Dictionary

All Word

79101 वर्ष प्रवेश ना. १. नयाँ वर्षमा प्रवेश गर्ने काम।
79102 वर्ष प्रवेश ना. २. जन्मोत्सवको दिन; जन्मदिन।
79103 वर्ष प्रवेश ना. ३. नयाँ वर्षमा प्रवेश गर्दा रहेका ग्रहहरूको स्थिति लेखिएको पत्र।
79104 वर्षफल ना. जन्मलग्न वा वर्षकुण्डलीका आधारमा हुने वर्षभरिको शुभाशुभ फल।
79105 वर्षबन्दी ना. हे. बर्षौँदी।
79106 वर्षवृद्धि ना. नयाँ वर्षमा प्रवेश गर्ने काम; उमेरको बढती; जन्मदिन।
79107 वर्षा ना. १. पानी पर्ने काम; पानीको बर्साइ; वृष्टि; झरी।
79108 वर्षा ना. २. छ ऋतुमध्ये साउन र भदौ हुने एक ऋतु; बर्साद।
79109 वर्षा ना. ३. पानीपराइका छाँटले कुनै वस्तु धेरै परिमाणमा ओइरने काम।
79110 वर्षाकाल ना. पानी बर्सने समय; वर्षा ऋतु; बर्साद।
79111 वर्षाङ्ग ना. महिना; मास।
79112 वर्षानुवर्षी वि. प्रतिवर्ष हुने; सालैपिच्छे हुने।
79113 वर्षामापक ना. कुनै निश्चित अवधिभित्र कति वर्षा भयो भन्ने तथ्य निकाल्ने यन्त्र।
79114 वर्षाम्बु ना. परेको पानी; वर्षाको पानी; झरीको पानी।
79115 वर्षाशन ना. बाह्र महिनाको सिधा वा मानाचामल; बर्खासन।
79116 वर्षित वि. १. वृष्टि भएको; बर्सेको । ना.
79117 वर्षित वि. २. वृष्टि; वर्षा।
79118 वर्षी वि. वर्षको; सालको; वर्षीय।
79119 वर्षीको वि. एक वर्ष उमेर पुगेको; वर्ष दिनको; बर्खीको। (उदा.- छोरी पाँच लागी, छोरो वर्षीको भयो )। स्त्री. वर्षीकी।
79120 वर्षीय वि. वर्षको;सालको।
79121 वर्षे वि. हे. बर्से।
79122 वर्षे वि. हे. बर्से।
79123 वलक ना. मोहीले तल्सिङ वा जग्गाधनीलाई रीतनियमअनुसार बुझाउने कोसेलीपात अथवा दस्तुर; ओलक।
79124 वलक पात ना. वलक आदि दस्तुर; कोसेलीपात।
79125 वलभी ना. १. छानो, माच आदिको बलो।
79126 वलभी ना. २. घरको माथिल्लो तलाको कोठा।
79127 वलय ना. १. कङ्कण; बालो; चुरो।
79128 वलय ना. २. मण्डल; घेरा।
79129 वलयित वि. १. घेरिएको; वेष्टित।
79130 वलयित वि. २. चक्कर खाएको; घुमेको।
79131 वली ना. ओली; किसिम; प्रकार; थरी (जस्तै- अनेकवली, नानावली )।
79132 वली अहद ना. युवराजाधिराज पदवी पाएको, राजाको जेठो छोरो; वलेट।
79133 वलेट ना. राजतन्त्रात्मक मुलुकमा राजाको उत्तराधिकारी; युवराजाधिराज।
79134 वल्क ना. १. रुखको बोक्रो; बल्कल।
79135 वल्क ना. २. माछाको कत्लो।
79136 वल्कद्रुम ना. भोजपत्रको रुख।
79137 वल्कल ना. १. रुखको बोक्रो।
79138 वल्कल ना. २. रुखको बोक्राद्वारा बनेको पोसाक।
79139 वल्कली वि. वल्कल भएको; वल्कल धारण गर्ने।
79140 वल्तिर क्रि.वि. यतापट्टि; वरतिर। विप. पल्तिर।
79141 वल्मीक ना. धमिराको गोलो; दिउल।
79142 वल्लभ वि. १. मनपर्ने; प्यारो; प्रिय।
79143 वल्लभ वि. २. पति; स्वामी।
79144 वल्लभ वि. ३. मालिक।
79145 वल्लभाचार्य ना. इस्वीको पन्ध्रौं शताब्दीमा भएका, वैष्णव सम्प्रदायका प्रवर्तक एक प्रसिद्ध आचार्य।
79146 वल्लरी ना. १. लहरो; लता।
79147 वल्लरी ना. २. मञ्जरी।
79148 वल्लव ना. १. गोठालो; गोप।
79149 वल्लव ना. २. पकाउने मानिस; भान्से।
79150 वल्लि ना. १. लहरो; लता।