Dictionary

All Word

82701 व्यास ना. ३. वृत्तपरिधिको एक स्थानबाट अर्को स्थानसम्म पुग्ने कल्पित सोझो रेखा।
82702 व्यास ना. ४. कुनै वस्तुको विस्तार; फैलावट।
82703 व्यास ना. ५. हिउँ पग्लेको वेला नेपाल र तिब्बतका बिच आवागमन गर्न हुने सुदूर पश्चिमाञ्चलको एक क्षेत्र तथा घाटी; यसै नामको एक हिमाल।
82704 व्यासमापक वि. व्यासलाई नाप्ने (यन्त्र )।
82705 व्यासार्ध ना. १. कुनै वृत्तको आधा भाग।
82706 व्यासार्ध ना. २. कुनै वृत्तको केन्द्रदेखि परिधिको कुनै विन्दुसम्मको सोझो रेखा।
82707 व्याहृति ना. १. उक्ति; कथन; अभिव्यक्ति।
82708 व्याहृति ना. २. गायत्रीमन्त्रको प्रारम्भमा आउने सात लोकका प्रतीक तीन शब्द; भूः भुवः, स्वः आदि त्रिलोकात्मक मन्त्र।
82709 व्युत्क्रम ना. १. कुनै वस्तु वा कामकुरा जुन क्रममा हुनुपर्ने हो त्यस क्रममा नरहने क्रम; क्रमभङ्ग; व्यतिक्रम।
82710 व्युत्क्रम ना. २. मर्यादाको उल्लङ्घन; मर्यादाको अतिक्रमण।
82711 व्युत्पत्ति ना. १. प्रकृति र प्रत्ययको विभाजनपूर्वक शब्दको विग्रह गर्ने क्रिया; कुनै शब्दको प्रकृति, प्रत्यय र त्यसको मूल रूपको निरूपण गर्ने क्रिया।
82712 व्युत्पत्ति ना. २. व्युत्पत्तिप्रक्रियाको ज्ञान।
82713 व्युत्पत्ति ना. ३. छन्द, व्याकरण, कला, लोकस्थिति, परपदार्थको विज्ञान आदिबाट गरिने योग्यायोग्यको विवेक।
82714 व्युत्पत्ति ना. ४. विशेष किसिमबाट भएको उत्पत्ति; उत्पत्तिको प्रक्रिया।
82715 व्युत्पत्तिमूलक वि. व्युत्पत्तिमा आधारित भएको; व्युत्पत्तिप्रधान।
82716 व्युत्पत्तिशास्त्र ना. कुनै भाषामा भएका शब्दहरू र तिनमा भएको ध्वनिपरिवर्तन तथा अर्थपरिवर्तनको निरूपण गर्ने शास्त्र; शब्दहरूको व्युत्पत्तिसम्बन्धी शास्त्र।
82717 व्युत्पन्न वि. १. राम्रोनराम्रो, सत्यअसत्य छुट्ट्याउने क्षमता भएको; विचारशील।
82718 व्युत्पन्न वि. २. पढेलेखेको; देखेसुनेको; विद्वान्।
82719 व्युत्पन्न वि. ३. कुनै विषयको विशेषज्ञ।
82720 व्युत्पन्न वि. ४. कुनै मूलशब्दमा परसर्ग, पूर्वसर्ग आदि जोडिई बनेको; विशेष व्याकरणिक प्रक्रियाबाट बनेको (शब्द)।
82721 व्युत्पादक वि. १. व्युत्पन्न गराउने; ज्ञान बढाउने।
82722 व्युत्पादक वि. २. व्युत्पत्ति देखाउने।
82723 व्युत्पादक वि. ३. विशेष किसिमको वस्तु तयार गर्ने।
82724 व्युत्पादन ना. व्युत्पन्न गराउने क्रिया।
82725 व्यूढ वि. १. क्रममा राखिएको; ठाउँ मिलाएर राखिएको।
82726 व्यूढ वि. २. सेनापतिहरूद्वारा संरक्षण गरिएको ( सैन्य )।
82727 व्यूढ वि. ३. कसिएको र फैलिएको; विशाल (छाती)।
82728 व्यूढ वि. ४. विहित।
82729 व्यूह ना. १. समुदाय; समूह।
82730 व्यूह ना. २. निर्माण; रचना।
82731 व्यूह ना. ३. लडाइँमा सैनिकहरूलाई विशेष किसिमले क्रम मिलाएर राख्ने तरिका; सैन्यविन्यास।
82732 व्यूह ना. ४. विशेष खालको तर्कवितर्क।
82733 व्यूहनिर्माण ना. व्यूहरचना।
82734 व्यूहभङ्ग ना. १. युद्धमा सेनाको व्यूह तोड्ने वा भत्काउने काम।
82735 व्यूहभङ्ग ना. २. सेनाको डफ्फालाई तितरबितर पार्ने काम।
82736 व्यूहरचना ना. लडाइँको मैदानमा शत्रुसँग भिड्दा आफ्नो पक्षको सुरक्षाका निम्ति सेनालाई विशेष क्रममा मिलाएर राख्ने काम; फौजी नाकाबन्दी; व्यूहनिर्माण।
82737 व्योम ना. आकाश; नभ; गगन।
82738 व्योमचारी वि. १. आकाशमा विचरण गर्ने; आकाशमा उड्ने; आकाशचारी । ना.
82739 व्योमचारी वि. २. देवता।
82740 व्योमचारी वि. ३. पक्षी।
82741 व्योममण्डल ना. १. झन्डा; पताका।
82742 व्योममण्डल ना. २. आकाश।
82743 व्योमयान ना. आकाशमार्गमा उड्ने यान; विमान; हवाईजहाज; चिलगाडी।
82744 व्रज ना. १. मथुरा र वृन्दावनको नजिकको एक क्षेत्र; मथुराको उत्तरतिरको एक क्षेत्र।
82745 व्रज ना. २. मार्ग।
82746 व्रज ना. ३. समूह।
82747 व्रजभाषा ना. मथुराको आसपासका क्षेत्रमा बोलिने एक स्थानीय भाषा; रीतिकालीन हिन्दी साहित्यका रचनाको प्रमुख माध्यम बनेको भाषा।
82748 व्रजवधू ना. व्रजवासी स्त्रीहरू; गोपिनीहरू; गोपिका।
82749 व्रजेश ना. कृष्ण।
82750 व्रत ना. १. शारीरिक, मानसिक शुद्धताका निम्ति वा धार्मिक उद्देश्यले संयम, नियमपूर्वक गरिने देवताको आराधना, उपासना आदि।२. देवादिको आराधना, पूजाआजाका साथ वा पूजा आदि नगरीकनै निराहार वा फलाहार गरी बस्ने काम।