Dictionary

All Word

79251 वस्तूपमा ना. उपमा अलङ्कारको एक भेद; धर्मलुप्तोपमा।
79252 वस्त्र ना. १. पहिरने वस्तु; पहिरन; पोसाक।
79253 वस्त्र ना. २. सिइएको वा नसिइएको कपडा; लुगा।
79254 वस्त्र ना. ३. देवदेवीले पहिरिने वा देवदेवीलाई चढाइने कपडा वा पोसाक।
79255 वस्त्रगृह ना. पाल।
79256 वस्त्रपूत वि. कपडाले छानेको; कपडछान गरेको।
79257 वस्त्रपाटी ना. कागतका विभिन्न आकृतिका चित्रहरू काटेका टुक्रा टाँसेर बनाइएको, खस्रो कपडाले मोरिएको पाटी वा दृश्य साधनमध्येको शैक्षिक सामग्री।
79258 वस्त्रागार ना. १. कपडाहरू थन्क्याउने कोठा; पोसाकखाना।
79259 वस्त्रागार ना. २. कपडाको पसल वा दोकान।
79260 वह ना. १. वहन गर्ने वा लैजाने काम।
79261 वह ना. २. सवारी यान; वाहन।
79262 वह ना. ३. पवन; वायु; हावा।
79263 वह ना. ४. नदी; नाला।
79264 वहन ना. १. कुनै वस्तु तानेर वा बोकेर एक ठाउँबाट अर्को ठाउँमा लैजाने काम; भारी बोक्ने काम।
79265 वहन ना. २. अभिभारा लिने वा आश्रय दिने काम।
79266 वहन ना. ३. प्रवाहित हुने काम; बगाइ।
79267 वहन ना. ४. सवारी; यान; गाडी।
79268 वहन ना. ५. डुङ्गा; नौका; नाउ।
79269 वहनक ना. भारी बोक्ने मानिस वा यान।
79270 वहनीय वि. वहन गर्न वा बोक्न योग्य; अङ्भर लिनुपर्ने।
79271 वहाँ क्रि.वि. त्यस ठाउँमा; त्यहाँ। सर्व. उहाँ।
79272 वहि: क्रि.वि. हे. बहिः।
79273 वहि:शुल्क ना. आयात गरिएका वस्तुमा लागेको कर।
79274 वहित्र ना. १. जहाज; पोत।
79275 वहित्र ना. २. एक किसिमको रथ।
79276 वहीँ क्रि.वि. १. त्यहाँ नै; त्यहीँ । सर्व.
79277 वहीँ क्रि.वि. २. उहाँ नै।
79278 वह्नि ना. १. आगो; अग्नि।
79279 वह्नि ना. २. पाचनशक्ति।
79280 वा: वि.बो. उदेक, आश्चर्य, फुर्ती, घमन्ड, स्याबासी, प्रशंसा आदि बुझाउँदा प्रयोग हुने शब्द। (उदा.- वा: अरूलाई हेप्न कहाँ पाइन्छ ! वाः तिमीले खुब गरेछौ )।
79281 वा १. विकल्पबोधक शब्द; अथवा; या (उदा.- बजारमा गएपछि दुध वा दही जे खोजेपनि पाइन्छ)।
79282 वा २. कि (उदा.- तिमी घर जान्छौ वा यहीँ बस्छौ ?)।
79283 वाइँ ना. भैँसी वा पाडो कराएको शब्द; आइँ। रुवाइ फुट्ता निस्कने आवाज।
79284 वाइँवाइँ ना. १. बारबार वाइँ गर्ने चाल। क्रि.वि.
79285 वाइँवाइँ ना. २. लगातार वाइँ शब्दका साथमा।
79286 वाइपर ना. विशेषतः चालकले सवारी हाँक्न सुविधा हुने गरी गाडीको अगाडिपट्टि रहेको ऐनाको धुलो वा पानी पुछ्ने, यन्त्रचालित सुइरोजस्तो बुरुसे साधन।
79287 वाइबा वि. १. स्पष्ट उच्चारण गर्न नसक्ने वा बोली राम्ररी नफुटेको; वायवाय गर्ने; लठ्यौरो; लठेब्रो।
79288 वाइबा वि. २. तामाङ जातिको एक थर।
79289 वाक् ना. १. लबज; शब्द।
79290 वाक् ना. २. वचन; बोली।
79291 वाक् ना. ३. भाषा; वाणी।
79292 वाक् ना. ४. सरस्वती।
79293 वाक्नु अ.क्रि. बान्ता गर्न आँटेर वाक्कवाक्क हुनु; छाद्न खोज्नु।
79294 वाकवाक क्रि.वि. १. फोहोर, घिन, दिगमिग, रोग आदिले बान्ता हुन खोज्ने गरी; वाकवाकी। ना.
79295 वाकवाक क्रि.वि. २. बान्ता हुन खोज्ने स्थिति; वमन हुने चेष्टा।
79296 वाकवाकती क्रि.वि. १. अझ बेसी वाकवाक हुन खोजे झैँ गरी। ना.
79297 वाकवाकती क्रि.वि. २. बान्ता हुन खोज्ने ढाँचा वा चेष्टा; वाकवाक।
79298 वाकवाकी क्रि.वि. वाकवाकती।
79299 वाकाइ ना. वाक्ने क्रिया वा प्रक्रिया।
79300 वाकिफ वि. कुनै कामकुरामा निपुण; जानिफकार; ज्ञाता।