Dictionary

All Word

80301 विजाति वि. २. भिन्न किसिमको; अर्कै खालको। ना. भिन्न जाति; अर्कै वर्ग।
80302 विजातीय वि. अर्कै जातको; फरक जात भएको; भिन्नजातीय।
80303 विजिगीषा ना. जित्ने इच्छा; विजय प्राप्त गर्ने चाहना।
80304 विजिगीषु वि. १. विजिगीषाको चाहना गर्ने; जित्न इच्छुक।
80305 विजिगीषु वि. २. निर्वाचन, प्रतियोगिता आदिमा विशिष्ट किसिमले विजयी हुन चाहने (महत्त्वाकाङ्क्षी व्यक्ति)।
80306 विजित वि. अरूबाट जितिएको; हारेको; पराजित।
80307 विजेतव्य वि. जित्न लायक; जित्न सकिने।
80308 विज्ञ वि. १. विशेष रूपले जान्ने; जानिफकार; पोख्त।
80309 विज्ञ वि. २. विद्वान; पण्डित।
80310 विज्ञ वि. ३. समझदार; विवेकी; बुद्धिमान्। ना.
80311 विज्ञ वि. ४. विशेषज्ञता हासिल गरेको व्यक्ति।
80312 विज्ञता /त्व ना. १. विज्ञ हुनाको भाव वा स्थिति; विशेषज्ञता।
80313 विज्ञता /त्व ना. २. बुद्धिमानी।
80314 विज्ञप्त वि. १. भनिएको; बताइएको; सूचित।
80315 विज्ञप्त वि. २. विज्ञापन गरिएको; प्रचारप्रसारमा ल्याइएको।
80316 विज्ञप्ति ना. १. सर्वसाधारणको जानकारीका लागि प्रचारसाधनबाट जनाउ दिने काम; सूचित गर्ने काम।
80317 विज्ञप्ति ना. २. विज्ञापन; सूचना; जनाउ।
80318 विज्ञप्ति ना. ३. कुनै महत्त्वपूर्ण विषयवस्तुका बारेमा रेडियो, पत्रिका आदि प्रचारसाधनबाट जानकारी दिलाउने काम।
80319 विज्ञात वि. १. जानपहिचान भएको; थाहा पाइएको; जानिएको।
80320 विज्ञात वि. २. नाम चलेको; प्रसिद्ध; प्रख्यात।
80321 विज्ञाता वि. ठिकबेठिक छुट्ट्याउन सक्ने; राम्रो किसिमले जान्ने; विज्ञ।
80322 विज्ञान ना. १. भौतिक विषयको तत्त्व, सिद्धान्त आदिको प्रयोगात्मक विवेचना गरिएको शास्त्र।
80323 विज्ञान ना. २. विशिष्ट ज्ञान; प्रज्ञा।
80324 विज्ञान ना. ३. विवेक; बुद्धि।
80325 विज्ञान ना. ४. ईश्वर; आत्मा।
80326 विज्ञान ना. ५. बौद्ध मतका अनुसार आत्मस्वरूपको ज्ञान।
80327 विज्ञानमय वि. १. विज्ञानले युक्त।
80328 विज्ञानमय वि. २. प्रज्ञामय; ज्ञानी।
80329 विज्ञानमय कोश ना. वेदान्तशास्त्रका अनुसार बुद्धि र ज्ञानेन्द्रियहरूको समुदाय।
80330 विज्ञानवाद ना. १. भौतिक ज्ञान वा विज्ञानलाई मात्र सर्वाधिक महत्त्व भएको मान्ने मत वा सिद्धान्त।
80331 विज्ञानवाद ना. २. वस्तुलाई सत्ता नमानी ज्ञानलाई मात्र मुख्य सत्ता मान्ने बौद्ध दर्शनको सिद्धान्त।
80332 विज्ञानवादी वि. विज्ञानवादको अनुयायी; विज्ञानवादमा विश्वास राख्ने।
80333 विज्ञानी वि. १. विज्ञानमा पोख्त; विज्ञानवेत्ता; वैज्ञानिक।
80334 विज्ञानी वि. २. कुनै विषयका बारेमा विशेष ज्ञान राख्ने।
80335 विज्ञानी वि. ३. आत्मा र परमात्मास्वरूपको तत्त्वज्ञान जान्ने।
80336 विज्ञापक वि. १. जनाउ दिने; विज्ञापन गर्ने; प्रचारक।
80337 विज्ञापक वि. २. बताउने; सूचना दिने; थाहा दिने।
80338 विज्ञापक वि. ३. प्रचारसाधनहरूमा विज्ञप्ति दिने।
80339 विज्ञापन ना. १. सरकारी वा गैरसरकारी स्तरमा सेवाआयोगका माध्यमले वा अन्य रूपमा कुनै कामकुरा, सेवाप्रवेश वा पदपूर्तिका निम्ति आवेदनपत्रको आह्वान आदि गर्न सर्वसाधारण जनतालाई जानकारी हुने गरी प्रचार गरिएको विशेष सूचना।
80340 विज्ञापन ना. २. बताउने काम; जनाउ दिने काम।
80341 विज्ञापन ना. ३. विक्रीयोग्य मालहरूको प्रचारप्रसारका लागि रेडियो; अखबार आदिबाट दिइने जानकारी।
80342 विज्ञापनदाता ना. पत्रिका, चित्र आदिमा विज्ञापन छपाउन दिने व्यक्ति; विज्ञापनको काममा खटिएको व्यक्ति।
80343 विज्ञापन सेवा ना. रेडियोबाट फर्मायसी वा अन्य गीतहरूको गुञ्जनका साथै बिचबिचमा विज्ञापनको कामसमेत गर्ने सेवा।
80344 विज्ञापनीय वि. विज्ञापनयोग्य; प्रचार गर्न लायक।
80345 विज्ञापित वि. विज्ञापन गरिएको; प्रचार गरिएको।
80346 विज्ञाप्य वि. १. विज्ञापन गर्न योग्य; विज्ञापनीय।
80347 विज्ञाप्य वि. २. प्रार्थना; निवेदन।
80348 विज्ञेय वि. राम्रोसँग जान्नुपर्ने; जानकारी राख्नुपर्ने; जान्न योग्य।
80349 विट वि. १. भोगविलासमा ज्यादै संलग्न; कामुक; लम्पट।
80350 विट वि. २. धूर्त; चलाक।