Dictionary

All Word

82251 वैकल्पिक वि. २. सन्दिग्ध; सन्देहयुक्त।
82252 वैकल्य ना. १. पूरै अङ्ग नहुनाको भाव; अङ्गहीनता; विकलता।
82253 वैकल्य ना. २. सबै कलाले पूर्ण नहुनाको भाव; कुनै कुराको कमी; अपूर्णता; न्यूनता।
82254 वैकल्या ना. १. विवाह गर्ने वाग्दान भइसकेपछि वर मर्नाले वा अन्य कुनै कारणले विवाह हुन नपाएकी स्त्री। वि.
82255 वैकल्या ना. २. अङ्गभङ्ग भएकी; विकलाङ्ग (स्त्री)।
82256 वैकारिक वि. १. विकृत वस्तुबाट बनेको; विकार पैदा भएको।
82257 वैकारिक वि. २. विकारसम्बन्धी; विकारको।
82258 वैकालिक वि. १. निश्चित वा निर्धारित समयमा नभएको; हुनुपर्ने समयभन्दा पहिले वा पछि भएको; समय नमिलेको (ध्वनि)।
82259 वैकालिक वि. २. असमयमा भएको; असमयको; बेमौसमको।
82260 वैकालिक वि. ३. साँझपखको।
82261 वैकुण्ठ ना. १. कुनै किसिमको भय, संशय, चिन्ता वा कुण्ठा नभएको ठाउँ; अकाल, अभाव र अपूर्णता नभएको ठाउँ।
82262 वैकुण्ठ ना. २. विष्णुलोक।
82263 वैकुण्ठ चतुर्दशी ना. कार्तिक शुक्ल चतुर्दशी।
82264 वैकुण्ठलोक ना. वैकुण्ठ; विष्णुलोक।
82265 वैकुन्ठे ना. सेतो र कालो दुई सर्प लेखेको थर्कीमा चार कौडा वा एक पासाले हानेर खेलिने एक खेल।
82266 वैक्रम वि. १. विक्रमादित्यबाट सुरु भएको; विक्रमादित्यको; विक्रमादित्यसम्बन्धी; विक्रमीय।
82267 वैक्रम वि. २. पराक्रमसम्बन्धी।
82268 वैक्रमीय वि. विक्रमसम्बन्धी।
82269 वैखरी ना. कुण्डलिनी चक्रमायि विन्दुरूपले रहेको अव्यक्त, ईश्वरीय चित्शक्तिले पश्यन्ती र मध्यमा अवस्था पार गरी व्यक्त रूप लिएको वाणी; वाणीको व्यक्त रूप।
82270 वैखानस ना. १. वानप्रस्थाश्रममा रहेको व्यक्ति; वानप्रस्थी।
82271 वैखानस ना. २. कर्मिष्ठ, वनवासी ब्राह्मण; तपस्वी।
82272 वैखानस ना. ३. कृष्णयजुर्वेदका चार शाखामध्ये, योगीहरूका धर्म, आचार आदि कुरा विवेचन गरिएको एक शाखा। वि.
82273 वैखानस ना. ४. वानप्रस्थाश्रमसम्बन्धी।
82274 वैगुण्य ना. १. गुण नहुनाको भाव; विगुणता।
82275 वैगुण्य ना. २. अवगुण।
82276 वैचारिक वि. विचारसम्बन्धी; विचारको।
82277 वैचित्र्य ना. विचित्र हुनाको भाव वा स्थिति; विचित्रता।
82278 वैजयन्त ना. १. इन्द्रको दरबार; स्वर्गीय प्रासाद।
82279 वैजयन्त ना. २. इन्द्रको झन्डा।
82280 वैजयन्तिक ना. झन्डा लिएर अगि लाग्ने व्यक्ति; झन्डा लिने मानिस।
82281 वैजयन्तिका ना. १. झन्डा; ध्वजा।
82282 वैजयन्तिका ना. २. जयन्तीको बोट।
82283 वैजयन्तिका ना. ३. वज्रदन्ती वृक्ष।
82284 वैजयन्तिका ना. ४. मोतीको हार; माला।
82285 वैजयन्तिका ना. ५. अरणी।
82286 वैजयन्ती ना. १. झन्डा; ध्वजा; पताका।
82287 वैजयन्ती ना. २. तुलसी, कुन्द, मन्दार, पारिजात र कमल-यी पाँच थरी फूल मिलाई बनाइएको घुँडासम्म आउने माला।
82288 वैजात्य ना. १. विजात हुनाको भाव; भिन्न जातीयता; विजातीयता।
82289 वैजात्य ना. २. बेमेलपन।
82290 वैज्ञानिक वि. १. विज्ञानले आविष्कार गरेको; विज्ञानका सहायताले तयार भएको।
82291 वैज्ञानिक वि. २. विज्ञान जान्ने; विज्ञानवेत्ता। ना.
82292 वैज्ञानिक वि. ३. विज्ञानसम्बन्धी अध्ययन वा काम गर्ने व्यक्ति।
82293 वैज्ञानिकता ना. वैज्ञानिक हुनाको भाव वा अवस्था; विज्ञानसित सम्बन्ध रहेको वा भएको स्थिति; विज्ञानसितको सम्बद्धता।
82294 वैज्ञानिकी वि. वैज्ञानिकसम्बन्धी।
82295 वैज्ञानिकीकरण ना. आधुनिक रूपले, विज्ञानसुहाउँदो गरी कुनै विधिविधान, व्यवस्था आदिलाई उपयोगी बनाउने काम।
82296 वैतनिक वि. १. सरकारी वा गैरसरकारी सङ्घसंस्था, कार्यालय आदिमा काम गरेबापत तलब पाउने। ना.
82297 वैतनिक वि. २. ज्यालामा काम गर्ने मान्छे; ज्यामी।
82298 वैतनिकता ना. वैतनिक हुनाको भाव वा स्थिति।
82299 वैतरणी ना. १. मृत्युपछि यमलोक जाँदा बाटामा पर्ने, पीप, रगत, मासु आदिले निर्मित मानिएको पुराणप्रसिद्ध एक काल्पनिक नदी।
82300 वैतरणी ना. २. मर्ने बेलामा वैतरणी नदी तर्न सुगम होस् भन्ने उद्देश्यले गाईदान गर्ने काम।