Dictionary

All Word

81851 विष्णु ना. १. हिन्दु धर्मशास्त्रअनुसार सृष्टिको रचना गर्ने, पालना गर्ने र संहार गर्ने तीन देवतामध्ये पालन गर्ने देवता; नारायण।
81852 विष्णु ना. २. सर्वव्यापक चित् शक्ति।
81853 विष्णु गुप्त ना. चाणक्य।
81854 विष्णुपुराण अठार महापुराणमध्ये एक; विष्णुका महिमाको वर्णन भएको पुराण।
81855 विष्णुमती ना. काठमाडौँ उपत्यकाभित्र बाग्मतीमा मिसिएर दक्षिणपश्चिमतर्फ बग्ने एक नदी।
81856 विष्णुवल्लभा ना. १. लक्ष्मी।
81857 विष्णुवल्लभा ना. २. तुलसी।
81858 विष्णुवल्लभा ना. ३. अग्निशिखा।
81859 विष्णुविष्णु वि.बो. आफूले ढोग्नुपर्ने वा गोडा लाग्न नहुने व्यक्तिलाई गोडाले कुल्चिँदा वा लाग्दा पाप नलागोस् भन्ने विचारले भनिने शब्द।
81860 विसङ्गत ना. १. नमिलेको; बेमेलको; असङ्गत।
81861 विसङ्गत ना. २. नसुहाउँदो; अयोग्य।
81862 विसङ्गति ना. नमिल्दोपन; बेमेलपन; असङ्गति।
81863 विष्णुवाद ना. जीवनजगत्का कुनै पनि वस्तु, विचार वा क्रियाकलापमा सङ्गति नभएको देख्ने तथा जीवनलाई निःसार र निरर्थक ठान्ने एक साहित्यिक दृष्टिकोण वा धारणा; विसङ्गतिमा विश्वास गर्ने एक वाद।
81864 विष्णुवादी वि. विसङ्गतिवादमा विश्वास गर्ने; विसङ्गतिवादको अनुयायी।
81865 विसंवाद ना. १. असत्य कथन; झुटो कुरा।
81866 विसंवाद ना. २. विरोध; खण्डन।
81867 विसंवाद ना. ३. हप्काइदप्काइ।
81868 विसंवाद ना. ४. प्रतिज्ञा भङ्ग गर्ने क्रिया; छल; धोका।
81869 विसंवाद ना. ५. असहमति।
81870 विसंवादी वि. १. नचाहिँदो कुरो बोल्ने; बोलेको ठेगान नभएको।
81871 विसंवादी वि. २. नमिल्दो वा नसुहाउँदो कुरा बोल्ने; असङ्गत कुरा गर्ने।
81872 विसंवादी वि. ३. प्रतिज्ञा भङ्ग गर्ने; धोका दिने।
81873 विसर्ग ना. १. स्वरान्त शब्दका पछिल्तिर लाग्ने र केही जोड दिएर उच्चारण गरिने, आधा 'ह'-जस्तो ध्वनि (छि:; छ्या:; प्रायः आदि)।
81874 विसर्ग ना. २. स्वरान्त शब्दका पछिल्तिर दुई समान बिन्दुका रूपमा लेखिने चिह्न; दबास बिन्दु ( : )।
81875 विसर्ग ना. ३. कुनै वस्तु आदि छोड्ने काम; दिने काम; त्याग; दान।
81876 विसर्जन ना. १. पूजाआजा गर्दा आह्वान गरिएका देवताहरूलाई बिदा दिने काम।
81877 विसर्जन ना. २. कुनै अनुष्ठान, कामकुरा, सभा सम्मेलन आदिको कार्यक्रम समाप्त गर्ने वा टुङ्ग्याउने काम।
81878 विसर्जन ना. ३. दिसापिसाब गर्ने काम; मलमूत्रको त्याग।
81879 विसर्जन ना. ४. कुनै कुरा छोड्ने काम; परित्याग।
81880 विसर्जनीय वि. १. विसर्जन गर्न योग्य वा उचित; छाड्नुपर्ने; परित्याज्य।
81881 विसर्जनीय वि. २. पठाउन वा हटाउन लायक।
81882 विसर्जित वि. १. विसर्जन भएको; धार्मिक, राजनीतिक, सामाजिक आदि कुनै अनुष्ठान वा कार्यक्रम समाप्त गरिएको।
81883 विसर्जित वि. २. पठाइएको वा हटाइएको।
81884 विसर्पण ना. १. सर्पका छाँटले घस्रेर हिँड्ने क्रिया; घस्राइ।
81885 विसर्पण ना. २. फैलने क्रिया; प्रसर्पण।
81886 विसर्पण ना. ३. ठाउँ छाड्ने काम; स्थानत्याग।
81887 विसूचिका / विसूची ना. पिसाब नहुने तर बारबार झाडा र बान्ता हुने बिमारी; एक प्रकारको हैजा।
81888 विसैन्यीकृत वि. सैनिकविनाको बनाइएको; सैन्यहीन तुल्याइएको; सैन्यरहित बनाइएको (क्षेत्र)।
81889 विस्तर ना. १. विस्तार।
81890 विस्तर ना. २. विस्तारसाथ गरिएको वर्णन; विस्तृत वर्णन।
81891 विस्तर ना. ३. बिछ्‌यौना; आसन।
81892 विस्तर ना. ४. आधार ।
81893 विस्तर ना. ५. समूह।
81894 विस्तरण ना. कुनै वस्तुमा बल प्रयोग गर्दा त्यसको आकारप्रकारमा हुने वा आउने फरक; विस्तारण।
81895 विस्तार ना. १. फैलाउने काम; फैलावट; फैलोट।
81896 विस्तार ना. २. विस्तृत रूपमा दिइएको विवरण।
81897 विस्तार ना. ३. विशालता।
81898 विस्तारण ना. विस्तार गर्ने काम; फैलाउने क्रिया।
81899 विस्तारित वि. फैलाइएको; विस्तृत गरिएको; फिँजाइएको।
81900 विस्ती ना. लिच्छविकालीन शासनव्यवस्थामा प्रचलित एक प्रकारको कर।