Dictionary

All Word

82151 वेत ना. लट्ठी, चोया आदिको काम लिइने, मेच, कुर्सी आदि बुनिने चाम्रो र बलियो एक जातको जङ्गली लहरो।
82152 वेतन ना. १. तलब; तनखा; महिनावारी।
82153 वेतन ना. २. जीवन- निर्वाहको साधन; वृत्ति।
82154 वेतनक्रम ना. कर्मचारीले काम गरेबापत पाउने तलबको क्रम।
82155 वेतनजीवी वि. सरकारी वा गैरसरकारी कार्यालयको कर्मचारीका रूपमा काम गरेबापत पाइने तलबले जीविका चलाउने; कृषि व्यापार, उद्योग आदि स्वतन्त्र पेसा नलिई नोकरीबाट पाइने तलबका भरमा जीवनयापन गर्ने; जागिरदार; जागिरे।
82156 वेतनभोगी ना. वेतन वा तलब लिएर काम गर्ने व्यक्ति; तलब लिने वा खाने मानिस।
82157 वेतनमान ना. कर्मचारीलाई दिइने वेतनको परिमाण; तलबक्रम।
82158 वेताल ना. १. शिवको गणको आत्मा प्रवेश गरेको मुर्दा; एक भूतयोनि।
82159 वेताल ना. २. शिवको एक गण।
82160 वेताल ना. ३. द्वारपाल।
82161 वेताल ना. ४. रथको अगिल्तिर र कतैकतै पछिल्तिर पनि रहने, टुप्पो माथितिर फर्केको, लामो धुरोजस्तो मोटो काठ।
82162 वेत्ता वि. १. राम्ररी जान्ने; ज्ञाता; जानिफकार। ना.
82163 वेत्ता वि. २. कुनै नामवाचक शब्दको पछिल्तिर रहेर ज्ञाता वा जान्ने अर्थ बुझाई विशेषण बनाउने शब्द (जस्तै- तत्त्ववेत्ता, शास्त्रवेत्ता इ.)।
82164 वेत्र ना. १. वेतको लट्ठी।
82165 वेत्र ना. २. पुरानो समयमा द्वारपालले लिने लट्ठी।
82166 वेद ना. १. आर्यहरूका धर्म, संस्कृति, आध्यात्मिक ज्ञान आदिका मूल स्रोत मानिएका, सर्वप्राचीन र सर्वाधिक मान्य आर्यग्रन्थ; श्रुति; आम्नाय; छन्दस् (ऋक्, यजु, साम र अथर्व - यी चार वेद प्रसिद्ध छन्)।
82167 वेद ना. २. ज्ञान।
82168 वेद ना. ३. ईश्वर।
82169 वेद ना. ४. अङ्गुलको चार गुना बराबरको नाप; चार अमल बराबरको नाप; चार अङ्गुल।
82170 वेदज्ञ वि. वेद जान्ने; वेदको ज्ञाता।
82171 वेदत्रय/त्री ना. ऋक्, यजु र साम- यी तीन वेदको समुच्चय।
82172 वेदना ना. १. चोटपटक लाग्दा वा कुनै दुःखदायी घटना घट्दा हुने शारीरिक वा मानसिक कष्ट।
82173 वेदना ना. २. पीडा, दुख आदिको तीव्र अनुभूति।
82174 वेदना ना. ३. चेतना; ज्ञान।
82175 वेदना ना. ४. विवाह।
82176 वेदना ना. ५. बौद्ध दर्शनअन्तर्गत स्कन्धपञ्चक।
82177 वेदनीय वि. १. वेदना हुने; पीडा दिने; दुःखदायी।
82178 वेदनीय वि. २. जान्नुपर्ने; ज्ञातव्य।
82179 वेदवाक्य ना. १. वेदका ऋचा वा वाक्य।
82180 वेदवाक्य ना. २. वेदले बताएको कुरो; वेदोक्त वचन।
82181 वेदवाक्य ना. ३. प्रामाणिकताका निम्ति छानबिन गरिरहनु नपर्ने वचन; अकाट्य वाक्य।
82182 वेदविहित वि. वेदले भनेको वा बताएको; वेदोक्त।
82183 वेदव्यास ना. वेदलाई चार भागमा बाँडी वर्तमान रूपमा सङ्कलन गर्ने तथा महापुराणका रचयिता एक ऋषि; पराशरतर्फबाट जन्मेको सत्यवती पुत्र; व्यास।
82184 वेदाङ्ग ना. शरीरका अङ्ग जस्तै गरी मानिएका वेदका छ अङ्ग (पाद - छन्दशास्त्र, हात- कल्प, आँखा-ज्यौ तिष, कान-निरुक्त, नाक - शिक्षाशास्त्र र मुख-व्याकरण)।
82185 वेदाध्ययन ना. १. वेद पढ्ने काम; वेदको अध्ययन।
82186 वेदाध्ययन ना. २. ब्राह्मणका षोडश संस्कारमध्ये एक।
82187 वेदाध्यायी वि. वेदको अध्ययन गर्ने; वेदपाठी।
82188 वेदान्त ना. १. वेदमा वर्णित लौकिक तथा पारलौकिक सिद्धान्तहरूको विवेचना र प्रतिपादन गर्ने सिद्धान्त।
82189 वेदान्त ना. २. आत्मा, परमात्मा र जगत्सम्बन्धी वैदिक मान्यताको प्रतिपादन गर्ने उपनिषद् र आरण्यक आदि वेदको अन्तिम भाग; वेदको निचोड; ब्रह्मविद्या।
82190 वेदान्त ना. ३. षड्दर्शनमध्ये अद्वैतवादको प्रतिपादन गरिएको एक दर्शन।
82191 वेदान्ती वि. १. वेदान्तमा प्रतिपादित विचारको अनुसरण गर्ने; वेदान्तदर्शनको अनुयायी; ब्रह्मवादी।
82192 वेदान्ती वि. ३. वेदान्त जान्ने। ना.
82193 वेदान्ती वि. ३. वेदान्तशास्त्रको विद्वान्।
82194 वेदी ना. वेदी।
82195 वेदिका ना. सानो वेदी।
82196 वेदी ना. १. धार्मिक कृत्यका निम्ति पवित्र माटोद्वारा अग्लो र सम्म पारी विभिन्न आकारमा बनाइएको भूमि; चौकी।
82197 वेदी ना. २. चौतारो। वि.
82198 वेदी ना. ३. जान्ने; ज्ञाता। ना.
82199 वेदी ना. ४. विद्वान्; पण्डित।
82200 वेदी ना. ५. आचार्य; शिक्षक।