Dictionary

All Word

82001 वीरप्रसू ना. वीरमाता।
82002 वीरभद्र ना. दक्षप्रजापतिका यज्ञमा सतीदेवीको देहत्यागपछि रिसाएका शिवजीको जटाबाट उत्पन्न भएका शिवका एक गण।
82003 वीरमाता ना. वीर छोरा जन्माउने स्त्री; वीर पुत्रकी आमा; वीरप्रसू।
82004 वीररस ना. साहित्यमा बलवान् शत्रुलाई दबाउने वा कठिन कार्य गर्ने आदि वीरतापूर्वक काम गर्न लाग्दा मनमा आउने उत्साह र साहसबाट पैदा हुने एक रस; नवरसमध्ये एक। (यो रस चार प्रकारको मानिएको छ- दानवीर, धर्मवीर, युद्धवीर र दयावीर )।
82005 वीरलोक ना. युद्धक्षेत्रमा हिम्मतका साथ शत्रुसँग लड्दालड्दै मर्ने वीरहरूले प्राप्त गर्ने लोक; वीरगति।
82006 वीरव्रत ना. वीर वा पराक्रमी व्यक्तिको निष्ठापूर्ण नियम वा काम; युद्ध।
82007 वीरशय्या ना. वीरहरूको अन्तिम अवस्थालाई सुहाउने शय्या; युद्धभूमि; रणभूमि।
82008 वीराभास ना. अवध्यको वधप्रति अनुचित साहस देखाएमा वा अरू कुनै नसुहाउँदो तरिकाले वीररसको वर्णन गरेमा हुने एक रसाभास।
82009 वीरासन ना. देब्रे गोडाको पैताला र दाहिने गोडाको घुँडाले टेकेर बसिने एक आसन।
82010 वीरेन्द्र ना. वीरहरूमा श्रेष्ठ; ठुलो वीर।
82011 वीरेन्द्र प्रज्ञालङ्कार ना. नेपालसम्बन्धी उल्लेखनीय योगदान दिने विशिष्ट विदेशी विद्वान्हरूलाई प्रज्ञाप्रतिष्ठानद्वारा प्रदान गर्ने गरिएको मानार्थ प्रज्ञालङ्कार।
82012 वीरेन्द्र वीरविक्रम शाहदेव ना. वि. सं. २०२८ देखि २०५८ जेठ १९ गतेसम्म नेपालमा शासन गर्ने शाहवंशीय दसौँ राजा।
82013 वीरोस् ना. भारोपेली भाषा बोल्ने प्रागैतिहासिक मानव।
82014 वीर्य ना. १. खाएका पदार्थका रसबाट बन्ने, बल तथा कान्ति बढाउने र सन्तान उत्पन्न गराउने, पुरुषका शरीरभित्र बन्ने एक धातु; शुक्र।
82015 वीर्य ना. २. पौरुष; पुंस्त्व।
82016 वीर्य ना. ३. वीरता; पराक्रम।
82017 वीर्य ना. ४. शरीरभित्रको सारतत्त्व।
82018 वीर्यकोष ना. शुक्रकीटमा परिणत हुन सक्ने अन्य कोषको अन्तिम रूप।
82019 वीर्ययैली ना. पुरुषका शरीरभित्र वीर्य रहने थैली; वीर्यग्रन्थि।
82020 वीर्यवान् वि. वीर्य वा तेज भएको; बलियो; शक्तिशाली।
82021 वीर्यशाली वि. शरीरमा शक्ति वा फुर्ती भएको; शक्तिशाली; पराक्रमी।
82022 वीर्यस्खलन ना. पुरुषका शरीरबाट वीर्यपतन हुने क्रिया; वीर्यक्षरण; वीर्यपतन।
82023 वीर्यहीन वि. १. शरीरमा वीर्य कम भएको।
82024 वीर्यहीन वि. २. शक्ति वा स्फूर्ति नभएको; शक्तिहीन; नामर्द।
82025 वृक्ष ना. १. रुख; बोट।
82026 वृक्ष ना. २. कुनै विषय वा कुराको मूल रूप आदि रूपलाई फेदर अवान्तर कुरालाई हाँगाबिँगा मानेर वृक्षका रूपमा देखाइएको चित्र (जस्तै- वंशवृक्ष)।
82027 वृक्षरेखा ना. पहाडको रुख उम्रन सक्ने उचाइसम्मको रेखा।
82028 वृक्षरोपण ना. वृक्षारोपण।
82029 वृक्ष बिडाल ना. धेरै मोटो र लामो पुच्छर हुने जङ्गली बिरालो; वनबिरालो।
82030 वृक्षाम्ल ना. भकिअमिलो।
82031 वृक्षायुर्वेद ना. वनस्पतिहरूमा हुने रोगहरूलाई हटाउने वा तिनका रोकथामका उपायको चर्चा भएको आयुर्वेदशास्त्र; वृक्षसम्बन्धी वैद्यक ग्रन्थ; वैदाङ्ग।
82032 वृक्षारोपण ना. उजाडिँदै गएको पाखापखेरा र गाउँ, सहरनजिकका भागहरूलाई हरिलोभरिलो बनाउने र जलवायुका दृष्टिले स्वास्थ्यप्रद र अनुकूल बनाउन विभिन्न जातका वृक्ष लगाउने काम; भूक्षय रोक्न र दाउरा, घाँसपातको काम चलाउन विभिन्न किसिमका बोटबिरुवा लगाउने काम।
82033 वृज्जि ना. नेपालको पश्चिमी तराई, तिरहुत र मिथिलातिर बसोबास गरेका, एक समय गणतान्त्रिक व्यवस्था चलाउने एक प्राचीन जाति।
82034 वृत्त ना. १. केन्द्रबाट बराबर दुरीमा हुने गरी चारैतिर रेखाले घेरिएको क्षेत्र; गोल परिधि भएको क्षेत्र।
82035 वृत्त ना. २. गोलाकार क्षेत्रको परिधि; बाटुलो घेरो; मण्डल।
82036 वृत्त ना. ३. वृत्तान्त।
82037 वृत्त ना. ४. अक्षरहरूको सङ्ख्याका आधारमा बनेको छन्द; वार्णिक र मात्रिक छन्द। वि.
82038 वृत्त ना. ५. परिधि भएको; गोलो; बाटुलो।
82039 वृत्त ना. ६. भएको, घटेको वा अस्तित्वमा आएको; घटित।
82040 वृत्तचित्र ना. इतिहास, विज्ञान, धर्म, संस्कृति आदि राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्त्वका विषयवस्तुमा आधारित सामयिक लघु चलचित्र।
82041 वृत्तपत्र ना. प्रतिनिधिसभामा भएका दैनिक कामकुराको संक्षिप्त बेहोरा लेखिएको खाता वा बही।
82042 वृत्तमार्ग ना. गोलाकार बाटो; चक्रपथ।
82043 वृत्तमुण्ड वि. गोल मुण्ड भएको।
82044 वृत्ताकार ना. १. गोल परिधि भएको आकार; वृत्तको जस्तो आकार; बाटुलो घेरो। वि.
82045 वृत्ताकार ना. २. गोल आकार भएको; बाटुलो; गोलो।
82046 वृत्तान्त ना. १. कुनै वस्तु वा विषयको विस्तृत विवरण; बयान; बेलिविस्तार।
82047 वृत्तान्त ना. २. हालखबर; समाचार।
82048 वृत्तान्त ना. ३. वर्णनात्मक कथा वा कहानी।
82049 वृत्तान्त ना. ४. इतिहास; पुर्ख्यौली।
82050 वृत्ति ना. १. जीवननिर्वाह गर्नका निम्ति गरिने काम; जीवन धान्न अँगालिने वा लिइने पेसा; जागिर।