Dictionary

All Word

82601 व्याकरणात्मक वि. व्याकरणका नियमानुसार हुने; व्याकरणमा आधारित (लिङ्गव्यवस्था, वाक्यगठन आदि)।
82602 व्याकरणी वि. व्याकरणशास्त्रको ज्ञाता; वैयाकरणी।
82603 व्याकुल वि. १. कुनै दुःख वा पिरले गर्दा मनमा शान्ति नभएको; विकल।
82604 व्याकुल वि. २. आत्तिएको; हडबडाएको।
82605 व्याकुलता ना. व्याकुल हुनाको भाव वा स्थिति; अत्यास; विकलता।
82606 व्याकुलित वि. १. व्याकुल भएको।
82607 व्याकुलित वि. २. आत्तिएको; हडबडाएको; मन अस्थिर भएको; व्यग्र।
82608 व्याख्या ना. १. अर्थ स्पष्ट नभएको कुनै पद, वाक्य कविता आदिको अर्थ र भाव स्पष्ट खुलाउने विवरण; टीका।
82609 व्याख्या ना. २. कुनै कुरा, घटना, दृश्य आदिको खुलस्त वर्णन; व्याख्यान।
82610 व्याख्याकार वि. अर्थ स्पष्ट नभएको कुनै पद, वाक्य कविता आदिको अर्थ र भाव स्पष्ट गरी टीका लेख्ने; टीकाकार।
82611 व्याख्याक्रम ना. कुनै जटिल पद, वाक्य, कविता आदिको व्याख्या गर्ने क्रम।
82612 व्याख्याता वि. व्याख्याकार।
82613 व्याख्यात्मक वि. १. व्याख्याले युक्त; व्याख्यासहितको।
82614 व्याख्यात्मक वि. २. व्याख्याको उद्देश्यले भएको वा तयार पारिएको।
82615 व्याख्यान ना. १. व्याख्या वा वर्णन गर्ने काम; भाषण; वक्तृता।
82616 व्याख्यान ना. २. व्याख्या।
82617 व्याख्यान पीठ ना. भाषण वा प्रवचन दिन बनाइएको अग्लो मञ्च; व्याख्यान दिन तयार पारिएको मञ्च।
82618 व्याख्यानमाला ना. लगातार एकपछि अर्को गरेर दिइने व्याख्यानको क्रम।
82619 व्याख्यान विधि ना. प्रवचन वा व्याख्यान दिने पद्धति।
82620 व्याख्यान शिरोमणि ना. व्याख्यान गर्नमा निपुण; श्रेष्ठ व्याख्याता।
82621 व्याख्येय वि. १. व्याख्या गर्नुपर्ने वा व्याख्या गर्न लायक।
82622 व्याख्येय वि. २. भाषण गर्न हुने वा गर्न योग्य।
82623 व्याख्येयता ना. व्याख्येय हुनाको भाव वा अवस्था; व्याख्या गर्न लायक स्थिति।
82624 व्याघात ना. १. ठुलो चोट; आघात।
82625 व्याघात ना. २. बाधा; विघ्न।
82626 व्याघात ना. ३. दुइटा कुरो वा भनाइमा रहेको पारस्परिक विरोध; कुरा बाझिएको स्थिति।
82627 व्याघात ना. ४. ज्योतिषका आयुष्मान् आदि योगमध्ये एक अशुभ योग।
82628 व्याघात ना. ५. कुनै उपायद्वारा सिद्ध गरिएको वस्तुलाई त्यसै उपायले विपरीत सिद्ध गर्दा हुने एक अर्थालङ्कार।
82629 व्याघात ना. ६. बिग्रने वा नासिने काम।
82630 व्याघात ना. ७. खण्डन।
82631 व्याघातक वि. बिगार्ने वा नास्ने; काम चौपट पार्ने; व्यघात गर्ने।
82632 व्याघाती वि. १. व्याघात गर्ने; व्याघातक।
82633 व्याघाती वि. २. बाधकी।
82634 व्याघ्र ना. बाघ।
82635 व्याघ्रचर्म ना. बाघको छाला; बघम्बर।
82636 व्याघ्रनख ना. १. बाघको नङ; नङ्ग्रा।
82637 व्याघ्रनख ना. २. बाघको नङ्ग्राको आकारको, हातमा लगाएर शत्रु वा रिस उठेको मानिसलाई चिथोर्ने एक हतियार।
82638 व्याघ्री ना. बघिनी।
82639 व्याज ना. १. झुक्याउने काम; छल; कपट; धोका।
82640 व्याज ना. २. वास्तविक नभएर देखावटी कारण; निहुँ; बहाना।
82641 व्याजनिन्दा ना. सरसरती हेर्दा प्रशंसा गरेजस्तो देखिने तर वास्तवमा निन्दा गरिएको हुँदा हुने एक अर्थालङ्कार; वाच्यार्थ स्तुति, व्यङ्ग्यार्थ निन्दा हुँदा हुने एक अर्थालङ्कार।
82642 व्याजस्तुति ना. सरसरती हेर्दा निन्दा गरिएको जस्तो देखिने तर वास्तवमा प्रशंसा गरिएको हुँदा हुने एक अर्थालङ्कार; वाच्यार्थ निन्दा व्यङ्ग्यार्थ स्तुति हुँदा हुने एक अर्थालङ्कार।
82643 व्याजोक्ति ना. १. वास्तविक आशय त्यस्तो नभएर देखावटी रूपमा मात्र भनिएको भनाइ।
82644 व्याजोक्ति ना. २. एकपल्ट मुखबाट फुस्किसकेको वा प्रकट भइसकेको कुरालाई ढाकछोप गर्ने अर्थ जनाउँदा हुने एक अर्थालङ्कार।
82645 व्यादान ना. मुख बाउने काम; मुख फट्टाउने काम।
82646 व्याधा ना. मासु खान वा मनोविनोद गर्न जङ्गली पशुपक्षीलाई मार्ने व्यक्ति; जङ्गली पशुपक्षीलाई मारेर जीविका चलाउने व्यक्ति; सिकारी।
82647 व्याधि ना. १. शारीरिक रोग; व्यथा।
82648 व्याधि ना. २. सङ्कट।
82649 व्याधि ना. ३. वेदना।
82650 व्याधि ना. ४. साहित्यमा एक सञ्चारी भाव।