Dictionary

All Word

82551 व्यवस्थापिका ना. कुनै सङ्घ, संस्था वा सरकारको नीतिनियम बनाउने वा सामान्य कार्यनीति निर्धारित गर्ने सभा वा सदन; सरकारका तीन प्रमुख अङ्ग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामध्ये एक; विधायिका।
82552 व्यवस्थापिका सभा ना. आवश्यकताअनुसार पुराना ऐनकानुनको संशोधन गर्ने र नयाँ कानुन बनाउने तथा सरकारको सामान्य कार्यनीति निर्धारण गर्ने; जनप्रतिनिधिहरूको सभा; प्रतिनिधिसभा; विधायिका सभा; संसद्।
82553 व्यवस्थापित वि. व्यवस्था मिलाइएको; प्रबन्ध गरिएको; नियम र विधिपूर्वक राखिएको वा राख्न लगाइएको।
82554 व्यवस्थाप्य वि. व्यवस्था मिलाउनुपर्ने; व्यवस्था मिलाउन सकिने; व्यवस्था मिलाउन योग्य।
82555 व्यवस्थामुखी वि. १. व्यवस्थातर्फ झुकेको।
82556 व्यवस्थामुखी वि. २. व्यवस्थालाई सहयोग पुर्‍याउने।
82557 व्यवस्थावादी वि. व्यवस्थाका पक्षमा बोल्ने; व्यवस्थालाई मन पराउने।
82558 व्यवस्थित वि. व्यवस्था मिलेको; यथास्थान र यथाक्रममा रहेको; सुव्यवस्थित।
82559 व्यवस्थितता ना. व्यवस्थित हुनाको भाव वा स्थिति; व्यवस्थिति।
82560 व्यवस्थिति ना. व्यवस्थितता।
82561 व्यवहार ना. १. पारिवारिक वा सामाजिक जीवनमा एउटा व्यक्तिले अरूसित गर्ने आचरण।
82562 व्यवहार ना. २. चालचलन।
82563 व्यवहार ना. ३. लेनदेन।
82564 व्यवहार ना. ४. रीतिस्थिति।
82565 व्यवहार ना. ५. चलनचाँजो।
82566 व्यवहार ना. ५. कामकाज।
82567 व्यवहार ना. ७. मुद्दामामिला।
82568 व्यवहारक वि. १. व्यवहार गर्ने; व्यवहारी।
82569 व्यवहारक वि. २. लेनदेन आदि गर्ने; व्यापारी।
82570 व्यवहारत: क्रि.वि. व्यवहार मिल्ने गरी; व्यवहारसित फाटो नहुने पारेर।
82571 व्यवहारवाद ना. १. व्यावहारिक पक्षमा बढी जोड दिने एक दार्शनिक विचारधारा।
82572 व्यवहारवाद ना. २. नागरिकहरूको व्यवहारसित सम्बन्धित मुद्दामामिला।
82573 व्यवहार विधि ना. १. विशेष कामका लागि स्थापित सङ्घसंस्था र तिनको सञ्चालन आदिका विषयसित सम्बन्धित नियमकानुन आदिको स्पष्ट र सिलसिला मिलाई गरिएको सङ्ग्रह।
82574 व्यवहार विधि ना. २. कामको वा काममा उपयोग गर्ने तरिका वा काइदा।
82575 व्यवहार विधि ना. ३. विभिन्न कामकुराको व्यवहार मिलाउन उल्लेख गरिएको शास्त्र; धर्मशास्त्र; विधिशास्त्र।
82576 व्यवहारिक वि. हे. व्यावहारिक।
82577 व्यवहारी वि. १. व्यवहारमा लागेको; व्यवहारमा भिजेको।
82578 व्यवहारी वि. २. व्यवहार गर्न जान्ने; व्यवहारमा निपुण।
82579 व्यवहारी वि. ३. व्यवहारमा आउने; काम लाग्ने।
82580 व्यवहारी वि. ४. मुद्दामामिला आदि गर्न सिपालु; अड्डाअदालत बुझेको।
82581 व्यवहार्य वि. व्यवहारमा ल्याउन सकिने; व्यवहार गर्न योग्य।
82582 व्यवहृत वि. व्यवहारमा प्रयोग गरिएको; काममा ल्याइएको; प्रयोगमा आएको।
82583 व्यष्टि ना. आफूमा पूर्ण समष्टिको एक अंश।
82584 व्यष्टिमूलक वि. व्यष्टिका उद्देश्यले तयार गरिएको; व्यष्टिका उद्देश्यले बनेको; व्यष्टिप्रधान।
82585 व्यसन ना. १. धूमपान, मादक पदार्थको सेवनजस्ता कुरामा लागेको लत।
82586 व्यसन ना. २. कुनै विषयप्रतिको अत्यधिक आसक्ति।
82587 व्यसन ना. ३. नराम्रो किसिमसित अस्तव्यस्त हुने क्रिया।
82588 व्यसन ना. ४. विपत्ति।
82589 व्यसन ना. ५. वियोग।
82590 व्यसनी वि. १. धूमपान, मादक पदार्थको सेवनजस्ता कुराको लतमा लागेको; अम्मली।
82591 व्यसनी वि. २. कुनै कामकुराप्रति बढी आसक्त भएको।
82592 व्यसनी वि. ३. कुनै काममा एकाग्रताका साथ लागेको; तल्लीन।
82593 व्यस्त वि. कुनै काममा एकाग्रतासाथ संलग्न रहेको; कामकाजले गर्दा बेफुर्सद रहेको।
82594 व्यस्तता ना. १. व्यस्त रहनाको भाव वा स्थिति; पूर्ण रूपको संलग्नता।
82595 व्यस्तता ना. २. कुनै कामले गर्दा हुने बेफुर्सदी।
82596 व्याकरण ना. १. कुनै भाषाका शब्द, शब्दका विभिन्न रूप, तिनको संरचनाविधि, वाक्य र त्यसका विभिन्न अङ्ग तथा तिनीहरूको पारस्परिक सम्बन्ध खुट्ट्याउनुका साथै शब्द, वाक्य आदिको शुद्ध प्रयोग गर्ने नियमको निरूपण गर्ने शास्त्र; शब्द तथा वाक्यसम्बन्धी नियम र उदाहरणको सङ्कलन गर्ने शास्त्र।
82597 व्याकरण ना. २. वेदका छ अङ्गमध्ये एक।
82598 व्याकरण ना. ३. व्याख्या।
82599 व्याकरणकार ना. व्याकरण बनाउने; व्याकरणका रचयिता; वैयाकरण।
82600 व्याकरणशास्त्र ना. व्याकरण।