Dictionary

All Word

81301 विरुद्ध वि. २. एकदमै नमिल्ने; उल्टो; प्रतिकूल।
81302 विरुद्ध वि. ३. नसुहाउँदो; अप्रासङ्गिक; असङ्गत।
81303 विरुद्ध वि. ४. विरोध गर्ने; असहमति; विरोधी।
81304 विरुद्ध वि. ५. शत्रु; विपक्ष; वैरी।
81305 विरुद्ध वि. ६. रोक लगाइएको; रोकिएको; अवरुद्ध। ना.
81306 विरुद्ध वि. ७. वैरभाव; शत्रुता।
81307 विरुद्ध वि. ८. विरोध; असहमति।
81308 विरुद्ध आचरण ना. नियमको विपरीत चल्ने चालचलन वा आचरण।
81309 विरुद्ध पक्ष ना. शत्रुको पक्ष; वादी वा प्रतिवादीका लागि अर्को पक्ष।
81310 विरुद्धाचरण ना. विरुद्ध आचरण; निषिद्ध व्यवहार।
81311 विरूप वि. १. नराम्रो आकृतिको; कुरूप; भद्दा।
81312 विरूप वि. २. विभिन्न रूपको; अनेक आकृतिको।
81313 विरूप वि. ३. शोभा नभएको; कान्तिहीन; श्रीहीन।
81314 विरूपाक्ष वि. १. ज्यादै भद्दा वा नराम्रो आँखा भएको। ना.
81315 विरूपाक्ष वि. २. शिव; महादेव।
81316 विरूपाक्ष वि. ३. महादेवका गणहरूमध्ये एक गण।
81317 विरूपाक्ष वि. ४. एक राक्षस।
81318 विरूपाक्ष वि. ५. एक नाग।
81319 विरूपाक्ष वि. ६. एक यक्ष।
81320 विरूपाक्ष वि. ७. एक लोकपाल।
81321 विरूपाक्ष वि. ८. किरातकालमा बनेको अनुमान गरिएको, नेपालको पशुपति आर्यघाटमा अवस्थित एक पाषाणमूर्ति।
81322 विरूपी वि. कुरूप; भद्दा; विरूप।
81323 विरेचक वि. १. पेट सफा हुने गरी दिसा लगाउने; जुलाफ गराउने (औषधी)।
81324 विरेचक वि. २. कसर, मयल आदि निकाल्ने; सफा पार्ने।
81325 विरेचन ना. १. पेटको कसरमसर फ्याँक्ने गरी दिसा लगाउने काम; जुलाफ।
81326 विरेचन ना. २. दिसा लगाएर पेट सफा गराउने औषधी।
81327 विरेचन ना. ३. दुःखान्त नाटकबाट पाठक वा दर्शकलाई करुणा र त्रास पैदा गराई मनको शुद्धीकरण गर्ने, नाट्यप्रभाव।
81328 विरोचन ना. १. सूर्य; घाम।
81329 विरोचन ना. २. चन्द्रमा; जून।
81330 विरोचन ना. ३. पौराणिक कालका प्रसिद्ध दैत्यराज बलिको बाबु; प्रह्लादको छोरो।
81331 विरोध ना. १. कुनै कामकारबाई रोक्नका निम्ति गरिने कोसिस; विपरीत प्रयत्न।
81332 विरोध ना. २. विभिन्न तर्क वा विचारको विपरीत भावना; प्रतितर्क; प्रतिविचार। ३ नमिल्दो वा उल्टो स्थिति; प्रतिकूलता।
81333 विरोध ना. ४. मतभेद; फूट।
81334 विरोध ना. ५. वैरभाव; शत्रुता; दुस्मनी।
81335 विरोध ना. ६. बाधा; अवरोध; अड्काउ; रोकावट।
81336 विरोध ना. ७. जाति, गुण, क्रिया, द्रव्य आदिका साथ विरोध वर्णन गर्दा पर्ने एक अर्यालङ्कार।
81337 विरोध ना. ८. चारैतिरको छेकवार; घेरो।
81338 विरोध ना. ९. नियन्त्रण; रोकतोक। १०. बेमेल;असङ्गति।
81339 विरोधक वि. विरोध गर्ने; बाधा पुर्‍याउने; विरोधी।
81340 विरोधकर्ता वि. विरोधक।
81341 विरोधपत्र ना. कसैले भनेगरेको कामकुराको खण्डन गरेर लेखिएको पत्र; विरोध दर्साउने लिखित पत्र।
81342 विरोध प्रदर्शन ना. कुनै घटना वा स्थितिबारे विरोध जनाउन गरिने प्रदर्शन वा जुलुस।
81343 विरोधाचरण ना. विरोध दर्साउन गरिने कामकुरो; शत्रुतापूर्ण व्यवहार।
81344 विरोधाभास ना. १. दुई वा धेरै वस्तुका बिच पाइने विरोधको भान।
81345 विरोधाभास ना. २. क्रिया, गुण, जाति, द्रव्य आदिको वर्णन गर्दा सामान्यतः तिनका बिच विरोधजस्तो देखिने एक अर्थालङ्कार।
81346 विरोधी ना. १. शत्रु; वैरी।
81347 विरोधी ना. २. विपक्षी। वि.
81348 विरोधी ना. ३. विरोध गर्ने।
81349 विरोधी ना. ४. विपरीत; उल्टो।
81350 विरोधी ना. ५. बाधा पार्ने; बाधक।