Dictionary

All Word

82751 व्रत ना. ३. नियतकालका निम्ति वा सधैँ केही वास्तु मात्र खाने वा कुनै वस्तु उपभोग गर्ने वा नगर्ने नियमको पालन।
82752 व्रतचर्या ना. धार्मिक अनुष्ठान; व्रत बस्ने काम।
82753 व्रतपारायण ना. १. व्रतका अन्तमा गरिने जल, प्रसाद आदिको भोजन; व्रतान्त भोजन।
82754 व्रतपारायण ना. २. व्रतको समाप्तिका अवसरमा व्रतमा भएको कमी वा त्रुटि पूरा गर्न गरिने धार्मिक कार्य।
82755 व्रतपारायण ना. ३. व्रतको समाप्ति; साङ्गे।
82756 व्रतबन्ध ना. ब्राह्मण, क्षत्रिय, वैश्यका षोडश संस्कारमध्ये एक; उपनयनसंस्कार।
82757 व्रती वि. व्रत बस्ने; बर्तालु।
82758 व्रात्य ना. समय वा उमेरअनुसार गर्नुपर्ने यज्ञोपवीत आदि संस्कार नगरेको व्यक्ति; पतित व्यक्ति।
82759 व्रीडा ना. १. लाज; लज्जा; सरम।
82760 व्रीडा ना. २. असजिलोपन।
82761 देवनागरी वर्णमालाको तिसौँ व्यञ्जनवर्ण; नेपालीमा 'स' बाट व्यतिरेक नभएको; संस्कृत व्याकरणअनुसार तालव्य तर स्तरीय नेपाली उच्चारणअनुसार तालु-दन्तमूलीय, अघोष, अल्पप्राण, ऊष्म, वर्ण; लेख्य रूपमा सो वर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न; तालव्य श; मोटो श।
82762 शक ना. १. आदिम थलो कृष्णसागर छेउछाउमा भएको तथा ग्रिक सिथियनसँग मिल्दोजुल्दो मानिने एक प्राचीन आर्यजाति।
82763 शक ना. २. एक प्राचीन राजाको नाम; शालिवाहन।
82764 शक ना. ३. शक संवत्।
82765 शकट ना. १. गोरु, राँगा आदिले तान्ने चक्कावाल गाडा वा यान।
82766 शकट ना. २. दुई हजार पल वा तीन मन बराबर हुने, प्राचीन समयका जोखाइको परिमाण अथवा मान।
82767 शकटिका ना. सानो शकट वा गाडा।
82768 शकर ना. सखर।
82769 शकरकन्द ना. सखरखण्ड।
82770 शकरपाला ना. सखरपाला।
82771 शकल ना. १. बोक्रो; वल्कल।
82772 शकल ना. २. टुक्रो; खण्ड।
82773 शकसंवत् ना. इस्वी सन्भन्दा अठहत्तर वर्षपछि र विक्रम संवत्भन्दा एक सय पैँतिस वर्षपछि आरम्भ भएको शालिवाहनको नाममा प्रसिद्ध एक संवत्।
82774 शकाब्द ना. शक संवत्को वर्ष।
82775 शकार ना. उष्म वर्णको प्रथम अक्षर।
82776 शकुन ना. १. कुनै कामको थालनीमा झल्किने वा देखिने शुभ वा अशुभ लक्षण।
82777 शकुन ना. २. कुनै माङ्गलिक कार्यका निम्तिको साइत; मुहूर्त।
82778 शकुन ना. ३. सगुन।
82779 शकुनशास्त्र ना. शकुन र त्यसको शुभ वा अशुभ फल बताउने शास्त्र; शकुनौती।
82780 शकुनि ना. १. चरो, पक्षी (खास गरी कुखुरो, चिल, गिद्ध, बाज आदि)।
82781 शकुनि ना. २. धृतराष्ट्रकी पत्नी गान्धारीको भाइ र दुर्योधनको मामा; महाभारतको एक दुष्ट पात्र। वि.
82782 शकुनि ना. ३. अनुचित सल्लाह दिने वा कूटनीतिक चाल चल्ने; कपटी; जुवाडे।
82783 शकुनी वि. शकुन वा साइत हेर्ने; शकुनको ज्ञाता।
82784 शकुनौती ना. शकुनसम्बन्धी कुरा वा मुहूर्तको विचार गर्ने विद्या; शकुनशास्त्र।
82785 शकुन्त ना. १. पक्षी; चरो।
82786 शकुन्त ना. २. नीलकण्ठ पक्षी; ठेउवा।
82787 शकुन्तक ना. पक्षी; चरो।
82788 शकुन्तला ना. १. विश्वामित्रको तपस्या भङ्ग गर्नका निम्ति इन्द्रद्वारा स्वर्गबाट पठाइएकी मेनका अप्सराबाट जन्मेकी विश्वामित्रकी पुत्री। (मेनका स्वर्ग फर्कँदा बालिकालाई एकान्त जङ्गलमा छोडेको र शकुन्त (पक्षी) हरूले तिनको रक्षा गरेकाले शकुन्तला नाम रहेको भनिन्छ)।
82789 शकुन्तला ना. २. कण्व ऋषिकी धर्मपुत्री, दुष्यन्तकी रानी र भरतकी आमा।
82790 शक्त वि. १. शक्ति वा सामर्थ्य भएको; समर्थ; सक्षम; योग्य।
82791 शक्त वि. २. तागतदार; बलियो; दह्रो।
82792 शक्ति ना. १. तन, मन वा धनका रूपमा रहने सामर्थ्य; जोड; बल; तागत; पराक्रम।
82793 शक्ति ना. २. राज्यमा रहने प्रमुख तत्त्व (प्रमुख उत्साह, मन्त्रणा आदि )।
82794 शक्ति ना. ३. सक्रिय दैवी सामर्थ्यका रूपमा रहेका देवपत्नी वा स्त्रीदेवता ( इन्द्राणी, वैष्णवी, ब्रह्माणी, ब्रह्मवादिनी, कौमारी, नारसिंही र वाराही )।
82795 शक्ति ना. ४. ईश्वरीय प्रकृति वा माया।
82796 शक्ति ना. ५. शब्दका विविध अर्थ बुझाउने तीन सामर्थ्य वा अर्थशक्ति (अभिधा, लक्षणा र व्यञ्जना )।
82797 शक्ति ना. ६. वाष्प, ऊर्जा वा बिजुलीबाट पैदा हुने सामर्थ्य; क्षमता।
82798 शक्ति ना. ७. भग; योनि (तन्त्रमा)।
82799 शक्ति ना. ८. प्रहार गरिने अस्त्र (भाला, बर्छा आदि)।
82800 शक्ति ना. ९. वास्तु वा मूर्तिमा नौ अमल बराबरको नाप; नौ अङ्गुल; मात्राको नौगुना बराबरको नाप; प्रादेश, सूत्र, ग्रह वा द्वार बराबरको नाप।