सङ्गठन।
81705 विश्व खाद्य परिषद् ना. विश्वको खाद्यव्यवस्थासम्बन्धी कुराको हेरविचार गर्न र खाद्यान्नको अभाव भएका देशका तत्सम्बन्धी आवश्यक व्यवस्था गर्न संयुक्त राष्ट्रसंघअन्तर्गत गठित समिति वा परिषद्।
81706 विश्वजनीन वि. विश्वभरि फैलिएको; सर्वत्र उत्पन्न हुने।
81707 विश्व जलवायु विज्ञान ना. विश्वको जल-वायुसम्बन्धी कुराको जानकारी दिने विज्ञान वा तत्सम्बन्धी यान्त्रिक प्रक्रिया।
81708 विश्व डाक ना. अन्तर्राष्ट्रिय हुलाक; विश्वहुलाक।
81709 विश्व नागरिक ना. विश्वको नै हित गर्ने वा कल्याण गर्ने विशेष गुण वा योग्यताका आधारमा विश्वका सबै देशले आफ्नो देशको नागरिक मानेको वा सम्मान गरेको व्यक्ति।
81710 विश्व नागरिकवाद ना. सारा संसारको एउटै नागरिकतामा विश्वास गर्ने सिद्धान्त; अन्तर्राष्ट्रिय नागरिकताको सिद्धान्त।
81711 विश्वनाथ ना. १. संसारका स्वामी।
81712 विश्वनाथ ना. २. शिव; महादेव।
81713 विश्वनाथ ना. ३. काशीमा रहेको एक प्रसिद्ध शिवलिङ्ग।
81714 विश्वपाणि ना. अमोघसिद्धि तथा ताराका पुत्र एक ध्यानी बोधिसत्त्व; पञ्चबोधिसत्त्वमध्ये एक।
81715 विश्वबन्धुत्व ना. सारा विश्वलाई नै दाजुभाइ, कुलकुटुम्ब सम्झने भावना वा अवस्था; विश्वलाई नै बन्धुबान्धव मान्ने एक दर्शन।
81716 विश्व बालकोष ना. विश्वका बालकहरूको आहारविहारसम्बन्धी कुरामा ध्यान पुर्‍याएर उनीहरूलाई शारीरिक तथा मानसिक विकासको अवसर प्रदान गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घअन्तर्गत गठित एक कोष; विश्वका बालकहरूको कल्याणका निम्ति स्थापित भएको कोष।
81717 विश्व बैङ्क ना. विश्वका गरिब देशलाई आवश्यक आर्थिक सहायता प्रदान गर्ने र विश्वको सन्तुलित आर्थिक विकास गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घअन्तर्गत स्थापित ब्याङ्क; विश्वको साझा ब्याङ्क।
81718 विश्व भोक मुक्ति अभियान ना. विश्वमा हुने खाद्यान्नको अभाव रोक्न वा विश्वका जनतालाई भोकबाट मुक्ति दिलाउने उद्देश्यले चलाइएको अभियान।
81719 विश्व मञ्च ना. विश्वका यावत् कुराहरू हुने, घट्ने वा विश्वका आर्थिक, राजनीतिक आदि विभिन्न प्रकारका खेलहरू सञ्चालित हुने मञ्च; विश्वरङ्गमञ्च।
81720 विश्व महासङ्घ ना. संयुक्त राष्ट्रसङ्घ।
81721 विश्वम्भर वि. १. विश्वको भरणपोषण गर्ने। ना.
81722 विश्वम्भर वि. २. ईश्वर; विष्णु।
81723 विश्वम्भर वि. ३. विश्वभर्ता।
81724 विश्वम्भरा ना. १. विश्वको भरणपोषण गर्ने देवी; भगवती।
81725 विश्वम्भरा ना. २. पृथ्वी।
81726 विश्वराजनीति ना. विश्वका कुनै देशको वा विश्वका विभिन्न देशका बिचको, विश्वलाई प्रभावित गर्ने खालको राजनीति; विश्वको राजनीति।
81727 विश्वरूप ना. १. विश्वका विभिन्न प्राणीहरूको शिर, धेरै हातगोडा भएको र सबै किसिमका प्राणीका रूपमा एकत्र देखा परेको, गीतामा वर्णित भगवान् कृष्णको विशाल रूप।
81728 विश्वरूप ना. २. विश्वका रूपमा देखा परेको ईश्वर।
81729 विश्वरूप ना. ३. विश्वको स्थिति वा रूप।
81730 विश्वरूपी वि. १. विश्वरूपसम्बन्धी।
81731 विश्वरूपी वि. २. विभिन्न रूपमा प्रकट हुने।
81732 विश्वविजयी वि. संसारभरिको विजेता।
81733 विश्वविख्यात वि. विश्वभरि नाम फैलिएको, विश्वप्रसिद्ध; लोकविश्रुत।
81734 विश्वविद्यालय ना. विश्वका विभिन्न विषय वा विभिन्न किसिमका शास्त्रहरूको उच्चकोटिको शिक्षा प्रदान गर्ने, सम्बन्धित विषयमा विद्यार्थीहरूको परीक्षा लिने र उत्तीर्ण विद्यार्थीहरूलाई तदनुसार उपाधि प्रदान गर्ने शिक्षाको सर्वोच्च संस्थान।
81735 विश्वविद्यालय सभा ना. विश्वविद्यालयको आर्थिक, शैक्षिक आदि महत्त्वपूर्ण कुराको निर्णय गर्ने र विश्वविद्यालयसँग सम्बन्धित अन्य आवश्यक नीतिनिर्माण गर्ने, विश्वविद्यालयको सर्वोच्च सभा।
81736 विश्वविद्यालय सेवा आयोग ना. विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरूको नियुक्ति, बढुवा आदि गर्दा आवश्यक परीक्षा, अन्तर्वार्ता आदि लिने र सोअनुसार योग्य उमेदवारलाई नियुक्तिको सिफारिस गर्ने र विश्व विद्यालयसेवाको सुदृढीकरणमा उचित परामर्श दिने आयोग।
81737 विश्वविद्यालयीय वि. विश्वविद्यालयसम्बन्धी; विश्वविद्यालयको।
81738 विश्वविश्रुत वि. विश्वविख्यात।
81739 विश्वव्यापक / विश्वव्यापी वि. विश्वमा सर्वत्र ढाकेर रहेको; सबै ठाउँ ओगटेर बसेको; संसारभरिको; विश्वभरि व्याप्त भएको।
81740 विश्वशान्ति ना. विश्वका देशहरूमा कुनै किसिमको युद्ध,शीतयुद्ध आदि नभएको र संसारभरि नै शान्ति व्याप्त भएको अवस्था।
81741 विश्वसनीय वि. विश्वास गर्न योग्य; विश्वास गर्न हुने; भरपर्दो; पत्यारिलो।
81742 विश्वसनीयता ना. विश्वसनीय हुनाको भाव वा अवस्था; विश्वास गरिने स्थिति; विश्वास; पत्यार।
81743 विश्वस्त वि. विश्वास भएको; पत्यार गर्न सकिने; पत्यारिलो; विश्वासिलो; भरपर्दो।
81744 विश्वस्तता ना. विश्वस्त हुनाको भाव वा स्थिति।
81745 विश्व स्वास्थ्य सङ्गठन ना. संसारभरका जनताको स्वास्थ्यको स्तर बढाउने र उनका निम्ति आवश्यक सहायता प्रदान गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घअन्तर्गत गठित अन्तर्राष्ट्रिय संस्था।
81746 विश्वहित ना. विश्वकल्याण।
81747 विश्व हुलाक सङ्घ ना. इ. १९३५ मा स्विट्जरल्यान्डको बर्नमा स्थापित, विश्वका हुलाकहरूको सङ्घ।
81748 विश्वात्मबोध ना. विश्वको आत्मस्वरूप तथा विश्वभरि व्याप्त मानिने परमात्माको ज्ञान; विश्वका चैतन्यस्वरूप आत्माको ज्ञान।
81749 विश्वात्मा ना. १. ईश्वर (ब्रह्मा, विष्णु, शिव )।
81750 विश्वात्मा ना. २. विश्वभरि व्याप्त चेतनास्वरूप आत्मा।