Dictionary

All Word

80551 विद्युतीकरण ना. सबैतिर बिजुली- सेवा उपलब्ध गराउने काम।
80552 विद्युत् ऊर्जा ना. विद्युत्बाट प्राप्त हुने शक्ति।
80553 विद्युत् एकाइ ना. विद्युत्शक्तिको न्यूनतम परिमाण; युनिट।
80554 विद्युत् कर्पोरेसन ना. विद्युत्शक्तिको उत्पादन र वितरण गर्ने निगम; बिजुलीअड्डा।
80555 विद्युत्घात ना. बिजुलीको करेन्टबाट दिइने प्राणदण्ड; करेन्टको स्पर्शबाट हुने मृत्यु।
80556 विद्युत् चिकित्सा ना. बिजुलीको करेन्टद्वारा गरिने उपचार।
80557 विद्युत् तरङ्ग ना. दूरसञ्चारको प्रणाली सञ्चालन गरिने विद्युतचुम्बकयुक्त तरङ्ग (माइक्रोवेभ )।
80558 विद्युत् दर्शक ना. विद्युत्तरङ्गको गति देखाउने यन्त्र; बिजुलीको खपत देखाउने मिटर।
80559 विद्युत्पात ना. आकाशबाट चट्याङ खस्ने काम; वज्रपात।
80560 विद्युत् प्राधिकरण ना. बिजुली अड्डा।
80561 विद्युत् वितरक ना. बिजुली उपलब्ध गराउने उपकरण।
80562 विद्युत् शक्ति ना. पानी, कोइला, तेल आदिको वैज्ञानिक प्रयोगबाट प्राप्त हुने ऊर्जा।
80563 विद्युत् स्तम्भ ना. बिजुलीको तार जाने खम्बा; पोल।
80564 विद्युन्मापक ना. बिजुलीको शक्ति, वेग आदि नाप्ने यन्त्र; बिजुलीको खपत नाप्ने मिटर; विद्युत् दर्शक।
80565 विद्युन्माला ना. १. लहरै जडिएको बिजुलीको प्रकाश।
80566 विद्युन्माला ना. २. हरेक पाउमा दुई मगण र दुई गुरु हुने एक वार्णिक छन्द।
80567 विद्युल्लता ना. आकाशमा बिजुली चम्कँदा देखिने नागबेलीजस्ता विभिन्न रेखा।
80568 विद्योपार्जन ना. विद्याको आर्जन; विद्या हासिल गर्ने काम; शिक्षाप्राप्ति।
80569 विद्रधि ना. शरीरका मासुका गाँठा; पिप भरिएको घाउ; अर्बुद रोग।
80570 विद्रुम ना. १. रुखका कलिला पात; पालुवा।
80571 विद्रुम ना. २. कोपिलो।
80572 विद्रुम ना. ३. मुगा; प्रबाल।
80573 विद्रोह ना. १. सरकारको कार्यसञ्चालनमा बाधा पुर्‍याउने वा राज्यलाई विफल पार्ने उद्देश्यले गरिएको ठुलो उपद्रव; विप्लव; क्रान्ति।
80574 विद्रोह ना. २. शासनसत्ता वा सरकारलाई पल्टाउने काम।
80575 विद्रोह ना. ३. ठुलो विरोध; कडा शत्रुता।
80576 विद्रोह ना. ४. भनाबैरी; झैझगडा।
80577 विद्रोह ना. ५. रिस; आवेश; द्वेष; तीव्र ईर्ष्या।
80578 विद्रोहात्मक वि. विद्रोह वा आतङ्क फैलाउने; विरोध गर्ने; शान्तिमा खलल पार्ने।
80579 विद्रोही वि. १. विद्रोह गर्ने; बागी; विप्लवी; क्रान्तिकारी।
80580 विद्रोही वि. २. द्वेष गर्ने; ईर्ष्यालु; रिस देखाउने।
80581 विद्वच्छिरोमणि ना. १. विद्वान्हरूमा श्रेष्ठ व्यक्ति; अत्यन्त विद्वान् व्यक्ति।
80582 विद्वच्छिरोमणि ना. २. नेपालमा अहिलेसम्म औपचारिक रूपबाट दुई विद्वान् (स्व. हेमराज पाण्डे र स्व. कुलचन्द्र गौतम) लाई प्रदान गरिएको एक सम्मान।
80583 विद्वज्जन ना. बुद्धिविवेक भएको व्यक्ति; विद्वान्; पण्डित।
80584 विद्वत्तम वि. १. सबभन्दा बढी विद्या कमाएको; प्रकाण्ड विद्वान्। ना.
80585 विद्वत्तम वि. २. शिव; महादेव।
80586 विद्वत्ता ना. १. विद्वान् हुनाको भाव, गुण वा स्थिति; पाण्डित्य।
80587 विद्वत्ता ना. २. विवेक; बुद्धि; अक्कल।
80588 विद्वत्ता ना. ३. ज्ञान।
80589 विद्वत्परिषद् / विद्वत्सभा ना. विद्वान्‌हरूको सभा वा समिति।
80590 विद्वद् वर्ग ना. विद्वान्‌हरूको वर्ग वा समूह।
80591 विद्वद्वृत्ति ना. १. विद्वान्‌लाई जीवनयापनका लागि दिइने सावधिक आर्थिक अनुदान।
80592 विद्वद्वृत्ति ना. २. शिक्षा आदि सेवामा कार्यरत व्यक्तिलाई अग्रिम योग्यता प्राप्त गर्ने मौका दिइँदा दिइने थप आर्थिक सुविधा (फेलोसिप)।
80593 विद्वान् वि. १. धेरै विद्या आर्जन गरेको; ज्यादै शिक्षित; पण्डित।
80594 विद्वान् वि. २. शास्त्रको मर्म बुझ्ने; तत्त्ववेत्ता; तत्त्वज्ञ। ना.
80595 विद्वान् वि. ३. धेरै लेखपढ गरेको व्यक्ति; पण्डित।
80596 विद्वेष ना. १. आपसी मनमुटाव; वैरभाव; शत्रुता।
80597 विद्वेष ना. २. विरोध; झगडा।
80598 विद्वेष ना. ३. द्वेष; ईर्ष्या; डाह।
80599 विद्वेषक / विद्वेषी वि. रिस गर्ने; डाह गर्ने; ईर्ष्यालु; इखालु।
80600 विधर्म ना. १. आफूले मानिआएको धर्मदेखि भिन्न धर्म; अर्काको धर्म; परधर्म। वि.