Dictionary

All Word

82201 वेदोक्त वि. वेदले बताएको; वेदमा लेखिएको; वेदमा प्रतिपादित; वेदविहित।
82202 वेद्य वि. १. थाहा पाउनुपर्ने; जान्नुपर्ने; जान्न योग्य; ज्ञातव्य।
82203 वेद्य वि. २. प्राप्त गर्न योग्य।
82204 वेध ना. १. कुनै वस्तुको पछिल्तिर छिचोल्ने वा वारपार छुने गरी प्वाल पार्ने क्रिया; छेडाइ।
82205 वेध ना. २. दूरवीक्षणयन्त्रद्वारा टाढाटाढाका ग्रह, नक्षत्र हेर्ने काम।
82206 वेध ना. ३. तारो आदिलाई निसाना बनाई हान्ने काम; तारोहनाइ।
82207 वेध ना. ४. ग्रहको स्थान निश्चित गर्ने काम।
82208 वेध ना. ५. कुनै ग्रह अर्को ग्रहको सामुन्ने हुन पुग्ने क्रिया।
82209 वेध ना. ६. छिद्र।
82210 वेधक वि. १. कुनै वस्तुमा वारपार छिचोल्ने गरी प्वाल पार्ने।
82211 वेधक वि. २. तारो आदिलाई निसाना बनाई हान्ने।
82212 वेधक वि. ३. कुनै ग्रह अर्को ग्रहको सामु भएको वेला अर्को ग्रहको तेज हरण गर्ने।
82213 वेधन ना. १. छेड्ने वा प्वाल पार्ने काम।
82214 वेधन ना. २. तारो हान्ने काम।
82215 वेधनी ना. रत्न आदिमा पछिल्तिर छिचोल्ने गरी प्वाल पार्ने साधन।
82216 वेधनीय वि. वेध गर्न योग्य; छेड्न वा खोप्न लायक।
82217 वेधशाला ना. ग्रह, नक्षत्र आदि हेर्ने यन्त्रहरू राखिएको भवन वा ठाउँ; वेधसम्बन्धी उपकरण राखिएको ठाउँ; वेधालय।
82218 वेधा ना. १. ब्रह्मा।
82219 वेधा ना. २. प्रजापति।
82220 वेधालय ना. वेधशाला।
82221 वेधी वि. १. वेध गर्ने; छेड्ने; वेधक। ना.
82222 वेधी वि. २. कुनै नामवाचक शब्दको पछिल्तिर रही भेद गर्ने वा प्वाल पार्ने भन्ने अर्थ बुझाउने शब्द (जस्तै- शब्दवेधी, लक्ष्यवेधी आदि)।
82223 वेधे ना. एक मिटर अग्लो, तलतिर डल्ला भावका र दाँती परेका किनारा तर मास्तिर दाँती नपरेका किनारा भएका साधारण हरिया पात हुने, घोगाका रूपमा गुलाफी टीकाटीका परेका फूल फुल्ने एक जातको बुटी। (यसको तरकारी पकाएर पनि खाइन्छ र आयुर्वेदमा यसलाई कृमिनाशक भनिएको छ।
82224 वेध्य वि. प्वाल पार्न लायक; वेधन गर्न योग्य।
82225 वेबसाइट इन्टरनेटमा जडान हुनका लागि प्रयोग गरिने माध्यम।
82226 वेला ना. १. समय; काल; बखत।
82227 वेला ना. २. संयोग; सन्जोग; मौका; अवसर।
82228 वेला ना. ३. समयको मान; घडी, पला आदि।
82229 वेश ना. १. कुनै देशका बासिन्दा, जाति, वर्ग र पेसाका मानिसको परिचायक पहिरन; पोसाक; वेष।
82230 वेश ना. २. वेश्याहरू बस्ने ठाउँ।
82231 वेशधारी वि. १. अरूद्वारा आफू नचिनिने बन्न वा अर्काको नक्कल गर्न नक्कली वेश धारण गर्ने; अर्काको भेष धारण गर्ने।
82232 वेशधारी वि. २. कुनै धार्मिक सम्प्रदायको अनुयायी भई त्यसै अनुसारको वेश धारण गर्ने।
82233 वेशभूषा १. शरीरमा पहिरिएको वस्तु, आभूषण आदि; लवाइ तथा शारीरिक शृङ्गार।
82234 वेशभूषा २. लुगाफाटो आदि लगाउने तरिका; पहिरन।
82235 वेशभूषा ३. लुगा, गहना आदि।
82236 वेशवनिता ना. वेश्या।
82237 वेश्या ना. पैसाका लागि अरूका अगाडि नाचगान गर्ने, हाउभाउ, कटाक्ष आदिद्वारा परपुरुषलाई व्यभिचारको निमन्त्रण दिने र मैथुनसमेत गराउने स्त्री; रन्डी।
82238 वेश्यागमन ना. वेश्या स्त्रीसँग यौन सम्बन्ध राख्ने काम; वेश्यास्त्रीसँगको सहवास।
82239 वेश्यागामी वि. वेश्या स्त्रीसँग सहवास गर्ने; रन्डीबाज।
82240 वेश्यालय ना. वेश्याहरू बस्ने ठाउँ; रन्डीकोठी।
82241 वेश्यावृत्ति ना. पैसाका लागि परपुरुषसँग यौन सम्पर्क राख्ने पेसा; परपुरुषसँग सहवास गरेर पैसा कमाउने वृत्ति।
82242 वेष ना. हे. वेश।
82243 वेष्टन ना. १. धागो, डोरी, लुगा आदि बेर्ने काम; लपेट्ने प्रक्रिया।
82244 वेष्टन ना. २. सर्प आदि कुनै वस्तुमा वा शरीरमा बेरिने क्रिया।
82245 वेष्टन ना. ३. लपेट्ने वा बेर्ने कुरो (धागो, डोरी, पगरी, फेटा, पटुका, पेटी आदि)।
82246 वेष्टित वि. लपेटिएको; बेरिएको।
82247 वेसन ना. चना, भटमास आदिको पिठो; पहेँलो दाल हुने जातिका अन्नको पिठो।
82248 वेसवार ना. धनियाँ, जिरा आदि मिलाएर पिँधिएको सुगन्धी मसला; मसलाको धुलो।
82249 वेस्टकोट ना. इस्टकोट; इस्कोट।
82250 वैकल्पिक वि. १. पहिले छानिएको व्यक्ति, वस्तु आदि नपाइएमा सो ठाउँमा प्रयोग गरिने वा प्रयोग गर्न सकिने समकक्ष स्तरको अर्को ( उमेदवार वा सदस्य, व्यक्ति, वस्तु आदि); विकल्पमा आउने; इच्छाधीन; ऐच्छिक; रोजी।