Dictionary

All Word

82401 वैवस्वत ना. १. मनुष्यका मूल पुरुष मानिएका चौध मनुमध्ये सातौँ मनु; वर्तमान मनु।
82402 वैवस्वत ना. २. यमराज।
82403 वैवस्वत ना. ३. शनि।
82404 वैवाहिक वि. विवाहसम्बन्धी; विवाहको।
82405 वैवाहिक अधिकार ना. १. विवाहसम्बन्धी अधिकार।
82406 वैवाहिक अधिकार ना. २. विवाहसम्बन्धबाट प्राप्त हुने अधिकार।
82407 वैवाहिक सम्बन्ध ना. विवाहको सम्बन्धसँग जोरिएको नातो, साइनो वा तत्सम्बन्धी सूत्र; गाँठो।
82408 वैशाख ना. सौरमानअनुसार वर्षको प्रथम महिना; चैत्र र ज्येष्ठ महिनाको बिचको महिना; सूर्य मेष राशिमा छँदा पर्ने महिना।
82409 वैशाखी ना. १. विशाखा नक्षत्रमा पर्ने पूर्णिमा; विशाखा नक्षत्रयुक्त पूर्णिमा; वैशाखको पूर्णिमा।
82410 वैशाखी ना. २. एउटा खुट्टा नभएका व्यक्तिहरूले काखीमा अड्याई टेकिने कापे लट्ठी।
82411 वैशिष्ट्य ना. विशिष्ट हुनाको भाव वा अवस्था; विशिष्टता।
82412 वैश्य ना. प्राचीन आर्यहरूको सामाजिक अवस्थाअनुसार कृषि, वाणिज्य, पशुपालन आदि पेसा लिने जाति; प्राचीन आर्यहरूको वर्णव्यवस्थाअनुसार तेस्रो वर्ण।
82413 वैश्यकर्म ना. वर्णव्यवस्थाअनुसार वैश्यजातिले गर्ने काम; खेती, व्यापार आदि पेसा; वैश्यवृत्ति।
82414 वैश्यदेवता ना. धर्मशास्त्रमा वसु, रुद्र, विश्वदेव तथा मरुत्का लागि प्रयुक्त हुने शब्द।
82415 वैश्यवृत्ति ना. वैश्यहरूद्वारा पेसाका रूपमा गरिने काम; वैश्यहरूको वृत्ति; वैश्यकर्म।
82416 वैश्रवण ना. १. कुवेर।
82417 वैश्रवण ना. २. रावण।
82418 वैश्रवण ना. ३. लिच्छविकालीन नेपालमा प्रचलित मुद्रा; लिच्छविकालीन नेपाली मुद्राको नाम।
82419 वैश्वदेव ना. शास्त्रअनुसार गृहस्थीका घरमा भोजन गर्नुभन्दा पहिले नित्य गरिने पाँच प्रकारका महायज्ञमध्ये एक; पञ्च महायज्ञमध्ये भूतयज्ञ।
82420 वैश्वदेवी ना. दुई मगण, दुई यगण भएको र पाँचौँ अक्षरमा यति भएको छन्दविशेष।
82421 वैश्वानर ना. १. अग्नि।
82422 वैश्वानर ना. २. जठराग्नि (पेटको आगो)।
82423 वैषम्य ना. विषम हुनाको भाव वा अवस्था; विषमता।
82424 वैष्णव ना. १. आफ्नो आराध्य देवताका रूपमा विष्णुको उपासना गर्ने व्यक्ति; विष्णुका भक्त।
82425 वैष्णव ना. २. विष्णु वा विष्णुका कुनै अवतारलाई प्रधानता दिई आराधना, उपासना गर्ने धार्मिक सम्प्रदाय। वि.
82426 वैष्णव ना. ३. विष्णुसम्बन्धी।
82427 वैष्णवी ना. १. लक्ष्मी।
82428 वैष्णवी ना. २. वैष्णव धर्ममा दीक्षित भएकी स्त्री।
82429 वैष्णवी टीका ना. वैष्णव सम्प्रदायमा दीक्षित भएकाहरूले लगाउने टीका।
82430 वैषयिक वि. १. कुनै विषयसँग सम्बन्धित; विषयसम्बन्धी।
82431 वैषयिक वि. २. विषयवासनामा बढी आसक्त रहने; विषयासक्त; कामुक; विषयी।
82432 व्यक्त वि. १. प्रकट गरिएको; इन्द्रियद्वारा प्रत्यक्ष गर्न सकिने।
82433 व्यक्त वि. २. आँखाअगाडिको, आँखाले देख्न सकिने; खुलस्त; स्पष्ट।
82434 व्यक्तता ना. व्यक्त हुनाको भाव वा अवस्था; स्पष्टता।
82435 व्यक्त शब्द ना. सुन्ने व्यक्तिहरूद्वारा उही रूपमा भनिने र लेखिने शब्द; वर्णनात्मक शब्द।
82436 व्यक्ति ना. १. मानिस।
82437 व्यक्ति ना. २. अरूभन्दा छुट्टै अस्तित्व भएको प्राणी।
82438 व्यक्ति ना. ३. जाति वा समूहमध्ये एउटा।
82439 व्यक्ति ना. ४. स्वतन्त्र सत्ता।
82440 व्यक्ति ना. ५. व्यक्त हुने वा स्पष्ट हुने काम।
82441 व्यक्तिनु अ.क्रि. व्यक्त हुनु।
82442 व्यक्तिगत वि. कुनै एक व्यक्तिसँग मात्र सम्बन्ध भएको; एक जनासित मात्र सम्बन्ध राख्ने; एक व्यक्तिको।
82443 व्यक्तिगत अधिकार ना. संविधानद्वारा प्रदत्त र सुरक्षित, व्यक्तिको मौलिक अधिकार; देशको प्रत्येक नागरिकले संविधानबमोजिम कर्तव्यपालन गरेपछि प्राप्त हुने मौलिक अधिकार।
82444 व्यक्तिगत विवरण ना. कुनै सेवा वा पेसामा संलग्न व्यक्तिका विषयमा नाम, थर, वतन, तीनपुस्ते, जन्मेको साल, मिति, शैक्षिक योग्यता आदि खुलाई लेखाई लिइने विवरण; व्यक्तिगत अभिलेख; वैयक्तिक वृत्तान्त।
82445 व्यक्तिचित्र ना. १. कुनै एक व्यक्तिसित सम्बन्धित चित्र।
82446 व्यक्तिचित्र ना. २. कुनै एक व्यक्तिले तयार गरेको चित्र।
82447 व्यक्तित्व ना. १. कुनै व्यक्तिको वैयक्तिक विशेषतालाई देखाउने गुण।
82448 व्यक्तित्व ना. २. व्यक्तिविशेषको निजीपन।
82449 व्यक्तित्व ना. ३. व्यक्तिले अरूलाई प्रभावित पार्ने व्यक्तिविशेषमा निहित विशेषता।
82450 व्यक्तित्व बोध ना. कुनै व्यक्तिमा विशेष रूपमा निहित गुण वा क्षमतालाई थाहा पाउने काम; व्यक्तिका निजी विशेषताको बोध वा ज्ञान।