Dictionary

All Word

82301 वैतरणी ना. ३. भारतको उडिसा प्रान्तमा बग्ने एक नदी।
82302 वैतालिक ना. १. प्राचीन समयमा स्तुतिगीत आदि पाठ गरेर राजामहाराजाहरूलाई बिउँझाउने व्यक्ति; बन्दी।
82303 वैतालिक ना. २. वेतालको साधना गर्ने व्यक्ति; वेतालको उपासक।
82304 वैदर्भी ना. १. साहित्यमा माधुर्यव्यञ्जक वर्ण, सानुनासिक शब्द र छोटा समास भएका वाक्यहरूको प्रयोग हुने, करुण, शृङ्गार र हास्यरसको अभिव्यक्तिमा सहायक एउटा रीति।
82305 वैदर्भी ना. २. विदर्भराज भीमकी कन्या; दमयन्ती।
82306 वैदर्भी ना. ३. रुक्मिणी।
82307 वैदाङ्ग ना. वैद्यशास्त्र।
82308 वैदाङ्गी वि. वैदाङ्गसम्बन्धी। वैद्यशास्त्रको अनुभवी।
82309 वैदिक वि. १. वेदसम्बन्धी; वेदको; वेदमा भएको; वेदमा भनिएको या बताइएको। ना.
82310 वैदिक वि. २. वेद पढेको र त्यसैबाट आफ्नो निर्वाह गर्ने व्यक्ति।
82311 वैदिक धर्म ना. वेदका युगमा आर्यहरूमा प्रचलित धर्म (प्रकृति - उपासना, पितृपूजन, यज्ञकर्म, तपस्या आदि)।
82312 वैदिक युग ना. वेदको रचना भएको र वेदधर्म प्रचलित भएको समय।
82313 वैदिक संस्कृत ना. वैदिक कालमा आर्यहरूको रचनामा पाइने तर अहिलेका संस्कृतमा नचलेका संस्कृत शब्द; वेदमा प्रयुक्त संस्कृत भाषा।
82314 वैदिकी वि. वैदिकको स्त्रीलिङ्गी विशेषण।
82315 वैदुष्य ना. विद्वान्मा हुने गुण; विद्वता; पाण्डित्य।
82316 वैदूर्य ना. भित्रपट्टि रातो, पहेँलो, हरियोको केही भाव हुने बहुमूल्य मणि; लसुने।
82317 वैदेशिक वि. १. अर्को देशको; विदेशको; विदेशसम्बन्धी; विदेशी। ना.
82318 वैदेशिक वि. २. विदेशमा बस्ने मानिस; परदेशी मानिस; विदेशी मानिस।
82319 वैदिक नीति ना. विदेशसम्बन्धी नीति; परराष्ट्रनीति।
82320 वैदिक हुलाक ना. विदेशमा मालसामान, चिठीपत्र आदि पठाइने हुलाक; विदेशसँग चिठीपत्र आदि आदानप्रदान गर्ने हुलाक।
82321 वैदेह ना. १. विदेह देशका राजा।
82322 वैदेह ना. २. जनक।
82323 वैदेही ना. १. विदेहकी कन्या; जनकनन्दिनी; सीता। वि.
82324 वैदेही ना. २. मिथिला प्रदेशकी (स्त्री)।
82325 वैद्य ना. आयुर्वेदीय विधिअनुसार रोगको निदान गर्ने वा रोगीको औषधीउपचार गर्ने व्यक्ति; आयुर्वेदीय चिकित्साविधिको ज्ञाता; कविराज।
82326 वैद्यक वि. १. आयुवेर् दीय चिकित्सासम्बन्धी।
82327 वैद्यक वि. २. वैद्यसम्बन्धी। ना.
82328 वैद्यक वि. ३. आयुर्वेद।
82329 वैद्यकी ना. वैद्यको काम वा पेसा; वैद्यगिरी।
82330 वैद्यखाना ना. आयुर्वेदीय विधिअनुसार औषधी बनाउने वा उपचार गर्ने ठाउँ; आयुर्वेदीय चिकित्सालय।
82331 वैद्यगिरी ना. वैद्यले लिएको पेसा; वैद्यले गर्ने काम; वैदाङ्गी।
82332 वैद्यगी ना. वैद्यगिरी।
82333 वैद्यनाथ ना. १. विहारको सन्थाल इलाकामा रहेका, रावणका आराध्य र दश ज्योतिर्लिङ्गमध्ये एक मानिएका शिव।
82334 वैद्यनाथ ना. २. धन्वन्तरि।
82335 वैद्यराज ना. १. आयुर्वेदीय पण्डित वा विद्वान्; आयुर्वेदीय पद्धतिअनुसार औषधी उपचार गर्न सिपालु वैद्य; वैद्यहरूका अग्रणी; श्रेष्ठ वैद्य।
82336 वैद्यराज ना. २. धन्वन्तरि।
82337 वैद्यविद्या/शास्त्र ना. वैद्य बन्नका लागि पढ्नुपर्ने शास्त्र; वैद्यविद्यासम्बन्धी शास्त्र; आयुर्वेदीय शास्त्र; वैदाङ्ग।
82338 वैध वि. नियमकानुनअनुसार बनेको वा भएको; विधिपूर्वकको; विधानअनुसारको; नियमकानुनसँग नबाझ्ने।
82339 वैधर्मिक वि. १. आफ्नोभन्दा भिन्न धर्मको; पराई धर्मको; विधर्मको।
82340 वैधर्मिक वि. २. धार्मिक दृष्टिले नमिल्दो; धर्मसङ्गत नभएको।
82341 वैधर्मिक वि. ३. नास्तिक।
82342 वैधर्म्य ना. १. विधर्म हुनाको भाव; भिन्नधर्मिता; विधर्मिता।
82343 वैधर्म्य ना. २. असमानता।
82344 वैधर्म्य ना. ३. नास्तिकता।
82345 वैधवेय ना. विधवा स्त्रीले पुनर्विवाह गरी पाएको सन्तान; पुनर्भूपुत्र।
82346 वैधव्य ना. विधवा हुनाको भाव वा अवस्था; विधवापन।
82347 वैधानिक वि. नियमकानुनअनुसारको; विधानअनुसारको; नियमपूर्वकको; कानुनी।
82348 वैधानिकता ना. वैधानिक हुनाको भाव, गुण वा अवस्था; विधानअनुरूपता; वैधता।
82349 वैधानिक दाबी ना. कुनै वस्तु, सम्पत्ति आदिका लागि कसैका तर्फबाट कानुनमुताबिक गरिएको दाबी।
82350 वैधानिक राजतन्त्र ना. संविधानअनुसार राजाको अधिकार निर्धारित र व्यवस्थित गरी तदनुसार चलाइने प्रजातान्त्रिक शासनपद्धति।