Dictionary

All Word

82801 शक्तिग्रह ना. शब्दका विभिन्न प्रकारका अर्थ बुझाउने वृत्ति वा शक्तिको ज्ञान।
82802 शक्तिघर ना. बिजुली आदि शक्ति पैदा हुने ठाउँ वा घर; शक्तिभण्डार (पावर हाउस)।
82803 शक्तित्रय ना. १. राज्यका प्रमुख तीन शक्ति (प्रभुशक्ति, मन्त्रशक्ति र उत्साहशक्ति)।
82804 शक्तित्रय ना. २. शब्दका तीन किसिमका अर्थ बुझाउने शक्ति (अभिधा, लक्षणा र व्यञ्जना)।
82805 शक्तिमत्ता ना. शक्तिमान् हुनाको चाल वा स्थिति।
82806 शक्तिमान वि. शक्ति भएको; सामर्थ्यवान्; बलवान्।
82807 शक्तिशाली वि. शक्ति वा सामर्थ्यले युक्त; शक्तिमान्।
82808 शक्तिसम्पन्न वि. शक्तिले भरपुर; बलियो र आँटी।
82809 शङ्कर ना. १. शिव; महादेव। वि.
82810 शङ्कर ना. २. आनन्द वा समृद्धि दिने; कल्याण गर्ने; मङ्गलमय। (उदा.- शङ्कर सहाय छन् ता भयङ्करको के डर? - उखान )।
82811 शङ्कराचार्य ना. इस्वीको आठौँ शताब्दीका प्रसिद्ध आचार्य तथा अद्वैतवादका प्रवर्तक दार्शनिक सन्न्यासी।
82812 शङ्का ना. १. केही अनिष्ट होला कि भन्ने डर; आशङ्का; सन्देह। (उदा.- शङ्काले लङ्का पिर्छ - उखान )।
82813 शङ्का ना. २. सङ्कल्पविकल्प; द्विविधा; धरमर; दोधार।
82814 शङ्काजनक वि. शङ्का पैदा गर्ने; संशयमा पार्ने।
82815 शङ्कालु वि. शङ्का गर्ने स्वभावको; मनमा शङ्का लिइरहने।
82816 शङ्कास्पद वि. शङ्का गर्ने स्वभावको; मनमा शङ्का गर्न सकिने स्थितिको; सन्देहास्पद।
82817 शङ्कित वि. शङ्का गरिएको; शङ्कास्पद।
82818 शङ्की वि. शङ्का गर्ने स्वभावको; डराउने (प्रायः उपसर्ग लाग्दा वा समासको अन्तमा प्रयुक्त हुने, जस्तै- आशङ्की, विशङ्की, अनिष्टशङ्की, पापशङ्की इ.)।
82819 शङ्कु ना. १. तिखो घोच्ने हतियार (बाण, भाला आदि)।
82820 शङ्कु ना. २. भित्तातिर गाडिने किलो, खुटी, मेख आदि वस्तु।
82821 शङ्कु ना. ३. घडीको श केन्द्रमा रहने सुइरो।
82822 शङ्कु ना. ४. पातको डाँठ वा भेटनु।
82823 शङ्कु ना. ५. प्राचीन कालमा प्रचलित बाह्र अङ्गुलको नाप।
82824 शङ्कु ना. ६. झिना सिङ हुने एक जातको मृग।
82825 शङ्ख ना. १. समुद्रमा पाइने घुँगी जातका किराको ढुङ्गाजस्तो साह्रो गुँड वा खबटो; त्यसैको अघि युद्धमा शत्रुपक्षलाई हाँक र स्वपक्षलाई उत्साह दिन बजाइने र अचेल कुनै माङ्गलिक कार्य वा पूजाआजामा दोहोरो र बाहुनक्षेत्रीका मलाममा एकोहोरो बजाइने बाजा।
82826 शङ्ख ना. २. औँलाका टुप्पामा हुने एकातिर बगेर गएजस्तो आकृतिको रेखात्मक चिनु।
82827 शङ्ख ना. ३. सय पद्मको सङ्ख्या वा गणना।
82828 शङ्ख ना. ४. कुबेरका नौ निधिमध्ये एक।
82829 शङ्ख ना. ५. विष्णुद्वारा मारिएको एक राक्षस; शंखासुर।
82830 शङ्खचक्र ना. १. औंलाका टुप्पामा हुने शङ्ख वा पाङ्ग्राजस्तो रेखात्मक चिह्न।
82831 शङ्खचक्र ना. २. पुराणअनुसार विष्णुको बाजा।
82832 शङ्खपुष्पिका ना. १. सेतो अपराजिता; सिन्काउली।
82833 शङ्खपुष्पिका ना. २. जुही।
82834 शङ्खवाद विशेष उपलक्ष्यका अवसरमा राजदरबारमा शङ्ख फुक्ने अधिकारी।
82835 शङ्खविष ना. शङ्खिया; सङ्खिया।
82836 शङ्खाकृति ना. शङ्खको जस्तो एकापट्टि समतल परेको र अर्कापट्टि साँघुरिँदै चुच्चिएको आकृति वा कुनै लामो गोलाकार वस्तु।
82837 शङ्खास्थि ना. कन्चटको हाड।
82838 शङ्खिनी ना. कामशास्त्रका अनुसार चार प्रकारका स्त्रीमध्ये एक; लाम्चा लाम्चा आँखा हुने, घाँटीमा तीन रेखा भएकी कामक्रीडामा रसिली तथा गुणशीलतायुक्त सुन्दर स्त्री।
82839 शची ना. इन्द्रकी पत्नीको एक नाम; इन्द्राणी।
82840 शटा ना. १. लामो, लट्टा परेको कपाल; जटा।
82841 शटा ना. २. सिंहको जगल्टा; केसर।
82842 शटा ना. ३. घोडाको याल।
82843 शटा ना. ४. वृक्षको जरा।
82844 शठ वि १. बुद्धि नभएको; मूर्ख; स्वाँठ।
82845 शठ वि २. छल गर्ने; धूर्त; कपटी। ना.
82846 शठ वि ३. मूर्ख व्यक्ति।
82847 शठता ना. १. मूर्खता; स्वाँठ चाल।
82848 शठता ना. २. छलीपना; कपट्याइँ; धूर्तता।
82849 शण ना. सन।
82850 शणसूत्र ना. सनपाटको धागो; सनपाट।