Dictionary

All Word

80701 विधेय वि. ४. गर्नुपर्ने काम; कर्तव्य; कर्म।
80702 विधेय वि. ५. व्याकरणका अनुसार उद्देश्य वा कर्ताका बारेमा भनिने कुरो; वाक्य पूर्ण गराउने पद।
80703 विधेयक ना. १. व्यवस्थापिका वा विधायिका सभामा पारित गर्नका लागि प्रस्तुत गरिने कानुनको प्रारूप वा कानुनको मस्यौदा; प्रतिनिधि सभामा पेस गरिने ऐनको प्रस्तावित रूप; मस्यौदा कानुन।
80704 विधेयक ना. २. राष्ट्रको सर्वोच्च शासकबाट स्वीकृत हुनुभन्दा पूर्वको कानुनी मस्यौदा वा ऐनको प्रारूप।
80705 विधेय विमर्श ना. भन्नुपर्ने कुरो वा मुख्य आशय दबिन जाँदा पर्ने एक साहित्यिक वाक्यदोष।
80706 विध्य वि. छेड्न लायक; प्वाल पार्न योग्य।
80707 विध्यनुकूल वि. विधि वा कानुनको दृष्टिबाट कुनै किसिमको त्रुटि नभएको; ऐनकानुनका सबै बुँदाहरू पालन गरिएको।
80708 विध्वंस ना. १. भयङ्करको नाश; विनाश; छारस्ट; स्वाहा। वि.
80709 विध्वंस ना. २. भयङ्करसँग नाश भएको; विनष्ट।
80710 विध्वंसक वि. विध्वंस गर्ने; विनाशक।
80711 विध्वंसकारी वि. विध्वंसक।
80712 विध्वंसन नाश गर्ने काम; ठुलो आतङ्क मच्चाउने क्रिया; तहसनहस; विध्वंस।
80713 विध्वंसवाद ना. चारैतिर अशान्ति मच्चाएर राज्यको ऐनकानुनलाई नै खलल पार्ने मत वा सिद्धान्त; विध्वंसकारी क्रियाकलापमा लाग्ने मत।
80714 विध्वंसवादी वि. विध्वंसवादको अनुयायी।
80715 विध्वंसी वि. विध्वंसकारी; भताभुङ्ग पार्ने; विनाशक।
80716 विनत वि. १. टुप्पाबाट भुइँसम्म लत्रेको; नुहेको; झुकेको।
80717 विनत वि. २. विनम्र; विनयी; विनीत।
80718 विनति ना. १. आदर-भाउसहितको प्रार्थना; निवेदन; बिन्ती।
80719 विनति ना. २. आफूलाई परेको पिरमर्काबारेको उजुर।
80720 विनति ना. ३. आदरभाउ देखाउने काम; नम्रता।
80721 विनति पत्र ना. बिन्तीपत्र; निवेदन।
80722 विनतोदर वि. १. पेट सुकेको वा बसेको; कुप्रो परेको; कुप्रे।
80723 विनतोदर वि. २. बिचमा खाल्डो परेको।
80724 विनम्र वि. १. ज्यादै नुहेको; धेरै नम्र; विनीत।
80725 विनम्र वि. २. झुकेको; झोलिएको; लच्केको।
80726 विनय ना. १. नुहेको वा झुकेको भाव; नम्रता।
80727 विनय ना. २. सज्जन हुनाको भाव; शिष्टता; भद्रता।
80728 विनय ना. ३. प्रार्थना; अनुरोध; बिन्ती।
80729 विनय ना. ४. इन्द्रियलाई वश गर्ने पुरुष; जितेन्द्रिय।
80730 विनय ना. ५. शासन; नियन्त्रण।
80731 विनयपिटक ना. बौद्ध भिक्षुहरूको नियम र अनुशासनसम्बन्धी विषय लेखिएको एक बौद्ध ग्रन्थ; त्रिपिटकमध्ये एक।
80732 विनयशील वि. नम्र स्वभाव भएको; सुशील; विनयी।
80733 विनयी वि. विनय भएको; विनयशील; विनम्र।
80734 विनश्वर वि. १. नाश हुने स्वभावको; नाशशील।
80735 विनश्वर वि. २. सधैँ नरहने; अनित्य; क्षणिक।
80736 विनश्वरता ना. नश्वरको अभाव; विनश्वर हुनाको भाव वा स्थिति; नाश हुने प्रकृति; नश्वरता।
80737 विनष्ट वि. १. विनाश भएको; नष्ट; विध्वस्त।
80738 विनष्ट वि. २. बिग्रेभत्केको; विकृत।
80739 विनष्ट वि. ३. मरेको; मृत।
80740 विनष्ट वि. ४. गिरेको; भ्रष्ट; पतित।
80741 विना ना. यो. नाम शब्दका अगाडि वा पछाडि रहेर नभईकन, रहित, अभावमा आदि अर्थ बुझाउने शब्द (जस्तो विनाकाम; उद्देश्यविना इ.); नभईकन; रहित; अभावमा।
80742 विनायक ना. १. विघ्नबाधा शमन गर्ने इष्टदेवता; गणपति; गणेश।
80743 विनायक ना. २. नाइके; मालिक; नायक; नेता।
80744 विनायक ना. ३. काठमाडौँ उपत्यकाभित्रका प्रसिद्ध चार विनायक (भक्तपुरमा सूर्यविनायक, चाबहिलमा चन्द्रविनायक, काठमाडौँमा अशोकविनायक र चोभारमा जलविनायक)।
80745 विनाश ना. १. ठुलो बरबादी; सत्यानाश; स्वाहा; विध्वंस।
80746 विनाश ना. २. बिगार; भताभुङ्ग; तहसनहस।
80747 विनाश ना. ३. नदेखिने काम; लोप।
80748 विनाशक वि. १. नाश गर्ने; विध्वंसक।
80749 विनाशक वि. २. दुःख पुर्‍याउने; बिगार्ने।
80750 विनाशकारी वि. विनाशक।