Dictionary

All Word

81551 विवृत्त वि. १. चक्कर खाएको; घुमेको।
81552 विवृत्त वि. २. फर्केको; फिरेको; प्रत्यागत।
81553 विवृत्ति ना. १. विवर्तन।
81554 विवृत्ति ना. २. नभएको, नपुगेको कुरा र बढी भएको कुराबारे छलफल हुने काम वा प्रक्रिया।
81555 विवृत्ति ना. ३. विस्तार।
81556 विवेक ना. १. असलखराब, सत्यअसत्य, न्याय अन्याय आदि छुट्ट्याउने क्रिया, क्षमता वा ज्ञान।
81557 विवेक ना. २. सत्यको ज्ञान; यथार्थको ज्ञान।
81558 विवेक ना. ३. प्रकृति र पुरुषको भिन्नताको ज्ञान।
81559 विवेक ना. ४. बुद्धि; समझ।
81560 विवेकपूर्ण वि. असलखराब, सत्यअसत्य, न्यायअन्याय आदि छुट्ट्याउने शक्ति भएको; विवेकशील बुद्धिमान्।
81561 विवेकवान् वि. विवेकी; विवेक भएको (व्यक्ति)।
81562 विवेकशास्त्र ना. विवेकसम्बन्धी कुराको सैद्धान्तिक चर्चा भएको शास्त्र वा विद्या।
81563 विवेकशील वि. विवेक भएको; विवेकी स्वभावको।
81564 विवेकशून्य वि सत्यअसत्य, न्यायअन्याय, असलखराब आदि छुट्ट्याउने शक्ति नभएको; विवेक नभएको; बुद्धिहीन।
81565 विवेकाधीन वि. विवेकका भरमा अडेको; विवेकमा आश्रित।
81566 विवेकी वि. विवेकशील; विवेकवान्।
81567 विवेकवान् वि. विवेकी; विवेक भएको (व्यक्ति)।
81568 विवेचक वि. १. कुनै शास्त्रीय विषय वा विषयवस्तुको विवेचना गर्ने शक्ति भएको।
81569 विवेचक वि. २. गुणदोषको विचार गर्ने; विचारपूर्वक निर्णय गर्ने; मीमांसक; समीक्षक।
81570 विवेचन / विवेचना ना. १. राम्रोनराम्रो, सत्यअसत्य आदि छुट्ट्याउने वा पारख गर्ने काम; विवेचना; समीक्षा।
81571 विवेचन / विवेचना ना. २. सत् र असत्को विचार; छानबिन।
81572 विवेचनात्मक वि. विवेचनीय।
81573 विवेचनीय वि. राम्रोनराम्रो असलखराब आदि छुट्ट्याउनुपर्ने; गुणदोष आदि केलाउनुपर्ने; विवेचना गर्नुपर्ने; विवेचना गर्न योग्य।
81574 विवेच्य वि. विवेचना गर्न योग्य; विवेचना गर्नुपर्ने; विवेचनीय।
81575 विशङ्कु ना. ललितपुर नगरको दक्षिणपट्टिको गोदावरी जाने बाटोमा पर्ने एक गाउँ वा बस्ती।
81576 विशङ्कु नारायण ना. सोही बस्तीको पूर्वपट्टिको डाँडामा गुफाभित्र रहेको त्यसै नामले प्रसिद्ध नारायणको मूर्ति।
81577 विशद वि. १. स्वच्छ; निर्मल।
81578 विशद वि. २. विस्तृत; फराक।
81579 विशल्य वि. १. कष्ट, चिन्ता वा वेदना नभएको।
81580 विशल्य वि. २. कष्टरहित; निष्कण्टक।
81581 विशाखा ना. १. सत्ताइस नक्षत्रमध्ये सोह्रौँ नक्षत्र। वि.
81582 विशाखा ना. २. शाखा वा हाँगा नभएको (लहरा आदि)।
81583 विशारद वि. १. कुनै विषयमा दक्ष; विशेषज्ञ (जस्तो- शिक्षाविशारद, चिकित्साविशारद आदि)।
81584 विशारद वि. २. पण्डित; विद्वान्।
81585 विशारद वि. ३. उत्तम; श्रेष्ठ।
81586 विशाल वि. १. आकारप्रकार, आयतन आदिका दृष्टिले धेरै फैलिएको; ज्यादै ठुलो; बडेमाको; विस्तृत।
81587 विशाल वि. २. ज्यादै अग्लो; उन्नत।
81588 विशाल वि. ३. भव्य; सानदार।
81589 विशालता ना. विशाल हुनाको भाव वा अवस्था; फैलावट।
81590 विशाल बजार ना. १. नागरिकहरूका सामान्यतया सबैजस्ता उपभोग्य वस्तु एउटै भवनमा प्राप्त गराउने उद्देश्यले स्थापना गरिएको विशाल आकारको बजार।
81591 विशाल बजार ना. २. काठमाडौको धर्मपथमा चलेको सोही नाउँको एक बजार।
81592 विशालाक्ष वि. लामा, ठुला आँखा भएको; विशाल आँखा भएको।
81593 विशालाक्षी वि. १. लामा, ठुला आँखा हुने (स्त्री)। ना.
81594 विशालाक्षी वि. २. पार्वती।
81595 विशालाक्षी वि. ३. एक देवी वा योगिनी।
81596 विशालाक्षी वि. ४. नागदन्ती।
81597 विशिख ना. १. शर; बाण।
81598 विशिख ना. २. भालाको छाँटको एक थरी हतियार। वि.
81599 विशिख ना. ३. टुपी नभएको; शिखाहीन।
81600 विशिष्ट वि. अरूभन्दा विशेष किसिमको विशेषता भएको; माथिल्लो तहको; असाधारण।