Dictionary

All Word

80801 विनिर्मुक्त वि. १. बन्धनबाट छुटकारा पाएको; मुक्त।
80802 विनिर्मुक्त वि. २. निस्केको; फुत्केको।
80803 विनिवारण ना. कडाइका साथ रोक्ने काम; रोकावट; प्रतिबन्ध।
80804 विनीत वि. १. ज्यादै नुहेको वा झुकेको; नम्र; विनयी।
80805 विनीत वि. २. सज्जन; सुशील; भद्र; शिष्ट।
80806 विनीत वि. ३. लगिएको; पुऱ्याइएको।
80807 विनीत वि. ४. टुप्पोदेखि नुहेको; झुकेको।
80808 विनीत वि. ५. इन्द्रिय जित्ने; जितेन्द्रिय; संयमी।
80809 विनीत वि. ६. मिल्काइएको; हटाइएको।
80810 विनोद ना. १. मन बहलाउने काम; आनन्ददायी क्रियाकलाप; मनोरञ्जन।
80811 विनोद ना. २. खेलकुद; क्रीडा।
80812 विनोद ना. ३. खेलाँची; ख्यालठट्टा; परिहास।
80813 विनोदी वि. ख्यालठट्टा गर्ने स्वभावको; लहडबाज।
80814 विन्दु ना. १. लम्बाइ, चौडाइ, उचाइ कुनै नभएको, ज्यादै सानो चिह्न; थोप्लो; बिन्दु। वि.
80815 विन्दु ना. २. चलाक; बुद्धिमान्।
80816 विन्दु ना. ३. उदार; दयालु।
80817 विन्दुपथ ना. एउटा चलायमान विन्दुले लम्बाइ वा चौडाइतर्फ लिने बाटो; बिन्दु, तन्काउने मार्ग।
80818 विन्ध्य ना. भारतको मध्यभागमा पर्ने, पूर्वपश्चिम भएर रहेको एक प्रसिद्ध पर्वत; विन्ध्याचल।
80819 विन्ध्यवासिनी ना. १. विन्ध्याचल पर्वतकी अधिष्ठात्री देवी।
80820 विन्ध्यवासिनी ना. २. पश्चिम नेपालको कास्की जिल्लाअन्तर्गत पोखरामा रहेकी एक प्रसिद्ध देवी; तिनै देवीको मन्दिर (उहिले राजाबाट कास्कीकोटमा स्थापना गर्न विन्ध्याचलबाट ल्याइएकी यी देवीलाई पोखरामा बिसाइएको र त्यहाँबाट उचाल्न नसकी बिसाइएकै ठाउँमा स्थापित गरिएको हो भन्ने किंवदन्ती छ)।
80821 विन्ध्याचल ना. मध्य भारतमा रहेको एक प्रसिद्ध पर्वत; विन्ध्यपर्वत।
80822 विन्यस्त वि. १. राखिएको; स्थापना गरिएको।
80823 विन्यस्त वि. २. सुरक्षाका लागि पछि फिर्ता हुने गरी दिइएको (नासो, धरौटी आदि)।
80824 विन्यास ना. १. राख्ने काम; स्थापना।
80825 विन्यास ना. २. जड्ने वा सजाउने काम; जडान।
80826 विन्यास ना. ३. लहरै मिलाएर राख्ने काम; सुगठित स्थापना।
80827 विन्यास ना. ४. समूह; सङ्कलन; सङ्ग्रह।
80828 विन्यास ना. ५. आधार; आश्रय।
80829 विन्यास ना. ६. नासो; धरौटी; धितो।
80830 विपक्ष ना. १. कुनै दल वा मान्यताको उल्टो दल वा मान्यता; विरोधी पक्ष; प्रतिकूल पक्ष।
80831 विपक्ष ना. २. शत्रु; दुस्मन; वैरी।
80832 विपक्ष ना. ३. वादी वा प्रतिवादी; झगडिया।
80833 विपक्ष ना. ४. कुनै पक्ष वा सम्प्रदाय आदिको पक्षमा नलाग्ने काम; निष्पक्षता। वि.
80834 विपक्ष ना. ५. उल्टो; प्रतिकूल; विपरीत।
80835 विपक्ष ना. ६. पक्षपात नभएको; निष्पक्ष।
80836 विपक्ष ना. ७. पखेटा नभएको।
80837 विपक्षी वि. १. विरुद्ध पक्षको; प्रतिकूल पक्षमा लाग्ने; विरोधी। ना.
80838 विपक्षी वि. २. शत्रु; वैरी।
80839 विपक्षी वि. ३. प्रतिद्वन्दी।
80840 विपक्षी वि. ४. प्रतिवादी।
80841 विपद्जनक ना. विपत्तिमा पार्ने; सङ्कट पैदा गर्ने।
80842 विपद्जाल ना. विपत्तिको जालो; दुःख-कष्टको घर; आपत्तिको समूह।
80843 विपञ्चिका / विपञ्ची ना. १. वीणा; सितार; गितार।
80844 विपञ्चिका / विपञ्ची ना. २. खेल; क्रीडा।
80845 विपण ना. खुद्रा वा चानचुने व्यापार।
80846 विपणी ना. १. विशेष अवसरमा अथवा साप्ताहिक, वार्षिक आदि रूपले लाग्ने सामयिक बजार; हाट; बजार।
80847 विपणी ना. २. वाणिज्य; उद्योगव्यवसाय; व्यापार।
80848 विपणी ना. ३. बेच्न राखिएको मालसामान।
80849 विपत् ना. आपत्; आपत्ति; कष्ट।
80850 विपत्कर वि. आपत्ति पैदा गर्ने; कष्ट दिने; कष्टप्रद।