Dictionary

All Word

80451 विदलन ना. १. बेसरी माड्ने वा दल्ने काम।
80452 विदलन ना. २. चिर्ने वा फार्ने काम।
80453 विदलित वि. १. फारिएको; चिरा पारिएको।
80454 विदलित वि. २. फुलेको; फक्रेको।
80455 विदलित वि. ३. बेसरी माडिएको वा दलिएको।
80456 विदारक वि. १. काठका मुढा आदिलाई बन्चरो वा त्यस्तै साधनले टुक्र्याउने; चिरा पार्ने; चिर्ने।
80457 विदारक वि. २. ढुङ्गा आदि फोर्ने।
80458 विदारक वि. ३. कष्ट दिने; भित्रभित्रै सताउने (जस्तो - हृदयविदारक)।
80459 विदारण ना. १. काठका दाउरा, मुढा आदि टुक्र्याउने काम; चिरा पार्ने वा चिर्ने काम। २ ढुङ्गा आदि कडा वस्तु टुक्र्याउने काम; फोराइ।
80460 विदारण ना. ३. दुःख वा कष्ट पुर्‍याउने व्यवहार; सताउने काम।
80461 विदारण ना. ४. हत्या; मारण; वध।
80462 विदारण ना. ५. लडाइँ; युद्ध।
80463 विदारित वि. १. बन्चरो, करौँती आदिले टुक्र्याइएको; फोरिएको (दाउरा, मुढा आदि)।
80464 विदारित वि. २. घन आदिले फोरिएको (ढुङ्गा आदि)।
80465 विदारित वि. ३. दुःख वा कष्ट पुर्‍याइएको; सताइएको।
80466 विदारी ना. १. भुइँमा लत्रिएर फल्ने कुभिन्डो; भुइँकुभिन्डो।
80467 विदारी ना. २. शालपर्णी नाम गरेका रुख।
80468 विदारी ना. ३. लहराको जोर्नीजोर्नीमा फल्ने एक प्रकारको फल; गिठो।
80469 विदारी ना. ४. वाराहीकन्द।
80470 विदारीकन्द ना. कर्कलाका जस्ता पात हुने लहराका फेदमा फल्ने, रछायो रङ्गको, झुस हुने एक प्रकारको फल; भुइँकुभिन्डो।
80471 विदिक् ना. दुई दिशाको बिचको कुनो; विदिशा; उपदिशा।
80472 विदित वि. १. थाहा पाइएको; जानिएको; ज्ञात; अवगत।
80473 विदित वि. २. नाम चलेको; प्रसिद्ध; प्रख्यात।
80474 विदित वि. ३. जनाइएको; सूचना दिइएको; सूचित। ना. ज्ञान; विवेक।
80475 विदित वि. ५. विद्वान् व्यक्ति।
80476 विदिशा ना. १. दुई दिशाको बिचको कुनो; आग्नेय; नैर्ऋत्य; वायव्य र ईशान नामका चार उपदिशा; विदिक्।
80477 विदिशा ना. २. मध्य भारतको अहिले भेलसा भनिने एक प्राचीन सहर।
80478 विदीर्ण वि. १. चिरफार गरेको; फ्याक पारेको (काठ, मुढा आदि)।
80479 विदीर्ण वि. २. टुक्र्याइएको; फोरेको (ढुड्गा आदि)।
80480 विदीर्ण वि. ३. कष्ट दिइएको; सताइएको।
80481 विदुर वि. १. आफ्नो काम पट्याउन सिपालु; चलाक; चतुर।
80482 विदुर वि. २. जान्नेबुझ्ने; जानिफकार; विज्ञ; निपुण। ना.
80483 विदुर वि. ३. विद्वान् व्यक्ति।
80484 विदुर वि. ४. धृतराष्ट्रका विमातृतर्फका कान्छा भाइ पर्ने एक ज्ञानी पुरुष।
80485 विदुषी ना. १. राम्रो पढेलेखेकी स्त्री; विद्वान् स्त्री। वि.
80486 विदुषी ना. २. राम्रो पढेलेखेकी (स्त्री)।
80487 विदूषक ना. १. नाटकमा अनौठो किसिमको वेशभूषा, चालचलन र कुराकानी आदिबाट अरुलाई हँसाउने एक ठट्यौलो पात्र; नाटकको हास्यकलाकार; नायकको ठट्टा गर्ने एक साथी। वि.
80488 विदूषक ना. २. काम बिगारिदिने; भ्रष्ट पार्ने।
80489 विदूषक ना. ३. गाली गर्ने; सताउने।
80490 विदूषक ना. ४. मुख्य रूपमा हानि पुर्‍याउने; दोष पुर्‍याउने।
80491 विदूषण ना. १. अरुलाई दोष दिने काम; दोषारोपण।
80492 विदूषण ना. २. वातावरणमा परेको नराम्रो प्रभाव।
80493 विदूषित वि. १. बिग्रेको; सडेगलेको; कुहिएको।
80494 विदूषित वि. २. दोष लगाइएको; बात लगाइएको; अभियुक्त।
80495 विदूषित वि. ३. हेला गरिएको; अपमानित; तिरस्कृत।
80496 विदेश ना. आफू जन्मेहुर्केको देशभन्दा भिन्न देश; अर्काको देश; पराई मुलुक।
80497 विदेशी वि. १. अर्काको देशको; विदेशमा तयार भएको वा बनेको; अर्को मुलुकको (कपडा, माल आदि)।
80498 विदेशी वि. २. विदेशी सरकार, एजेन्ट वा दलालद्वारा स्थापना गरिएको वा चलाइएको ( संस्था, सङ्गठन, हल्ला आदि)।
80499 विदेशी मुद्रा ना. अर्को देशको मुद्रा; अर्काको देशमा चलेको रुपियाँपैसा।
80500 विदेशी लगानी ना. कुनै देशको उद्योग, व्यवसाय आदिमा विदेशबाट गरिएको लगानी।