Dictionary

All Word

82451 व्यक्तित्व विकास ना. व्यक्तिको व्यक्तिगत गुण वा विशेषतालाई विकसित पार्ने वा हुने काम।
82452 व्यक्ति पूजा ना. कुनै देश वा समाजको जनसमुदायलाई भन्दा एउटा व्यक्तिलाई महत्त्व दिने काम; कुनै व्यक्तिविशेषलाई मात्र विशेष महत्त्व प्रदान गर्ने तथा उसको गुणगान गर्ने काम।
82453 व्यक्तिप्रधान वि. १. व्यक्तिलाई प्रधानता दिने; व्यक्तिको महत्त्व भएको।
82454 व्यक्तिप्रधान वि. २. आवश्यकताअनुसार बाहिरी कुरालाई ग्रहण गरिएको भए तापनि कवि वा लेखकका निजी विशेषताले प्रधानता पाएको (अभिव्यक्ति, शैली आदि)।
82455 व्यक्ति राजनीति ना. व्यक्तिव्यक्तिमा सीमित राजनीति।
82456 व्यक्ति भाषा ना. भाषिका क्षेत्रभित्रका कुनै व्यक्तिद्वारा बोलिने शब्दरूप, वाक्यगठन र व्यक्तिगत केही भिन्नता भएको भाषा।
82457 व्यक्तिवाद ना. १. अरूको वास्तै नगरी व्यक्तिगत स्वार्थ मात्र सिद्ध गर्न खोज्ने विचार वा मत।
82458 व्यक्तिवाद ना. २. सम्भव भएसम्म हरेक क्षेत्रमा व्यक्ति स्वतन्त्र हुनुपर्छ र उसमाथि राज्य वा समाजको कम नियन्त्रण हुनुपर्छ भनी मान्ने राजनीतिक सिद्धान्त; समूहवादको विपरीतवाद।
82459 व्यक्तिवादी वि. १. व्यक्तिवादमा विश्वास गर्ने; व्यक्तिवादको समर्थक वा अनुयायी।
82460 व्यक्तिवादी वि. २. व्यक्तिवादसम्बन्धी; व्यक्तिवादको।
82461 व्यक्तिवृत्त ना. व्यक्तिको वैयक्तिक जीवनको सम्पूर्ण र यथार्थ वृत्तान्त; व्यक्तिको निजी जीवनसँग सम्बन्धित तथ्य; बायोडाटा।
82462 व्यक्तीकरण ना. व्यक्त वा प्रकट गर्ने क्रिया वा प्रक्रिया।
82463 व्यक्तीकृत वि. स्पष्ट वा प्रकट गरिएको; स्पष्टीकृत।
82464 व्यक्त्याइ ना. व्यक्तिने भाव, क्रिया वा प्रक्रिया।
82465 व्यक्त्याइनु क.क्रि. व्यक्त गरिनु वा गराइनु।
82466 व्यक्त्याउनु स.क्रि. व्यक्त गर्नु; प्रकटमा ल्याउनु।
82467 व्यग्र वि. व्याकुल; विह्वल।
82468 व्यग्रता ना. व्यग्र हुनाको भाव वा अवस्था; व्याकुलता।
82469 व्यङ्ग वि. १. शरीर वा अङ्ग नभएको; शरीरहीन।
82470 व्यङ्ग वि. २. शरीरमा कुनै एक अङ्ग नभएको (कानो, खोरन्डो, लँगडो आदि)।
82471 व्यङ्ग्य वि. १. अभिधा र लक्षणाभन्दा भिन्न व्यञ्जनावृत्तिद्वारा बोध हुने; बलाघातद्वारा अर्कै गहिरो अर्थ झल्कने पारिएको; एउटा कुरा भने झैँ गरी अर्को कुरा भनिएको; छेड हानिएको। ना.
82472 व्यङ्ग्य वि. २. अभिधा र लक्षणाभन्दा भिन्न व्यञ्जनाद्वारा बुझिने गूढार्थ; साङ्केतिक अर्थ।
82473 व्यङ्ग्य वि. ३. छनक।
82474 व्यङ्ग्यचित्र ना. कुनै व्यक्ति वा घटनालाई लक्ष्य गरी त्यसमा भएको नराम्रो पक्षको व्यङ्ग्यपूर्वक उपहास गरेर लेखिएको चित्र; कार्टुन।
82475 व्यङ्ग्यविनोद ना. व्यङ्ग्यवार्ता, प्रहसन, कुराकानी र अभिनयद्वारा मनोरञ्जन गर्ने, मन बहलाउने वा आनन्द लिने काम।
82476 व्यङ्ग्यात्मक वि. कुनै व्यक्ति वा घटनाप्रति व्यङ्ग्य गरिएको; छेडखानीले भरिएको; छेड हानिएको; व्यङ्ग्यपूर्ण।
82477 व्यङ्ग्यार्थ ना. वाच्यार्य र लक्ष्यार्थभन्दा भिन्न किसिमको, व्यञ्जनावृत्तिद्वारा बोध हुने विशेष चमत्कारी अर्थ; ध्वन्यर्थ।
82478 व्यङ्ग्योक्ति ना. १. सोझै नभनेर घुमाउरो पाराले भनिएको कुरो वा कथन भएको उक्ति।
82479 व्यङ्ग्योक्ति ना. २. छेडखान गरेर भनिएको कुरो; व्यङ्ग्यपूर्ण उक्ति; छेड।
82480 व्यञ्जक वि. १. व्यञ्जनाद्वारा अर्थबोध गराउने सामान्य अर्थका अतिरिक्त व्यङ्ग्यार्थलाई पनि व्यक्त गर्ने (शब्द)।
82481 व्यञ्जक वि. २. व्यङ्ग्यार्थ प्रकट गर्ने, बुझाउने वा व्यङ्ग्य भाव जनाउने ( शब्द)। ना.
82482 व्यञ्जक वि. ३. नाटकमा आन्तरिक भाव व्यक्त गर्ने चेष्टा; हाउभाउ; अभिनय।
82483 व्यञ्जन ना. १. सास, घोक्रो र मुख हुँदै, बाधा एवं सङ्कीर्णता बेहोर्दै, खण्डित प्रवाहका साथ टड्कारो घर्षण उत्पन्न गर्दै बाहिर निस्कने सघोष तथा अघोष ध्वनि; स्वरको सहायताविना स्वतन्त्र रूपले उच्चरित हुने वर्ण; स्वरहीन वर्ण; कदेखि हसम्मका वर्ण।
82484 व्यञ्जन ना. २. कुनै अर्थ वा कुनै कुरालाई व्यक्त गर्ने क्रिया; प्रकटगराइ।
82485 व्यञ्जन ना. ३. मुख्य भोजनलाई स्वादिष्ट बनाउने दाल, तरकारी, अचार आदि सहायक भोज्यपदार्थ।
82486 व्यञ्जनसन्धि ना. दुई व्यञ्जनवर्णको सन्धि हुने व्याकरणिक क्रिया; हल्सन्धि (जस्तै- सत् + जन सज्जन, तत्+मय= तन्मय आदि)।
82487 व्यञ्जना ना. शब्दका अभिधा लक्षणा र व्यञ्जना तीन शक्तिमध्ये एक; वाच्यार्थ र लक्ष्यार्थभन्दा भिन्न, व्यङ्ग्यार्थ वा विशेष चमत्कारी अर्थ बुझाउने शब्दशक्ति।
82488 व्यञ्जनावृत्ति ना. १. व्यङ्ग्यात्मक रूपमा वा घुमाउरो पाराले भाव व्यक्त गर्ने वृत्ति वा शैली।
82489 व्यञ्जनावृत्ति ना. २. व्यञ्जनाशक्ति।
82490 व्यञ्जित वि. व्यञ्जनाशक्तिद्वारा बोध गराइएको; व्यक्त गरिएको; ध्वनित।
82491 व्यतिक्रम ना. १. सिलसिला टुटेको वा नमिलेको स्थिति; क्रमभङ्ग।
82492 व्यतिक्रम ना. २. कुनै क्रममा हुने बाधा वा रोकावट।
82493 व्यतिक्रम ना. ३. विधि, नियम आदिको उल्लङ्घन।
82494 व्यतिक्रम ना. ४. विघ्न; बाधा; अड्काउ।
82495 व्यतिक्रमण ना. क्रमको उलटफेर; क्रमभङ्ग; व्यतिक्रम।
82496 व्यतिरेक ना. १. परस्पर नमिल्ने विरोधी गुण वा कुरा; अन्तर; भेद।
82497 व्यतिरेक ना. २. अन्वयभन्दा भिन्न प्रक्रिया; अतिक्रमण।
82498 व्यतिरेक ना. ३. केही धर्मका आधारमा समान उपमान, उपमेयमा उपमानभन्दा केही गुणको आधिक्य वा न्यूनता भई वैधर्म्य वा फरक बुझिएमा हुने एक अर्थालङ्कार।
82499 व्यतीत वि. १. पहिले नै भइसकेको; बितेको; गुज्रेको; विगत।
82500 व्यतीत वि. २. मरेक; मृत।