Dictionary

All Word

79901 विकम्पन ना. २. हल्लने स्थिति; चलायमान रूप।
79902 विकर ना. १. श्राद्ध गर्दा अगति परेर मरेका र श्राद्धको पिण्ड खाने अधिकार नपाएका मृत बन्धुबान्धवका निमित्त दिइने पिण्ड वा अन्न।
79903 विकर ना. २. बिरामी अवस्था; बिमारी; रोग।
79904 विकर ना. १. रसायनविज्ञान आदिमा प्रयुक्त हुने शैक्षिक सामग्री।
79905 विकर ना. २. पानी थाप्ने काममा वा यस्तै प्रायोगिक परीक्षण गर्दा उपयोग गरिने साधन।
79906 विकराल वि. १. डरलाग्दो; भयङ्कर; भीषण।
79907 विकराल वि. २. ज्यादै ठुलो; विशाल।
79908 विकराल वि. ३. उग्र; प्रचण्ड।
79909 विकर्तन ना. १. बाबुको राज्य खोसेर राजा हुने छोरो।
79910 विकर्तन ना. २. सूर्य। वि.
79911 विकर्तन ना. ३. कत्रने।
79912 विकर्तन ना. ४. काट्ने; टुक्र्याउने।
79913 विकर्म ना. १. अनुचित वा निषद्ध काम।
79914 विकर्म ना. २. विभिन्न किसिमको काम; विविध कर्म।
79915 विकर्म ना. ३. अधर्म; पाप। वि.
79916 विकर्म ना. ४. निषिद्ध कर्म गर्ने; कुकर्मी।
79917 विकर्म क्रिया ना. निषिद्ध कर्म।
79918 विकर्मा वि. निषिद्ध कर्म गर्ने।
79919 विकर्ष ना. १. तान्ने वा घिच्च्याउने काम।
79920 विकर्ष ना. २. बाण।
79921 विकर्षण ना. १. छुट्ट्याउने काम।
79922 विकर्षण ना. २. उल्टो तनाइ। विप. आकर्षण।
79923 विकर्षण ना. ३. कामदेवका पाँच बाणमध्ये एक।
79924 विकर्षण ना. ४. परीक्षण; जाँच।
79925 विकल वि. १. मनमा शान्ति नभएको; व्याकुल; विह्वल।
79926 विकल वि. २. सन्तोष नभएको; असन्तुष्ट; क्षुब्ध।
79927 विकल वि. ३. टुटे-फुटेको; भाँचिएको; भताभुङ्ग।
79928 विकल वि. ४. पूरा नभएको; अपूर्ण; अधुरो।
79929 विकल वि. ५. कम भएको; नपुगेको; घटेको।
79930 विकलन ना. १. कसैको नाउँमा गएको रकमकलम उसकै नाउँको खर्चखातामा लेख्ने काम।
79931 विकलन ना. २. आय वा व्ययको थपघटसम्बन्धी विवरण जनाउने स्रेस्ताको अभिलेख।
79932 विकला ना. १. चन्द्रमाको कलाको साठीयौँ भाग; चन्द्रमाको एक कला।
79933 विकला ना. २. कलाको साठी भागको एक भाग।
79934 विकला ना. ३. रजस्वला हुन छाडेकी स्त्री।
79935 विकला ना. ४. वाग्दत्ता तर अविवाहिता नारी; वाग्दान भएपछि केटो मरेर विधवातुल्य भएकी स्त्री; वैकल्या।
79936 विकलाङ्ग वि. शरीरको कुनै अङ्ग साबुद नभएको; अङ्गभङ्ग भएको; अपाङ्ग।
79937 विकलीकृत वि. १. हातखुट्टा भाँचिएर वा अन्य कुनै अङ्ग विकृत भएर असमर्थ भएको।
79938 विकलीकृत वि. २. अङ्गभङ्ग गराई काम गर्न नसक्ने पारिएको।
79939 विकलीकृत वि. ३. मानसिक अस्वस्थता र बेचैनीले गर्दा सामान्यतः विह्वल भएको।
79940 विकल्प १. पहिले कुनै कुरा सोचेर फेरि त्यसका विपरीत अर्कै कुरा सोच्ने काम; पूर्वविचारलाई त्यागेर लिइएको नयाँ विचार।
79941 विकल्प २. दुई वा बढी विषयमध्ये कुनै एक विषय छान्ने काम; अथवा।
79942 विकल्प ३. व्याकरणका विषयगत विभिन्न नियममध्ये एउटा नियम स्वीकार गर्ने काम।
79943 विकल्प ४. अन्यौल; भ्रान्ति; भ्रम।
79944 विकल्प ५. योगशास्त्रका अनुसार मनमा सन्देह पैदा हुने चित्तवृत्ति।
79945 विकल्प ६. परस्परविरोधी कुनै दुई विषयलाई लिएर यो अथवा त्यो भन्दा पर्ने अर्थालङ्कार।
79946 विकल्पन १. दुई वा त्योभन्दा धेरै वस्तुमध्ये कुनै एकलाई रोज्ने काम; विकल्प।
79947 विकल्पन २. अनिश्चय; सन्देह।
79948 विकल्पन ३. नचाहिँदो खालको तर्कवितर्क।
79949 विकल्पित वि. १. निश्चय नभएको; अनिश्चित; सन्दिग्ध।
79950 विकल्पित वि. २. नियमको अनुसरण नगर्ने; अनियमित।