Dictionary

All Word

82651 व्याधि ना. ५. साहित्यमा पूर्वरागका दश दशामध्ये एक।
82652 व्याधित वि. रोगग्रस्त; व्याधिग्रस्त।
82653 व्यान ना. पाँच वायुमध्ये शरीरभरि व्याप्त भएर रहने वायु।
82654 व्यापक वि. १. आफ्नो चारैतिर फैलिएको; सर्वत्र फिँजिएको।
82655 व्यापक वि. २. चारैतिर ढाकेर रहेको; अत्यन्त ठुलो; विस्तृत।
82656 व्यापक वि. ३. चारैतिर प्रभाव पार्ने।
82657 व्यापकता ना. व्यापक हुनाको भाव; आफ्नो चारैतिर फैलने क्रिया; विस्तृति; फैलावट।
82658 व्यापार ना. १. लाभका निम्ति कुनै वस्तु वा मालसामान खरिद गरेर वा उत्पादन गरेर बिक्री गर्ने काम; किन्नेबेच्ने काम; वाणिज्य; बेपार।
82659 व्यापार ना. २. व्यवसाय।
82660 व्यापार ना. ३. फलको इच्छाले वा त्यसै पनि कर्ताले गर्ने कुनै काम।
82661 व्यापार कर ना. १. व्यापार गर्दा बिक्री भएका वस्तुमाथि लाग्ने कर।
82662 व्यापार कर ना. २. व्यापारमा लाग्ने निर्धारित कर।
82663 व्यापार चिह्न ना. व्यापारीले अरूका मालदेखि भिन्न देखाउन आफ्ना मालमा लगाउने विशेष चिह्न; व्यापारचिह्न।
82664 व्यापार प्रवर्धन समिति ना. नेपालमा उत्पादित विभिन्न प्रकारका उपयोगी मालसामानहरूको विदेशीहरूसँग हुने व्यापारमा विविधीकरणका साथै उत्तरोत्तर वृद्धि गर्नगराउन गठन गरिएको समिति।
82665 व्यापार मण्डल / सङ्घ ना. १. आफ्नो हक, हितको संरक्षण र संवर्धन गर्न व्यापारीहरू मिलेर गठन गरिएको संस्था; व्यापारीहरूको प्रतिनिधि संस्था।
82666 व्यापार मण्डल / सङ्घ ना. २. व्यापार गर्नका निम्ति केही व्यक्तिहरू मिली संयुक्त रूपमा पुँजी लगाई बनाइएको सामूहिक रूप; व्यापारकम्पनी।
82667 व्यापारिक वि. १. व्यापारसम्बन्धी।
82668 व्यापारिक वि. २. व्यापार विषयको।
82669 व्यापारिक ऋण ना. व्यापार गर्ने उद्देश्यले लिइएको ऋण।
82670 व्यापारिक संस्था ना. व्यापारसंस्था।
82671 व्यापारी ना. व्यापार गर्ने व्यक्ति; बेपारी।
82672 व्यापी वि. १. व्याप्त हुने; सबैतिर फैलिने। ना.
82673 व्यापी वि. २. स्थान र कालबोधक नामवाची शब्दका पछिल्तिर जोडिएर 'त्यो स्थान र काललाई व्याप्त गरेर रहेको' भन्ने अर्थ बुझाई पूरै पद विशेषण बन्ने शब्द (जस्तै- विश्वव्यापी, युगव्यापी, सर्वव्यापी आदि)।
82674 व्याप्त वि. १. चारैतिर फैलिएको; जतासुकै फिँजिएको; ढाकिएको।
82675 व्याप्त वि. २. राम्ररी भरिएको; परिपूर्ण।
82676 व्याप्त वि. ३. चारैतिरबाट घेरिएको; बेरिएको।
82677 व्याप्त वि. ४. विशेष किसिमबाट प्राप्त।
82678 व्याप्ति ना. १. व्याप्त हुनाको भाव वा अवस्था; व्याप्त भएर रहने काम; व्यापकता।
82679 व्याप्ति ना. २. न्यायशास्त्रअनुसार एक पदार्थ अर्को पदार्थमा पूर्ण रूपले मिल्ने काम।
82680 व्याप्ति ना. ३. परिपूर्णता।
82681 व्याम ना. दुवै हात काँधका सो दुवैतिर फैलाउँदा एक हातका औँलाका टुप्पादेखि अर्को हातका औंलाका टुप्पासम्मको लमाइको नाप।
82682 व्यामोह ना. १. ज्ञानको अभाव; अज्ञान; अविद्या।
82683 व्यामोह ना. २. गहिरो सम्मोह।
82684 व्यायाम ना. १. शरीरलाई स्वस्थ तथा तन्दुरुस्त बनाउन र शक्ति तथा स्फूर्ति प्राप्त गर्न नियमित रूपमा गरिने शारीरिक श्रम; कसरत।
82685 व्यायाम ना. २. परिश्रम।
82686 व्यायाम ना. ३. फैलाउने काम; लम्म्याउने काम।
82687 व्यायाम ना. ४. लमाइ।
82688 व्यायाम भूमि ना. व्यायामस्थल; व्यायामशाला।
82689 व्यायामशाला ना. व्यायाम गरिने घर; कसरत गर्ने ठाउँ; व्यायामभूमि; अखाडा।
82690 व्यायामी वि. नियमित रूपमा कसरत गर्ने; व्यायाम गर्ने।
82691 व्यायोग ना. एउटै मात्र अङ्क; प्रसिद्ध कथानक; गर्भ र विमर्शबाहेक अरू तीन सन्धि, शान्तबाहेक अरू रस प्रधान हुने एक रूपक; दशरूपकमध्ये एक।
82692 व्यावसायिक वि. १. कुनै व्यवसायसित सम्बन्ध भएको; व्यवसायसम्बन्धी।
82693 व्यावसायिक वि. २. विभिन्न व्यवसाय वा पेसाको आधारमा हुने वा गरिने (क्षेत्र, प्रतिनिधित्व आदि)।
82694 व्यावसायिक सङ्गठन ना. विभिन्न पेसामा संलग्न व्यक्तिहरूले आफ्नो हक र हितको संरक्षण तथा संवर्द्धनका उद्देश्यले खडा गरेको संस्था; व्यवसायसित सम्बद्ध व्यक्तिहरूको प्रतिनिधि-सङ्गठन।
82695 व्यावहारिक वि. १. व्यवहारमा चल्ने वा चलेको।
82696 व्यावहारिक वि. २. व्यवहार जानेको; व्यवहारमा सिपालु।
82697 व्यावहारिक वि. ३. व्यवहारअनुकूल हुन जान्ने।
82698 व्यावहारिकता ना. व्यावहारिक हुनाको भाव वा स्थिति।
82699 व्यास ना. १. वेदका मन्त्रहरूको सङ्ग्रह गर्ने र तिनलाई तीन भागमा विभक्त गर्ने पुराणप्रसिद्ध एक ऋषि; पुराणहरूका निर्माता वा सम्पादनकर्ता ऋषि; वेदव्यास; कृष्णद्वैपायन।
82700 व्यास ना. २. पुराण भन्ने व्यक्ति; पुराणका वक्ता वा वाचक।