Dictionary

All Word

80001 विकिरण ना. २. मार्ने काम; हिंसा।
80002 विकिरण ना. ३. बोध; ज्ञान।
80003 विकिरण ना. ४. छरिएका धेरै किरणलाई एकै ठाउँमा समेटेर केन्द्रित गर्ने काम।
80004 विकिरण ना. ५. विभिन्न असाधारण किरण; जस्तै- क्ष-किरण; अल्फाकिरण आदिको उत्पत्ति हुने क्रिया।
80005 विकिरण उपचार ना. विकिरणको प्रयोग गरेर रोगको उपचार गर्ने प्रक्रिया।
80006 विकिरण चित्र ना. विकिरणको प्रयोगद्वारा लिइने चित्र।
80007 विकिरण प्रविधि ना. विकिरणद्वारा कुनै वस्तुको चित्र उतार्ने प्रक्रिया।
80008 विकिरण विज्ञान ना. विद्युत्कणीय विकिरणसम्बन्धी अध्ययन गरिने विज्ञान।
80009 विकीर्ण वि. १. छरिएको; छरपुस्टिएको; फिँजिएको।
80010 विकीर्ण वि. २. फिँजाइएको।
80011 विकीर्ण वि. ३. प्रसिद्ध; विख्यात।
80012 विकुञ्चन ना. खुम्च्याउने वा मोड्ने काम।
80013 विकुञ्चित वि. खुम्चिएको; झोल्लिएको; चाउरी परेको।
80014 विकृत वि. १. बिग्रेको; विकार पैदा भएको; विकारयुक्त।
80015 विकृत वि. २. अदलबदल भएको; हेरफेर हुन पुगेको; परिवर्तित।
80016 विकृत वि. ३. अस्वाभाविक; अप्राकृतिक।
80017 विकृत वि. ४. अधुरो; अपुरो।
80018 विकृत वि. ५. रूप बिग्रेको; अङ्गभङ्ग भएको; कुरूप; भद्दा।
80019 विकृतावस्था ना. १. बिग्रेको वा अङ्गभङ्ग भएको स्थिति।
80020 विकृतावस्था ना. २. रोगग्रस्त अवस्था।
80021 विकृति ना. १. स्वाभाविक वा प्राकृतिक रूपबाट भिन्न खालको रूप; नसुहाउँदो आकृति; कुरूप।
80022 विकृति ना. २. विकार; बिगार; खराबी।
80023 विकृति ना. ३. परम्परागत मान्यता, धारणा वा विश्वासमा आएको परिवर्तन।
80024 विकृति ना. ४. व्याकरणमा मूल धातुबाट विकृत भई बनेको शब्दरूप; अपभ्रंश।
80025 विकृति विज्ञान ना. शारीरिक विकारबाट हुने रोगको विवेचना गरिएको शास्त्र; रोगविज्ञान।
80026 विकेन्द्रीकरण ना. १. शासनको शक्ति वा सत्ता केन्द्रीय स्तरमा मात्र सीमित नगरी अञ्चल, जिल्ला र गाउँ तहसम्म प्रत्यायोजन गर्ने काम।
80027 विकेन्द्रीकरण ना. २. स्थानीय समस्याहरू सुल्झाई समुचित रूपमा प्रशासन चलाउन सकियोस् भन्ने उद्देश्यले हुने सरकारविषयक कार्य तथा उत्तरदायित्वको स्थानीय सरकारमा विभाजन।
80028 विक्रम ना. १. पराक्रम; बहादुरी; वीरता।
80029 विक्रम ना. २. तागत; सामर्थ्य; शक्ति।
80030 विक्रम ना. ३. हिँडाइको प्रत्येक अडान; कदम।
80031 विक्रम ना. ४. साठी संवत्सरमध्ये एक।
80032 विक्रम ना. ५. विष्णु; ईश्वर।
80033 विक्रम ना. ६. विक्रमसंवत् चलाउने प्रसिद्ध एक राजा; विक्रमादित्य।
80034 विक्रम ना. ७. विक्रमादित्यले प्रचलनमा ल्याएको संवत्; विक्रमसंवत्।
80035 विक्रम संवत् ना. विक्रमादित्यले चलाएको संवत्; नेपालमा चलेको संवत्; विक्रमाब्द।
80036 विक्रमादित्य ना. १. विक्रमसंवत्का प्रवर्तक एक शक्तिशाली राजा।
80037 विक्रमादित्य ना. २. भारतका गुप्तवंशीय सम्राट् चन्द्रगुप्तको उपाधि।
80038 विक्रमाब्द ना. विक्रमसंवत्।
80039 विक्रमी वि. १. पराक्रमी; वीर।
80040 विक्रमी वि. २. विक्रमादित्यसम्बन्धी। ना.
80041 विक्रमी वि. ३. विक्रमसंवत्।
80042 विक्रमीय वि. १. पराक्रमसम्बन्धी।
80043 विक्रमीय वि. २. विक्रमादित्यसँग सम्बन्धित।
80044 विक्रमीय वि. ३. विक्रमसंवत्को।
80045 विक्रय ना. मूल्य लिएर कुनै वस्तु दिने काम; बिक्री।
80046 विक्रय कर ना. बिक्रीको मूल्यका आधारमा सरकार वा अनुमतिप्राप्त संस्थाले उठाउने शुल्क।
80047 विक्रय पञ्जी ना. प्रतिदिनको बिक्री आदिको विवरण लेख्ने बही।
80048 विक्रय पत्र ना. मालसामान बिक्री गर्दा त्यसको विवरण, दर, मोल आदि लेखिएको कागजात (क्यासमेमो )।
80049 विक्रय लेख ना. घर वा जग्गाजमिन आदिको सुक्रीबिक्रीमा बेहोरा, सर्त आदि लेखिएको कागजात; राजिनामा।
80050 विक्रयार्थ वि. बिक्रीका निम्ति राखिएको वा पठाइएको; बिक्री गरिने; बेचिने।