Dictionary

All Word

79451 वाटिका ना. १. उद्यान; बगैँचा (जस्तो- अशोकवाटिका; पुष्पवाटिका इ.)।
79452 वाटिका ना. २. ससानो फलफूलबारी।
79453 वाड ना. पाइक र जनसङ्ख्या वा घरधुरीका आधारमा छुट्ट्याइएको गाउँ वा सहरको कुनै निश्चित क्षेत्र; वडा; वार्ड।
79454 वाण ना. १. हे. बाण।
79455 वाण ना. २. वास्तु वा मूर्तिमा प्रयोग हुने पाँच अमल बराबरको नाप; पाँच अङ्गुल।
79456 वाण ना. ३. मात्राको पाँचगुना बराबरको नाप।
79457 वाण ना. ४. तल, रुद्रानन, इन्द्रिय वा भूत बराबरको नाप।
79458 वाणिज्य ना. मालसामानको खरिदबिक्री वा लेनदेन; व्यापार; बेपार।
79459 वाणिज्यदूत ना. आफ्नो देशको व्यापारिक संरक्षण तथा संवर्द्धनका निम्ति अर्को देशमा पठाइएको वा राखिएको कुनै राष्ट्रको दूत।
79460 वाणिज्य बैङ्क ना. वाणिज्य वा व्यापारसम्बन्धी काम गर्ने-गराउने तथा व्यापारव्यवसायमा सहायता गर्ने गरी स्थापित वा सङ्गठित बैङ्क।
79461 वाणिज्यालय ना. व्यापारको मुख्य स्थान; ठुलो दोकान वा पसल।
79462 वाणी ना. १. मुखबाट निस्कने सार्थक शब्दसमूह वा वाक्य; बोली; भाषा।
79463 वाणी ना. २. आदर्श वचन, ध्वनि वा आवाज। (जस्तो- अमरवाणी, महावाणी, भविष्यवाणी, आकाशवाणी इ.)।
79464 वाणी ना. ३. बोल्ने सामर्थ्य; वाक्शक्ति।
79465 वाणी ना. ४. विद्याकी देवी; सरस्वती।
79466 वात ना. १. वायुप्रकोप भई शरीरका सन्धिस्थानहरूमा पीडा हुने एक रोग; बाथ।
79467 वात ना. २. शरीरमा रहने वायु।
79468 वात ना. ३. हावा; वायु।
79469 वातगुल्म ना. शरीरमा विषाक्त वायुका कारणले उत्पन्न हुने एक रोग; बाथ।
79470 वातज्वर ना. शरीरमा वायुप्रकोप हुँदा आउने जरो।
79471 वातरोग ना. वातको बिमारी।
79472 वाता ना. हे. बाता।
79473 वातानुकूलन ना. हावा सफा गर्ने वा प्राणवायुको मात्रा बढाउने काम वा त्यस्तो वैज्ञानिक प्रक्रिया।
79474 वातानुकूलित वि. चिसो र तातोलाई आफ्नो अनुकूल वा सकिने र चाहिँदो सुहाउँदो पारिएको।
79475 वातायन ना. १. घरभित्र हावा र उज्यालो पठाउन राखिएको झ्याल वा छानामा कोपुले आधा ढाक्ने गरी बनाइएको प्वाल।
79476 वातायन ना. २. झ्याल।
79477 वातायन ना. ३. बार्दली।
79478 वातायन ना. ४. छाना; छत; पाली।
79479 वातायन ना. ५. घोडा।
79480 वातावरण ना. १. पृथ्वीको चारैतिर फिँजिएको हावा।
79481 वातावरण ना. २. प्रत्यक्ष वा अप्रत्यक्ष रूपले प्रभाव पार्ने आसपासको अवस्था; परिस्थिति।
79482 वातावरण जन्य वि. वातावरणको प्रभावले पैदा हुने।
79483 वातावरण विज्ञान ना. जीवित वस्तुहरूको वातावरणसितको सम्बन्धमा अध्ययन गर्ने विज्ञान।
79484 वातावरणीय वि. वातावरणसित सम्बन्धित; वातावरणको (प्रभाव, स्वास्थ्य, अध्ययन आदि)।
79485 वातुल वि. १. हावादार।
79486 वातुल वि. २. बाथरोग लागेको; वातरोगले ग्रस्त।
79487 वातुल वि. ३. छँटाएको; बौलाहा; पागल। ना.
79488 वातुल वि. ४. आँधी।
79489 वातुलालय ना. पागलखाना।
79490 वात्सल्य ना. बाबुआमाको सन्तानका प्रति हुने स्नेह वा ममता।
79491 वात्सल्य भाजन ना. छोराछोरी जस्तै प्रिय व्यक्ति; स्नेहपात्र।
79492 वात्सल्य रस ना. साहित्यमा नवरसपछि पनि दसौँ रसका रूपमा मानिएको,स्थायी भाव वात्सल्य हुने एक रस।
79493 वात्स्यायान ना. १. 'कामसूत्र' नामक ग्रन्थका प्रणेता एक प्रसिद्ध ऋषि।
79494 वात्स्यायान ना. २. न्यायसूत्रका भाष्यकार।
79495 वाद ना. १. तत्त्वदर्शीहरूले निश्चित गरेको कुनै विशिष्ट कुराको मत वा सिद्धान्त (जस्तै- प्रगतिवाद, भौतिकवाद, समाजवाद इ.)।
79496 वाद ना. २. सार कुरो पत्ता लगाउनका निम्ति गरिने तर्क; शास्त्रार्थ; विचार; बहस; विवाद।
79497 वाद ना. ३. कथन; वर्णन।
79498 वाद ना. ४. अदालतमा उपस्थित गरिएको अभियोग।
79499 वाद ना. ५. निरूपण।
79500 वादक वि. १. वादविवाद गर्ने।