Dictionary

All Word

79601 वामावर्त वि. २. बायाँतर्फबाट दाहिनेतिर रेखा घुमेको शङ्ख।
79602 वायरलेस ना. बेतारको खबर; आकाशवाणी।
79603 वायवीय वि. वायुसँग सम्बन्धित; वायुको।
79604 वायवीय पुराण ना. व्यासद्वारा रचित अठार महापुराणहरूमध्ये एक पुराण; वायुपुराण।
79605 वायव्य ना. १. दश दिशामध्ये एक दिशा; उत्तर र पश्चिम दिशाका बिचको कोण; वायव्यकोण। वि.
79606 वायव्य ना. २. वायुसम्बन्धी; वायवीय।
79607 वायस ना. काग; कौवा।
79608 वायु ना. १. पृथ्वीको चारैतिर ढाकेर रहेको, आँखाले नदेखिने भए पनि स्पर्शगुण भएको, प्राणीमात्रले सास फेर्न मिल्ने एक तत्त्व; पञ्चतत्त्वमध्ये एक; पवन; हावा।
79609 वायु ना. २. हावाका अधिष्ठाता देवता।
79610 वायु ना. ३. हृदयमा रहने प्राण, गुदामा रहने अपान, नाभिमा रहने समान, कण्ठमा रहने उदान र शरीरभर रहने व्यान नामका पाँच वायु।
79611 वायु ना. ४. हठयोगका अनुसार षट्चक्रको अभ्यास गर्दा प्रयोगमा आउने मानवशरीरमा भएको हावा।
79612 वायु ना. ५. मरेपछि काजक्रिया हुन नपाएको आत्मा; अगति परेको जीव; प्रेतात्मा; प्रेत।
79613 वायु ना. ६. प्रायः बालबच्चालाई लागोको रूपमा दुःख दिइरहने, झारफुक गरेर वा दोबाटामा पूजा गरेर पन्छाएपछि निको हुने, लोकरूढि भएको अमूर्त तत्त्व।
79614 वायुकोण ना. पश्चिम र उत्तर दिशाको बिचको कुनो; वायव्यकोण।
79615 वायुगति ना. हावाको जस्तो छिटो चाल; ज्यादै छिटो रफ्तारको उडान; अति छिटो हिँडाइ।
79616 वायुगतिविज्ञान ना. वायुको चाल नाप्ने वैज्ञानिक शास्त्र।
79617 वायुनाशक वि. अपच भएर आन्द्रामा हुने पेशीसङ्कुचन वा वायुविकार भएमा सेवन गरिने (औषधी)।
79618 वायुपथ ना. १. हवाईजहाजले उडान गर्ने बाटो; वायुमार्ग।
79619 वायुपथ ना. २. हावा बग्ने बाटो; वायुको प्रवाहमार्ग।
79620 वायुपुराण ना. व्यासद्वारा रचित अठार पुराणमध्ये वायुदेवताको वर्णन भएको एक पुराण।
79621 वायु प्रशोधन केन्द्र ना. दूषित वायुलाई हटाएर स्वच्छ वायुको सञ्चार गराउने स्थल।
79622 वायुमण्डल ना. १. आकाश।
79623 वायुमण्डल ना. २. पृथ्वीको चारैतिर रहेको हावाको आवरण; वातावरण।
79624 वायुमण्डलीय चाप ना. वायुमण्डलको स्वाभाविक वहनशीलताबाट पर्ने चाप; वायुमण्डलबाट हुने थिचाइ।
79625 वायुमण्डलीय विज्ञान ना. वायुमण्डलको अध्ययनअनुसन्धान गर्ने र प्रयोगात्मक परीक्षण गर्ने शास्त्र; मौसमी शास्त्र।
79626 वायुमार्ग ना. वायुपथ।
79627 वायुयान ना. हावामा उड्ने वाहन; विमान; हवाईजहाज।
79628 वायुलेख ना. आकाशमण्डलमा स्थित वायुको चाप देखाउने यन्त्र।
79629 वायुलोक ना. वायुदेव बस्ने संसार; आकाश।
79630 वायुवाद ना. इच्छाअनुकूल शारीरिक प्रयत्नबाट सञ्चालित वायु नै मुखका अङ्ग-अङ्गमा ठक्कर खाई वर्णका रूपमा परिणत हुन्छ भन्ने वैयाकरण मत।
79631 वायुविकार ना. पेट, आन्द्रा आदिमा वायु वा ग्याँस भरिने रोग।
79632 वायुविडङ्ग ना. ससाना सेता फूल र मरिचका जस्ता दाना फल्ने, आयुर्वेदमा कृमिनाशक औषधीका रूपमा लिइएको एक रुख वा त्यसकै फल; विडङ्ग।
79633 वायुविद्या ना. मौसमी शास्त्र; वायुमण्डलीय विज्ञान।
79634 वायुवेग ना. हावाको जस्तो छिटो चाल; वायुगति।
79635 वायुशूल ना. हाडका जोर्नी, काखी, काप आदिमा वायुविकारबाट निस्कने गोला; वायुको खराबीबाट शरीरमा हुने कष्ट।
79636 वायुसेना हवाईसेना; रकेट, मिसाइलबाट शत्रुको देशमा आक्रमण गर्ने फौज।
79637 वायुस्नायु ना. हठयोगका अनुसार षट्चक्रको अभ्यास गर्दा कुण्डलिनीमा जम्मा हुने ईडा, पिङ्गला; सुषुम्णा आदि बहत्तर हजार नाडीको सङ्गमस्थल; स्नायुकेन्द्र।
79638 वार ना. १. प्रवेश गर्न नपाउने गरी लगाइएको रोक; रोकावट; प्रतिबन्ध।
79639 वार ना. २. भवन वा हाताको भित्र-बाहिर गर्दा उघारिने र लगाइने खापा; द्वार।
79640 वार ना. ३. ढक्कन; बिर्को।
79641 वार ना. ४. सप्ताहका दिनका नामको अन्तमा लाग्ने कालावधिक सूचक शब्द। (जस्तो- आदित्यवार, सोमवार आदि); दिन; दिवस।
79642 वार ना. ५. अवसर; मौका।
79643 वार ना. ६. आफू रहेतर्फका नदीको किनार; वल्लो किनार; वारि।
79644 वार ना. ७. पटक; पल्ट; चोटि।
79645 वार ना. ८. रास; थुप्रो; समुदाय ।
79646 वार ना. ९. शिव; महादेव। १०. मदिराको भाँडो।
79647 वार प.स. १. शब्दका पछिल्तिर गाँसिएर समानता र तुल्यता वा कुनै काम गर्ने अर्थ बुझाउने प्रत्यय ( जस्तो- छेकवार, रखवार, घटवार आदि)। ना.
79648 वार प.स. २. आक्रमण; हमला।
79649 वार प.स. ३. प्रहार; झटारो।
79650 वारदात ना. १. आकस्मिक दुर्घटना; भयावह स्थिति।