Dictionary

All Word

79301 वाकिनु अ.क्रि. वाक्ने काम होइनु ।
79302 वाक्क क्रि.वि. १. वमन गर्न खोज्ने किसिमले। ना.
79303 वाक्क क्रि.वि. २. वमन; उल्टी।
79304 वाक्क क्रि.वि. ३. कुनै व्यक्ति, वस्तु वा कामबाट मन विरक्तिने स्थिति; बेमन; सिकसिको; घृणा।
79305 वाक्कब्याक्क ना. १. एकनासको वमन। वि.
79306 वाक्कब्याक्क ना. २. वाक्क भएको।
79307 वाक्कलह ना. मुख-मुखको झगडा; मुखामुख; बाझाबाझ; मनावैरी।
79308 वाक्केली ना. ख्यालठट्टा; हँसी-दिल्लगी।
79309 वाक्छल ना. अर्कालाई धोका दिन भ्रामक शब्दको प्रयोग गर्ने काम; दोहोरो अर्थ लाग्ने शब्द वा वाक्यको प्रयोग गरी आफ्नो मतलब सिद्ध गर्ने छट्याइँ।
79310 वाक्पटु वि. कुरा गर्न औधी सिपालु।
79311 वाक्पति ना. १. कुराकानी गर्न वा भाषण दिन सिपालु व्यक्ति।
79312 वाक्पति ना. २. वृहस्पति।
79313 वाक्पद्धति ना. विशिष्ट तथा लाक्षणिक अर्थमा प्रयुक्त हुने सूत्ररूपका पदावली वा वाक्यांश; वाग्धारा; टुक्का (जस्तै- मुख लाग्नु, बाटो तताउनु, आँखा जुधाउनु, नाक काट्नु इ.)।
79314 वाक्य ना. १. संरचनाका दृष्टिले ध्वनि, रूप, पद, पदावली र वाक्यांशयुक्त तथा प्रकार्यका दृष्टिले शब्द नै मुख्य भएको; पूर्ण अर्थ वा भाव प्रकट गर्ने, भाषाको आधारभूत एकाइ; कुरा प्रस्ट पार्ने सार्थक शब्दहरूको समूह।
79315 वाक्य ना. २. आदेश; आज्ञा।
79316 वाक्यनिर्माण ना. क्रिया केन्द्रविन्दुका रूपमा रहने र सबै शब्दको परस्पर अर्थसम्बन्ध हुने भाषिक श्रेणीक्रम भएको भाषिका संरचनाको निर्माण; वाक्यको बनोट।
79317 वाक्यपद्धति ना. वाक्यको संरचना गर्ने नियम वा तरिका।
79318 वाक्यरचना ना. वाक्यनिर्माण।
79319 वाक्यविन्यास ना. शब्दहरू यथास्थानमा रहने गरी वाक्य बनाउने काम; वाक्यरचना।
79320 वाक्यविस्तार ना. हरेक वाक्यका उद्देश्य तथा विधेयमा अन्य उपयुक्त शब्दहरू थप्दै-बढाउँदै वाक्य लम्ब्याउने काम; वाक्यको फैलावट।
79321 वाक्यसङ्कोच ना. अर्थमा कुनै परिवर्तन नगरीकनै वाक्यलाई छोट्ट्याउने काम। (उदा.- उनी जति सक्छन् त्यति काम गर्छन् > उनी सकेजति काम गर्छन्)।
79322 वाक्यसिद्धि ना. वाक्सिद्धि।
79323 वाक्यात्मक वि. वाक्यको रूप लिएको; वाक्यले युक्त; वाक्यको रूप बनेको।
79324 वाक्यांश ना. कुरा राम्ररी नटुङ्गिएको वा एक प्रकारको भाव मात्र प्रकट हुने पदहरूको समूह; पूरा वाक्यको एक अंश वा सानो वाक्य; टुक्रे वाक्य; खण्डवाक्य।
79325 वाक्युद्ध ना. १. मुख-मुखको लडन्त वा झगड़ा; वाक्कलह; चर्काचर्की; बाझाबाझ; मनावैरी।
79326 वाक्युद्ध ना. २. वादविवाद; चर्को तर्क।
79327 वाक्सिद्धि ना. अज्ञात वा अदृश्य कुरा पनि भन्न सक्ने र जे बोल्यो त्यही कुरा पुग्ने शक्ति; भनेको कुरा पुग्ने सिद्धि वा सामर्थ्य।
79328 वाक्स्वतन्त्रता ना. प्रचलित ऐन-कानुन र संविधानअन्तर्गत रही कुनै कुरा बोल्ने वा विचार प्रकट गर्न पाउने अधिकार; भाषणस्वतन्त्रता।
79329 वाक्स्वातन्त्र्य ना. वाक्स्वतन्त्रता।
79330 वागा ना. बागडोर; लगाम।
79331 वागीश ना. १. कवि।
79332 वागीश ना. २. ब्रह्मा।
79333 वागीश ना. ३. बृहस्पति। वि.
79334 वागीश ना. ४. राम्रोमिठो बोल्ने।
79335 वागीश्वर ना. १. कवि।
79336 वागीश्वर ना. २. बृहस्पति।
79337 वागीश्वर ना. ३. मञ्जुघोष।
79338 वागीश्वरी ना. वाणीकी देवी; सरस्वती।
79339 वाग्जाल ना. १. कसैलाई अलमल्याउने वा छलछाममा पार्ने घुमाउरो भनाइ।
79340 वाग्जाल ना. २. भाव साधारण भएको र बेसरी शब्द थोपरिएको लम्बेचौडे कुरा।
79341 वाग्दण्ड ना. १. कसैलाई वचनले सताउने काम; हप्कीदप्की; खप्की; भर्त्सना।
79342 वाग्दण्ड ना. २. वचन वा बोलीको नियन्त्रण; मुख सँभालेर बोल्ने काम।
79343 वाग्दत्ता वि. कामकुरो छिनिएकी वा कसैसँग बिहे गर्न पक्का भइसकेकी केटी; वाग्दान गरिसकिएकी कन्या।
79344 वाग्दान ना. १. विवाहका निम्ति कसैलाई छोरी दिएँ भनी विधिपूर्वक बोल्ने काम; केटीको काम-कुरो छिन्ने काम।
79345 वाग्दान ना. २. वरणीमा दुलहालाई फल, द्रव्य आदिको भेटीसहित कन्या दिएको कुरा बोल्ने चलन वा विधि।
79346 वाग्दान ना. ३. कसैलाई कुनै वस्तु नफर्किने गरी दिने वचन।
79347 वाग्देवी ना. वाणीकी अधिष्ठात्री देवी; सरस्वती।
79348 वाग्दोष ना. १. बोल्दा हुने त्रुटि वा बिराम; बोलीको दोष।
79349 वाग्दोष ना. २. वाक्यमा हुने व्याकरणसम्बन्धी भुल वा अशुद्धि।
79350 वाग्दोष ना. ३. तिरस्कार; निन्दा।