Dictionary

All Word

81151 विमुक्त वि. १. राम्रोसँग मुक्त भएको; निर्मुक्त।
81152 विमुक्त वि. २. स्वेच्छाचारी; स्वतन्त्र; स्वच्छन्द।
81153 विमुक्त वि. ३. छाडिएको; परित्यक्त।
81154 विमुक्त वि. ४. फ्याँकिएको; मिल्किएको।
81155 विमुक्ति ना. १. छुटकारा; कैदबाट मुक्ति; रिहाइ।
81156 विमुक्ति ना. २. जीवात्माले सांसारिक बन्धनबाट छुटकारा पाउने काम; निर्वाण; मुक्ति; मोक्ष।
81157 विमुख वि. १. विपरीत दिशातर्फ मुख भएको; पछिल्तिर मुख मोडेको; पराङ्मुख।
81158 विमुख वि. २. निराश; हताश।
81159 विमुख वि. ३. उदासीन; विरक्त।
81160 विमुख वि. ४. उल्टो; प्रतिकूल।
81161 विमुख वि. ५. बेखुस; अप्रसन्न ।
81162 विमुख वि. ६. मुख नभएको।
81163 विमुग्ध वि. १. ज्यादै मोहित; लट्ठ।
81164 विमुग्ध वि. २. भ्रममा परेको; भ्रान्त।
81165 विमुग्ध वि. ३. आत्तिएको; अतालिएको।
81166 विमुग्ध वि. ४. केही नजान्ने; मूढ।
81167 विमुद्रीकरण ना. मुद्राको वैधता खतम गर्ने काम; विशेष स्थितिमा कुनै मुद्रा वा नोटको प्रचलन अवैध गर्ने काम।
81168 विमुद्रीकृत वि. सरकारी आदेशबाट कुनै मुद्रा नचल्ने गराइएको; खोटो तुल्याइएको।
81169 विमूढ वि. १. मोहमा फसेको; ज्यादै मोहित।
81170 विमूढ वि. २. मन्द बुद्धि भएको; अबुझ; मुर्ख।
81171 विमोक्ष ना. सांसारिक मायाबन्धनबाट छुटकारा पाउने काम; मोक्ष; मुक्ति।
81172 विमोक्षण ना. १. मोक्ष; मुक्ति।
81173 विमोक्षण ना. २. अस्त्र आदि छाड्ने काम।
81174 विमोक्षण ना. ३. त्याग।
81175 विमोक्षण ना. ४. चरा आदिले फुल पार्ने काम।
81176 विमोचन ना. १. बन्धनबाट छुटकारा पाउने काम; रिहाई।
81177 विमोचन ना. २. हटाउने काम; अपसारण।
81178 विमोचन ना. ३. बाहिर पठाउने काम; निकाल्ने काम।
81179 विमोचन ना. ४. पुस्तक वा अन्य कुनै कृतिको प्रथम प्रकाशन हुँदा विधिपूर्वक गरिने अनावरण; लोकार्पण।
81180 विमोचित वि. विमोचन गरिएको; लोकार्पित।
81181 विमोहक वि. १. मोहित पार्ने; लट्ठ्याउने।
81182 विमोहक वि. २. भ्रममा पार्ने; छल्ने।
81183 विमोहन ना. १. मोहित पार्ने काम; लट्ठयाउने काम।
81184 विमोहन ना. २. मोहिनी; टुना; जादु।
81185 विमोहन ना. ३. सुद्धी वा होस गुम हुने काम।
81186 विमोहन ना. ४. भ्रम; भ्रान्ति; मतिभ्रम।
81187 विमोहन ना. ५. मनःस्थिति र स्नायुको गडबडीले गर्दा हुने एक किसिमको मानसिक रोग।
81188 विमोहित वि. १. लट्ठिएको; लहसिएको; मुग्ध।
81189 विमोहित वि. २. टुनामुनाले वश गरिएको; मोहिनी लाइएको।
81190 विमोहित वि. ३. भ्रममा परेको; विभ्रान्त।
81191 विम्ब ना. हे. बिम्ब।
81192 वियुक्त वि. १. अलग भएको; छुट्ट्याइएको।
81193 वियुक्त वि. २. इष्टजनबाट बिछोड भएको; वियोग भएको।
81194 वियुक्त वि. ३. नभएको; रहित; हीन।
81195 वियोग ना. १. अलगिने वा छुट्टिने काम; अलग्ग्याइ; बेग्ल्याइ।
81196 वियोग ना. २. इष्टजन वा प्रिय व्यक्तिसँगको बिछोड; छुट्टिम।
81197 वियोग ना. ३. बिछोडको वेदना; विरह।
81198 वियोग ना. ४. एक सङ्ख्याबाट अर्को सङ्ख्या घटाउने काम; घटाउ।
81199 वियोग ना. ५. फरक; अन्तर।
81200 वियोग शृङ्गार ना. विप्रलम्भ- शृङ्गार।