Dictionary

All Word

79751 वार्षिकोत्सव ना. १. कुनै सङ्घसंस्था, विद्यालय आदिले स्थापित मिति पारेर प्रतिवर्ष गर्ने उत्सव।
79752 वार्षिकोत्सव ना. २. जन्मेको तिथि पारेर हरेक वर्ष गरिने उत्सव।
79753 वार्हस्पत्य वि. १. वृहस्पतिसँग सम्बन्धित; वृहस्पतिको। ना.
79754 वार्हस्पत्य वि. २. वृहस्पतिको नाउँमा गरिने यज्ञविशेष।
79755 वाल ना. पुच्छरको रौँ।
79756 वाल ना. बार बाँध्ने घोचो वा किलो।
79757 वाल प्रत्य. कुनै खास शब्दहरूसँग पछाडि गाँसिएर 'रहेको, भएको, काम गर्ने, युक्त' आदि अर्थ बुझाउने प्रत्यय; वाला। (जस्तो- खेतीवाल, जिम्मावाल आदि)।
79758 वाल ना. एक जातको माछो।
79759 वालक ना. १. ठुलो टाउको र साना पखेटा हुने एक जातको लामो माछो।
79760 वालक ना. २. हात्ती, घोडा आदि जनावरको पुच्छर।
79761 वालरस ना. उत्तरी ध्रुवमा पाइने, तेह्र फिट लम्बाइ र दुई टन वजनसम्म पुग्ने, तीन फिटजति लामा दाह्रा निस्केको, बाक्लो तर रौँ नभएको, गह्रागह्रा परेको छाला हुने स्तनपायी जन्तु; स्तनधारी समूहमा पर्ने एक जनावर। (इस्किमो भनिने, हिउँमा बस्ने मानिसले सिकार खेलेर यसको मासु खाने गर्छन्)।
79762 वालव ना. ज्योतिषशास्त्रअनुसार एक करण।
79763 वाला प्रत्य. कुनै खास, शब्दसँग जोडिएर भएको, रहेको वा कुनै काम गर्ने आदि अर्थ बुझाउने तद्धितप्रत्यय; वाल। (जस्तो- बहालवाला, हकवाला, साबिकवाला आदि)।
79764 वालाग्र ना. वास्तुकला वा मूर्तिकलामा प्रयुक्त हुने रौँको टुप्पो बराबरको नापो; आठ रथधूलि बराबरको परिमाण।
79765 वालि ना. रामायणग्रन्थका अनुसार किष्किन्धा देशका प्रसिद्ध वानरराज; वानरका राजा।
79766 वालुका ना. १. प्रायः नदीका दुवै किनारमा पाइने, पानीले पखालिएको ढुङ्गा आदिको ससाना बालुवा; रेत।
79767 वालुका ना. २. धुलो; चूर्ण।
79768 वाल्मीक / वाल्मीकि ना. संस्कृत भाषाको आदि महाकाव्य 'रामायण'-ग्रन्थका रचनाकार प्रसिद्ध ऋष; संस्कृत साहित्यका आदिकवि।
79769 वाल्मीकीय वि. वाल्मीकिसँग सम्बन्धित; वाल्मीकिले रचना गरेको।
79770 वाल्ल क्रि.वि. १. काम-कुरो चाल नपाउँदा वा चिनजान नहुँदा जिल्लिएर; बिलखबन्दमा परी; जिल्ल।
79771 वाल्ल क्रि.वि. २. रल्लिने चालमा; अलमल्ल।
79772 वाशिष्ठ वि. वशिष्ठ ऋषिसँग सम्बन्धित; वशिष्ठको।
79773 वाशिष्ठी वि. १. वशिष्ठले रचना गरेको (कर्मकाण्डपद्धति); वशिष्ठसँग सम्बन्धित। ना.
79774 वाशिष्ठी वि. २. वशिष्ठले बनाएको कर्मकाण्डको एक शाखा।
79775 वाष्प ना. तापको कडा असर परेर वा निर्धारित तापक्रमले आकाशमा उड्न सक्ने गरी बनेको पानीको बदलिँदो रूप; बाफ; बाष्प।
79776 वाष्प बिन्दु पानी तताउँदा बाफ बन्न थाल्ने तापक्रमको नाप।
79777 वाष्पीकरण ना. तरल वस्तुलाई बाफका रूपमा परिणत गर्ने काम।
79778 वाष्पीभूत वि. बाफका रूपमा परिणत भएको।
79779 वाष्पीय वि. बाफसँग सम्बन्धित; बाफको।
79780 वास ना. १. चिनी वा स्टार्च भएको कन्दमूल।
79781 वास ना. २. फलफूल, महुवा वा अन्न पानीसँग मिसाई, कुहाई रक्सी पार्न योग्य बनेको झोल।
79782 वास ना. १. बसोबास गर्ने किसिमले बनाइएको ओत; घर; गृह।
79783 वास ना. २. बसोबास गर्ने काम; रहने काम; निवास।
79784 वास ना. ३. लगाउने कपडा; वस्त्र; पोसाक।
79785 वास ना. ४. रहेको ठाउँ; अवस्थल।
79786 वास ना. ५. बास्ना; सुगन्ध।
79787 वास ना. ६. गन्ध।
79788 वास ना. ७. क्षणिक आवास; डेरा।
79789 वासकुटी ना. पाल।
79790 वासगृह ना. बस्ने घर।
79791 वासना ना. १. सांसारिक वस्तुबाट उपलब्ध हुने सुखसुविधाको उपभोग; भोगविलास।
79792 वासना ना. २. इच्छा; चाहना; आकाङ्क्षा; कामना।
79793 वासना ना. ३. मानसिक अनुभूति; भावना।
79794 वासना ना. ४. संस्कारका रूपमा अवस्थित पूर्वजन्मको अभिलाषा; आनुवंशिक संस्कार।
79795 वासना ना. ५. अज्ञान; भ्रान्ति।
79796 वासन्तिक वि. १. वसन्त ऋतुसँग सम्बन्धित; वासन्ती। ना.
79797 वासन्तिक वि. २. विदूषक; हास्यकलाकार।
79798 वासन्तिक वि. ३. अभिनेता; अभिनय गर्ने पात्र।
79799 वासन्ती ना. १. वसन्त ऋतुमा हुर्कने र फुल्ने लहरा; माधवी लता।
79800 वासन्ती ना. २. नेवारी फूल।