Dictionary

All Word

79201 वसु ना. ४. वस्तु; द्रव्य।
79202 वसु ना. ५. सुन।
79203 वसु ना. ६. पानी।
79204 वसुदेव ना. कृष्णका बाबु र शूरसेनका छोराको नाम।
79205 वसुधा ना. वसुन्धरा; पृथ्वी; धरती।
79206 वसुधाधिप ना. राजा।
79207 वसुन्धरा ना. १. धरती; पृथ्वी (रत्नगर्भा वसुन्धरा )।
79208 वसुन्धरा ना. २. एक देवीको नाम।
79209 वसुल ना. हे. असुल।
79210 वसुली ना. असुली।
79211 वस्ताज / वस्ताद ना. १. गानबजानमा दक्ष व्यक्ति; सङ्गीतज्ञ। वि.
79212 वस्ताज / वस्ताद ना. २. निपुण; सिपालु; पोख्त।
79213 वस्ताजी / वस्तादी ना. १. वस्ताजको कला वा काम।
79214 वस्ताजी / वस्तादी ना. २. निपुणता; कुशलता। वि.
79215 वस्ताजी / वस्तादी ना. ३. वस्ताजका ढाँचाको; वस्ताजजस्तो।
79216 वस्ति ना. १. नाइटादेखि उँधो रहेको पेटको भाग; तल्लो पेट।
79217 वस्ति ना. २. मूत्राशय।
79218 वस्ति ना. ३. रहने वा बस्ने काम; बसोबास; बस्ती।
79219 वस्ति कर्म ना. पेटको मल सफा पार्न गुदद्वारबाट पिचकारी लगाउने काम; डुस।
79220 वस्तिकोश ना. मूत्राशय।
79221 वस्तु ना. १. कुनै पनि भौतिक अस्तित्व भएको पदार्थ; विद्यमान चिज।
79222 वस्तु ना. २. धनसम्पत्ति; द्रव्य।
79223 वस्तु ना. ३. कुनै नाटक वा काव्यको कथानक वा मूलभूत अंश।
79224 वस्तु ना. ४. कुनै चित्र आदिको रेखाचित्र वा मूल आधार।
79225 वस्तु ना. ५. कुनै मुख्य कुरो वा सारतत्त्व।
79226 वस्तु ना. ६. उत्खनन वा अन्वेषण गर्दा पाइएका पुरातात्त्विक वस्तुको छोटकरी नाम।
79227 वस्तुभाउ ना. गाईभैँसी आदि घरपाला पशु; पशुधन; चौपाया।
79228 वस्तुगत वि. वस्तुलाई प्रमुखता दिइएको; वस्तुपक्षमा गएको।
79229 वस्तुगत अधिकार ना. कुनै पनि व्यक्तिलाई वस्तुको आधारमा वा वस्तुका साथै प्राप्त हुने अधिकार।
79230 वस्तुगत प्रश्न ना. कुनै कुरा वा वस्तुको यथार्थ ज्ञानका आधारमा ठिक उत्तर दिइने छोटकरी प्रश्न।
79231 वस्तुजगत् ना. ज्ञानेन्द्रियबाट अनुभव गर्न सकिने तथा पदार्थले बनेको जगत् वा त्यसको आकारयुक्त रूप।
79232 वस्तुज्ञान ना. १. वस्तुको यथार्थ ज्ञान वा परिचय।
79233 वस्तुज्ञान ना. २. तत्त्वयुक्त कुराको बोध; तत्त्वज्ञान।
79234 वस्तुतः क्रि.वि. वास्तवमा; साँच्चै भनूँ भने; यथार्थतः।
79235 वस्तुनिर्देश ना. १. नाटकको प्रारम्भमा कथाको सङ्केत गरी प्रस्तुत गरिने मङ्गलाचरण।
79236 वस्तुनिर्देश ना. २. कुनै कुरा ठिकसँग देखाउने काम।
79237 वस्तुनिर्देश ना. ३. सूचीपत्र; फेहरिस्त।
79238 वस्तुनिष्ठ वि. बाह्य तत्त्व वा भौतिक पदार्थसँग सम्बन्ध राख्ने; वाह्य तत्त्वका भौतिक पदार्थमा अडेको र स्वयं कर्ता वा कृतिको आत्मा वा चेतनासँग कुनै सम्बन्ध नभएको; आत्मनिष्ठको विपर्यय।
79239 वस्तुनिष्ठता ना. वस्तुनिष्ठ हुनाको भाव, विशेषता वा अवस्था।
79240 वस्तुपरक वि. भाव वा विचारलाई उति महत्त्व नदिई बाहिरी वस्तुजगत्लाई बढी प्रश्रय दिएर लेखिने वा बनाइने (काव्य, शैली आदि)।
79241 वस्तुपरकता वस्तुपरक हुनाको भाव, गुण वा अवस्था।
79242 वस्तु प्रेषणादेश ना. विदेशबाट माल पठाउनका निम्ति दिइएको लिखित आदेश।
79243 वस्तुभाव ना. वास्तविकता; यथार्थता।
79244 वस्तुभेद ना. १. मीमांसाशास्त्रका अनुसार उही अवस्थामा एकै शब्दको दुई भिन्न अर्थ गर्ने काम।
79245 वस्तुभेद ना. २. वस्तुमा रहने वास्तविक अन्तर।
79246 वस्तुवाद ना. सांसारिक कुराकै सर्वोपरि प्रमुखता मान्ने वा दृश्य जगत् जस्तो छ त्यसको सत्ता पनि त्यस्तै मान्ने एक दार्शनिक सिद्धान्त।
79247 वस्तुवादी वि. वस्तुवादको सिद्धान्त मान्ने; वस्तुवादको अनुयायी।
79248 वस्तु विनिमय ना. कुनै वस्तुसित अर्को वस्तु साट्ने काम; वस्तुहरूको साटफेर वा लेनदेन।
79249 वस्तुस्थिति ना. कुनै घटना, विषय वा कुराको यथार्थ स्थिति; वास्तविक अवस्था।
79250 वस्तूत्प्रेक्षा ना. काव्यमा उपमेय वस्तुमा उपमान वस्तुको कार्य वा गुणको कल्पना गर्दा पर्ने उत्प्रेक्षा अलङ्कारको एक भेद।