Dictionary

All Word

80151 विचयन ना. २. गवेषणा; खोजी।
80152 विचरण ना. १. घुमफिर गर्ने काम; भ्रमण; हिँडडुल।
80153 विचरण ना. २. निश्चित ठाउँमा पुग्न हिँड्ने काम; गमन। वि.
80154 विचरण ना. ३. चरण वा पाउ नभएको (छन्द, व्यक्ति आदि)।
80155 विचरित वि. १. घुमफिर गरेको; यताउति घुमेको। ना.
80156 विचरित वि. २. भ्रमण; विचरण; पर्यटन।
80157 विचलन ना. १. काँप्ने काम; कम्पन।
80158 विचलन ना. २. अस्थिरता; चञ्चलता।
80159 विचलन ना. ३. अहङ्कार।
80160 विचलन ना. ४. अवैध रूपबाट सरसामान आयातनिर्यात गरी गरिने व्यापार आदि काम।
80161 विचलन ना. ५. आफ्नो पुरानो ठाउँ छाडेर अरू ठाउँमा पुग्ने क्रिया।
80162 विचलित वि. १. आफ्नो लक्ष्य, स्थान आदिबाट हटेको; कर्तव्यबाट च्युत।
80163 विचलित वि. २. चञ्चल; अस्थिर।
80164 विचलित वि. ३. तर्सेको; आत्तिएको।
80165 विचार ना. १. कुनै समस्या, विषय वा स्थितिबारे गहिरिएर सोच्ने काम; मनमनै गरिने चिन्तन; मनन।
80166 विचार ना. २. मनले सोचेको वा सोचेर टुङ्गो लगाएको कुरो; सङ्कल्प; ठहर।
80167 विचार ना. ३. मनको सोचाइ; मनको अनुभूति।
80168 विचार ना. ४. तत्त्व - परीक्षा; तात्त्विक तर्कवितर्क।
80169 विचार ना. ५. वादी र प्रतिवादीका प्रमाण बुझेर सम्बन्धित क्षेत्रबाट मुद्दा छिन्ने काम; फैसला।
80170 विचार ना. ६. सत्य र असत्य कुरा छुट्ट्याउने बुद्धि; विवेक।
80171 विचार ना. ७. रेखदेख; हेरविचार ।
80172 विचार ना. ८. क्रियापुत्रीलाई बन्धुवर्गका तर्फबाट खान दिइने सिधा; घोत।९. शोकमा परेका व्यक्तिलाई सम्झाई बुझाई सान्त्वना दिने काम।
80173 विचारपति ना. न्यायाधीश।
80174 विचारक वि. १. सोचविचार गर्ने; मनन गर्ने।
80175 विचारक वि. २. दार्शनिक; मीमांसाशास्त्रमा निपुण; मीमांसक। ना.
80176 विचारक वि. ३. न्यायाधीश।
80177 विचारक वि. ४. नायक।
80178 विचारक वि. ५. गुप्तचर।
80179 विचारगोष्ठी ना. कुनै विषयबारे आपसी विचारको आदानप्रदान गर्ने बैठक; सेमिनार।
80180 विचारज्ञ वि. १. न्यायाधीश। वि.
80181 विचारज्ञ वि. २. विचार पुऱ्याउनमा कुशल।
80182 विचारणीय वि. १. सोच्न लायक; विचार गर्नुपर्ने; चिन्तनीय।
80183 विचारणीय वि. २. शङ्कास्पद; सन्दिग्ध।
80184 विचारधारा ना. १. विचारको शृङ्खला; सोचसमझ; सल्लाह; सुझाउ।
80185 विचारधारा ना. २. कुनै राजनीतिक वा आर्थिक सिद्धान्तसँग सम्बन्धित विचारप्रवाह।
80186 विचारधारा ना. ३. आनुवंशिक वा परम्पराप्राप्त सोचाइ।
80187 विचारवान् वि. विचार भएको; सोच्न सक्ने; बुद्धिमान्।
80188 विचारविमर्श ना. १. परम्परामा विचार वा तर्कहरूको आदानप्रदान गर्ने काम; छलफल; सरसल्लाह।
80189 विचारविमर्श ना. २. पक्षविपक्षमा गएर सोच्ने शक्ति।
80190 विचारशील वि. राम्ररी सोचविचार गर्ने क्षमता भएको; मननशील।
80191 विचारसरणी ना. विचारको प्रवाह; सोचाइको तहतह।
80192 विचारस्थल ना. १. कुनै समस्या वा विषयबारे विचार गर्ने ठाउँ।
80193 विचारस्थल ना. २. अदालत; न्यायालय।
80194 विचार स्वातन्त्र्य ना. परिआएको समस्या वा विषयका बारेमा आफ्नो अनुकूल सोचविचार गर्ने र आफ्नो मनको आशय प्रकट गर्ने स्वतन्त्रता।
80195 विचारात्मक विचारले युक्त; विचार पुर्‍याएर गरिएको।
80196 विचाराधीन वि. कुनै कामकुराबारे विशेष सोचविचार पुऱ्याउन बाँकी राखिएको; विचार पुऱ्याएर टुङ्गोमा पुग्न भनी छुट्ट्याइएको (विषय)।
80197 विचारार्थ वि. विचारविमर्शका लागि बाँकी राखिएका; सरसल्लाह गरेर टुङ्गोमा पुग्न बैठक आदिमा राखिएको।
80198 विचारास्पद वि. विचार पुऱ्याउनुपर्ने; विचारणीय।
80199 विचारित वि. मनन गरिएको; सोचविचार पुऱ्याइएको; सोचिएको।
80200 विचारी वि. १. विचारगर्ने; चिन्तक; विचारक।